शनिबार, असार २०, २०८३

पुष्पलाल ब्याडमिन्टनको ११औं संस्करण फागुन पहिलो साता

पुष्पलाल स्मृति र्‍यांकिङ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको १ औं संस्करण आगामी फागुण ३ देखि ७ गते सम्म आयोजना हुने भएको छ।
 |  सोमबार, माघ १७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, माघ १७, २०७८

काठमाडौं- पुष्पलाल स्मृति र्‍यांकिङ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको १ औं संस्करण आगामी फागुण ३ देखि ७ गते सम्म आयोजना हुने भएको छ। कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलालको सम्झनामा २०६७ साल देखि नेपाल खेलकुद महासंघ अन्तर्गतको राष्ट्रिय ब्याडमिन्टन संघले आयोजना गर्दै आईरहेको प्रतियोगिता फागुन पहिलो हप्ता हुन लागेको हो।

नखिपोट, ललितपुरमा आयोजना हुने यस संस्करणमा नखिपोट युथ क्लब (ब्याडमिन्टन सर्कल)  संयुक्त आयोजकको रुपमा देखिने आयोजकले जानकारी दिएको छ।

नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा संघसँग आबद्ध ४७ जिल्ला, नेपाली सेना, नेपाल पुसिल र नेपाल एपिएफ क्लब गरि ५० संस्थाका खेलाडीहरुले सहभागिता जनाउने छन्।

प्रतियोगितामा पुरुष एकल (राष्ट्रिय वरीयतामा १६ औं स्थानमा रहेका), पुरुष एकल (१६औ वरीयता देखि बाहेकका), पुरुष युगल (खुला), महिला एकल (राष्ट्रिय वरीयतामा १२ औं स्थानमा रहेका), महिला एकल (१२ औं वरीयता देखि बाहेकका), महिला युगल (खुला), यु १७ महिला तथा पुरुष एकल (खुला), भेट्रान्स ४५ वर्षमाथि र मास्टर्स ५५ बर्षमाथि (खुला) गरि १० विधामा प्रतिस्पर्धा हुने संघका महासचिव सुनिल मान शाक्यले जानकारी गराएका छन्।

कुल २१ लाख ६० हजार लागत रहको प्रतियोगितामा पुरस्कार तर्फ ५ लाख ९८ हजार खर्च रहेको छ। लिग चरणको पुरुष एकल (राष्ट्रिय वरीयतामा १६ औं स्थानमा रहेका) र महिला एकल (१२ औं स्थानमा रहेका) तर्फ प्रतिस्पर्धा गर्ने खेलाडीहरुले प्रतियोगितामा सहभागिता जनाए बापत नगद १५ सय प्राप्त गर्ने छन्।

यस्तै लिग चरणमा विजयी खेलाडीले थप १५ सय प्राप्त गर्ने छन्। क्वाटरफाईनलमा विजयी हुने खेलाडीहरुले थप ८ हजार, सेमिफाईनलमा विजयी खेलाडीले थप १६ हजार प्राप्त गर्ने छन्।

फाइनल विजयी खेलाडीले थप २० हजार र उपविजेता खेलाडीले थप ५ हजार प्राप्त गर्ने आयोजकले जनाएका छन्।

यस्तै अन्य विधामा पुरुष एकल (शीर्ष १६ बाहेक) र महिला एकल (शीर्ष १२ बाहेक), पुरुष तथा महिला युगल, भेट्रान्स युगल ४५ वर्षमाथि र मास्टर्स युगल ५५ बर्ष माथिका बिजयीले क्रमश प्रथमले २० हजार, द्वितीयले १० हजार र तृतीयले ५ हजार नगद प्राप्त गर्नेछन्।

यु १७ पुरुष तथा महिला एकल तर्फ विजयीले क्रमश प्रथमले १५ हजार, द्वितीयले ८ हजार र तृतीयले ४ हजार प्राप्त गर्नेछन्। यसका साथे बिजयीहरुले ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्ने महासचिव शाक्यले जनाए।

प्रकाशित: Jan 31, 2022| 19:29 सोमबार, माघ १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।