मंगलबार, वैशाख ९, २०८२

वर्षौंसम्म पनि मोटरसाइकल लिलाम हुनसकेन

कैलालीको टीकापुर नगरपालिका–९ मा रहेको सत्ती भन्सार कार्यालयको परिसरको एक भाग बरामद गरिएका मोटरसाइकलले भरिएको छ। भन्सार कार्यालयले वर्षौंदेखि बरामद गरिएका मोटरसाइकल लिलाम गर्न नसक्दा भन्सार कार्यालयको परिसर मोटरसाइकलले भरिएको हो।
 |  मंगलबार, माघ १८, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १८, २०७८

vianetvianet

धनगढी- कैलालीको टीकापुर नगरपालिका–९ मा रहेको सत्ती भन्सार कार्यालयको परिसरको एक भाग बरामद गरिएका मोटरसाइकलले भरिएको छ। भन्सार कार्यालयले वर्षौंदेखि बरामद गरिएका मोटरसाइकल लिलाम गर्न नसक्दा भन्सार कार्यालयको परिसर मोटरसाइकलले भरिएको हो।

triton college

भन्सार कार्यालयमा अहिले ५०० भन्दा बढी मोटरसाइकल थन्किएका छन्। कार्यालयले मुख्य भन्सार कार्यालय स्थापना भएदेखि नै नियमविपरीत सञ्चालनमा आएका मोटरसाइकलको लिलाम प्रक्रियाबाट बिक्री गर्नुपर्ने भए पनि भन्सारले मोटरसाइकलको लिलाम प्रक्रिया सुरु गर्दै आएको बताउँदै आएको छ, तर भन्सारले ती मोटरसाइकल बिक्रीका लागि कुनै पहल गर्न नसकेको गुनासो पटक–पटक आउने गरेको छ।

कार्यालयका प्रमुख विमलकुमार शाहले मोटरसाइकलको लिलाम प्रक्रिया धेरै लामो र झन्झटिलो रहेको भन्दै त्यसको समाधानका लागि भन्सार कार्यालय गम्भीर रहेको बताए। 'हामीलाई पनि त्यो मोटरसाइकल लिलाम गर्न सकेको भए एउटा आनन्द हुने थियो। त्यसको प्रक्रिया नै लामो हुने र प्रक्रिया पुर्‍याउँदै कोरोनाको सङ्क्रमणका कारण फेरि शून्यबाट प्रक्रिया सुरु गर्दा लामो समयसम्म मोटरसाइकलको लिलाम हुन नसकेको हो,' उनले भने, 'अब चालू आर्थिक वर्षभित्रै मोटरसाइकलको लिलाम हुन्छ भन्नेमा हामी विश्वस्त छौँ। त्यसैअनुसार काम भइरहेको छ।'

उनले यातायात कार्यालयले मोटरसाइकलको मूल्यांकन गरेर मात्रै लिलाम प्रक्रिया पूरा नहुने बताउँदै त्यसभित्र थुप्रै अन्य प्रक्रिया पनि पूरा गर्नुपर्ने भएका कारण ढिलाइ भएको बताए। दुई वर्षदेखि कोरोना सङ्क्रमणका कारण हुँदै आएको बन्दाबन्दीले पनि मोटरसाइकलको लिलाम प्रक्रियामा असर पारेको भन्सार प्रमुख शाह बताए।

'भन्सार आएको मोटरसाइकलको व्यवस्थापन हुनसकेको छैन। हामी चाहान्छौँ छिट्टै लिलाम होस भन्ने हामी चाहन्छौँ,' शाहले भने, 'आउने काम मात्रै भएको छ। जाने काम नहुँदा अब व्यवस्थापन गर्न हामीसँग ठाउँ पनि छैन।' भन्सार कार्यालयमा आउँदासम्म प्रयोगमै आएका मोटरसाइकल भन्सार कार्यालयभित्र पुगेपछि त्यसका बाहिरी पार्टपूर्जा नै हराउने गरेका छन्।

National life insurance

कतिपय मोटरसाइकल भारतबाट चोरी गरेर नेपालमा सस्तोमा बिक्री गर्ने र ट्राफिक प्रहरीको फन्दामा परेपछि भन्सार कार्यालयमा जान्छन्। भन्सारका कर्मचारीकै मिलेमतोमा मोटरसाइकलका आवश्यक पार्टपूर्जा गायब हुनेगरेको स्थानीयवासी बताउँछन्। अहिले पनि भन्सारमा पार्किङ गरेर राखेका मोटरसाइकल नचल्ने अवस्थामा छन्। अधिकांशका बाहिरी पार्टपूर्जा छैनन्। 

 भन्सार प्रमुख शाह बाहिर राख्दा केही पार्टपूर्जा खिया लागेर काम नलाग्ने भए पनि भन्सारको बदमासीमा पार्टपूर्जा निकाल्ने काम भएको भन्‍नु गलत भएको बताए। 'भन्सार बाहिर के हुन्छ त्यो हामीलाई थाहा छैन। कार्यालय परिसरमा क्यामरा जडान गरेका छौँ।' 

प्रकाशित: Feb 01, 2022| 00:00 मंगलबार, माघ १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।