आइतबार, मंसिर ७, २०८२

जनवरीको फुटबल विन्डो सकियो, ईपीएलका टिमले कति गरे खर्च?

जनवरी फुटबल ट्रान्सफर विन्डो हिजो राति (जनवरी ३१) बाट सकिएको छ। यो विन्डोको अन्तिम दिन धेरै खेलाडीहरु परिवर्तन भएका छन्।
 |  मंगलबार, माघ १८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १८, २०७८

काठमाडौं– जनवरी फुटबल ट्रान्सफर विन्डो हिजो राति (जनवरी ३१) बाट सकिएको छ। यो विन्डोको अन्तिम दिन धेरै खेलाडीहरु परिवर्तन भएका छन्। विभिन्न क्बलका खेलाडी किन्नका लागि इंग्लिस प्रिमियर लिगका क्लबले मात्रै २९५ मिलियन पाउन्ड रकम खर्चिएका छन्।

National life

यो रकम प्रिमियर लिगको इतिहासमै दोस्रो उच्च हो। यो विन्डोमा खर्च भएको मध्ये आधा रकम त तालिकाको पुछारमा रहेका पाँच टिमले नै खर्च गरेका छन्। प्रिमियर लिगमा अहिले एभर्टन, नर्विच सिटी, न्युकासल, वाटफोर्ड र बर्नली पुछारका पाँच टिम हुन्।

त्यस्तै, विन्डोको अन्तिम दिन टोटेनहम हट्स्परले धेरै ट्रान्सफर पनि गरेको छ। अन्तिम दिन प्रिमियर लिगका १२ खेलाडीको आउजाउ भयो। कोभिडले असर गरेको अघिल्लो विन्डोमा प्रिमियर लिगका क्लबले ७० मिलियन पाउन्ड मात्र खर्चिएका थिए। अन्तिम दिनमा टोटेनहमले युभेन्टसका दुई खलाडी किनेर डेले अलि इभर्टनलाई बेचेको छ। त्यस्तै, ब्रेन्टफर्डले दुई दिनअघि मात्र क्रिस्टियन एरिक्सनलाई अनुबन्ध गरेको छ।

त्यस्तै लिभरपुलले पनि लुइस डियाजलाई भित्र्याएको छ। भर्खरै मात्र फ्रांक लाम्पार्डलाई प्रशिक्षक बनाएको एभर्टनले डेले अलीलाई किनेको हो। त्यस्तै, न्युकासलले दुई डिफेन्डर भित्र्याएको छ भने म्यानचेस्टर सिटी र बर्नलीले एकएक खेलाडी किनेका छन्।

त्यस्तै, अन्तिम दिनमा आर्सनलले पूर्वकप्तान पियर इमिरेक अबुमयाङलाई पनि बेचेको छ। अबुमयाङलाई स्पेनिस क्लब बार्सिलोनाले अनुबन्ध गरेको छ। यता इटालीको क्लब युभेन्टसले आरोन रामसीलाई स्कटिस क्लब रेन्जर्स पठाएको छ।

Laxmi sunrise bank
kumari

त्यस्तै युरोपका शीर्ष चार लिगले यो जनवरीमा ३८० मिलियन यूरो खर्च गरेका छन्। प्रिमियर लिगमा खुद खर्च भने १८० मिलियन गरेको छ।

प्रकाशित: Feb 01, 2022| 13:29 मंगलबार, माघ १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।