आइतबार, जेठ १७, २०८३
  • गृहपृष्ठ
  • प्रदेश
  • उखुबारी हत्या प्रकरण : चार दिन बित्दा पनि केही 'क्लु' भेटिएन, के गर्दैछ प्रहरी?

उखुबारी हत्या प्रकरण : चार दिन बित्दा पनि केही 'क्लु' भेटिएन, के गर्दैछ प्रहरी?

चार दिन बितिसक्दा पनि प्रहरीले मोरङको धनपालथानस्थित उखुबारीमा हत्या गरेको अवस्थामा भेटिएका दुई व्यवसायीको शवबारे कुनै ‘क्लु’ फेला पार्न सकेको छैन।
 |  मंगलबार, माघ १८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १८, २०७८

काठमाडौं– चार दिन बितिसक्दा पनि प्रहरीले मोरङको धनपालथानस्थित उखुबारीमा हत्या गरेको अवस्थामा भेटिएका दुई व्यवसायीको शवबारे कुनै ‘क्लु’ फेला पार्न सकेको छैन। मोरङ प्रहरीको प्रारम्भिक अनुसन्धानले हत्याको कारण आर्थिक लेनदेन नै हो भन्ने संकेत भने गरेको छ। 

National life

यही माघ १२ गते स्थानीय गंगाप्रसाद सिंहको उखुबारीमा उखु काट्ने क्रममा एउटा शव फेला परेको थियो भने त्यसको भोलिपल्ट त्यही स्थानबाट करिब ३० मिटर नजिक रहेको बजरंगी सिंहको उखुबारीमा अर्को शव फेला परेको थियो। दुवै शव खाल्डोमा गाडिएको अवस्थामा भेटिएको थियो। उखु काट्ने क्रममा स्थानीयले बारीमा शंकास्पद खाल्डो देखेपछि त्यसलाई खन्दा शव फेला परेको थियो। 

प्रहरीलाई पहिलो दिन भेटिएको शवको पहिचान गर्न नै सकस परेको थियो। तर, दोस्रो दिन भेटिएको शवको सहजै सनाखत भएपछि प्रहरीलाई अर्को शवको पहिचान गर्न पनि सहज भयो। अर्थात्, दोस्रो दिन भेटिएको शव सुनसरीको धरान घर भई भक्तपुरमा बस्दै आएका ४९ वर्षीय राजेन्द्रकुमार श्रेष्ठ भएको खुलेपछि पहिलो दिन भेटिएको शव सप्तरीको शम्भुनाथ गाउँपालिका–४ का शम्भु चौधरीको रहेको खुल्यो। 

मृतकद्वय श्रेष्ठ र चौधरी दुवै साथी हुन्। प्रहरी अनुसन्धानबाट पछिल्लो समय दुवै भक्तपुरमा बस्दै आइरहेको खुलेको छ। श्रेष्ठ जग्गा कारोबारी र चौधरी घर ठेक्काको काम गर्दै आइरहेका थिए। मोरङ प्रहरीको प्रारम्भिक अनुमान हत्या अन्तै गरेर उखुबारीमा गाड्न ल्याइएको भन्ने छ। तर, थप ‘क्लु’ केही मिल्न नसक्दा यो हत्याले झन् रहस्यमय मोड लिइरहेको छ।  

के गर्दैछ प्रहरी? 

Shivam cement

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी जनार्दन जिसीले अहिलेसम्म केही ‘क्लु’ नमिलेको बताए। ‘हामी अनुसन्धानकै चरणमा छौं,’ उनले भने, ‘अनेक कुराहरु आइरहेका छन्। उनीहरुसँग सम्पर्कमा रहेका मान्छेहरुसँग सोधपुछ गरिरहेका छौं। तर ठोस कुरा केही आइसकेको छैन। हामी प्रयासरत नै छौं।’

दुई शव दुई फरक उखुबारीमा भेटिए पनि हत्या सामूहिक रुपमा नै भएको प्रहरी अनुमान छ। हत्याको कारण आर्थिक लेनदेन नै हुन सक्ने पनि प्रहरीले आकलन गरेको छ। मृतकका आफन्तको बयानले पनि त्यही संकेत गर्छ। श्रेष्ठ र चौधरी दुवै मंसिरको सुरुवाततिर ‘व्यवहार मिलाउन’भन्दै भक्तपुरबाट पूर्वतिर लागेका थिए। अझ श्रेष्ठले धरानमा २५ वर्ष सुन पसल चलाएका थिए, त्यसैले धरान आसपास उनी परिचित नै थिए। जापानमा ८ वर्ष बसेर फर्किएका उनी पछिल्लो समय जग्गा कारोबारमा राम्रो आम्दानी देखेपछि त्यतातिर आकर्षित भएका थिए। झापामा उनको १८ बिघाको जग्गा प्लटिङ समेत रहेको खुलेको छ। 

यही माघ १२ गते स्थानीय गंगाप्रसाद सिंहको उखुबारीमा उखु काट्ने क्रममा एउटा शव फेला परेको थियो भने त्यसको भोलिपल्ट त्यही स्थानबाट करिब ३० मिटर नजिक रहेको बजरंगी सिंहको उखुबारीमा अर्को शव फेला परेको थियो।

‘श्रेष्ठका आफन्तले हामीसँग दिएको बयानले पनि आर्थिक लेनदेन नै हत्याको कारण हुनसक्ने देखिएको छ,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने, ‘पछिल्लो समय उनी पार्टनरले पैसा खाइदिएको गुनासो गर्थे रे। त्यसैले हामी यी सबै पाटोबाट सुक्ष्म अनुसन्धान गर्दैछौं। श्रेष्ठ र चौधरी दुवैको को–कोसँग कारोबार थियो, पूर्व आएर यिनीहरुले क–कसलाई भेटे, को–कोसँग फोन कुराकानी भयो, सबै हेर्दैछौं, केलाउँदैछौं। यद्यपि अहिलेसम्म ठोष निष्कर्षमा पुग्न सकेका छैनौं।’

हत्या योजनाबद्ध देखिनु र हत्याराले क्राइम सिनमा कुनै ‘क्लु’ नछाड्नुले पनि प्रहरीलाई यसको अनुसन्धानमा सकस परेको छ। प्रहरी पुग्दा दुवै शव उस्तै तरिकाले खनिएका गहिरो खाडलमा दुई फरक उखुबारीमा भेटिएको थियो। अझ शव छिटो गलोस् भनेर नुनको समेत प्रयोग भएको पाइएको छ। प्रहरीका अनुसार श्रेष्ठको घाँटीमा डोरीले बाँधेको जस्तो डाम पनि देखिएको थियो। 

हत्या कसरी भयो भन्नेबारे पनि प्रहरी अहिलेसम्म यकिन भएको छैन। पोष्टमार्टम रिपोर्ट आए पनि अभियुक्तसम्म नपुगिन्जेल त्यसलाई सार्वजनिक गर्ने मुडमा छैन प्रहरी। ‘हामी मृतकसँग लेनदेन देखिएका र सम्पर्कमा आएका सबैसँग सोधपुछ गरिरहेका छौं, निरन्तर निगरानीमा पनि छौं,’ अनुसन्धानमा खटिएका मोरङका एक प्रहरी अधिकृतले भने, ‘अहिलेसम्म त्यस्तो खास केही हात परेको छैन। नाका नजिकै भएकाले हत्या गराउन कोही ‘पेशेवर हत्यारा’कै प्रयोग भयो कि भन्ने पनि अनुमान छ। यद्यपि अहिले नै केही भनिहाल्न मिल्दैन।’

प्रकाशित: Feb 01, 2022| 15:58 मंगलबार, माघ १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।