आइतबार, जेठ १७, २०८३

हात्तीबाट जिउधनको सुरक्षा गरिदिन माग

बुद्धशान्ति गाउँपालिकाका सर्वसाधारणले जङ्गली हात्तीबाट जिउधनको सुरक्षा गरिदिन प्रशासन गुहारेका छन्। हात्ती पीडितहरूले आज जिल्ला प्रशासन कार्यालय र डिभिजन वन कार्यालय झापामा सुरक्षाको माग गर्दै ज्ञापनपत्र बुझाएका छन्।
 |  सोमबार, माघ १७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, माघ १७, २०७८

झापा- बुद्धशान्ति गाउँपालिकाका सर्वसाधारणले जङ्गली हात्तीबाट जिउधनको सुरक्षा गरिदिन प्रशासन गुहारेका छन्। हात्ती पीडितहरूले आज जिल्ला प्रशासन कार्यालय र डिभिजन वन कार्यालय झापामा सुरक्षाको माग गर्दै ज्ञापनपत्र बुझाएका छन्। 

National life

ज्ञापनपत्रमा विगत छ महिनादेखि स्थानीय आदर्श नमूना सामुदायिक वन क्षेत्रमा दिनभर बस्ने र रात परेपछि गाउँ पसेर दुःख दिने हात्तीको दिगो व्यवस्थापनसहित स्थानीयवासीको जिउधनको रक्षाको माग गरिएको छ।

हात्तीपीडित सङ्घर्ष समिति बुद्धशान्तिले बुझाएको ज्ञापन पत्रमा जङ्गली हात्तीले हालै वडा नं १,२ र ३ मा २५० घर भत्काइदिएको र रु १२ लाख मूल्यभन्दा बढीको अन्नबाली खाइदिएको उल्लेख गरिएको छ। हात्तीको आक्रमण हुने त्रासले लामो समयदेखि स्थानीयवासीले रातको समयमा नसुति बस्नुपर्दा महिला तथा बालबालिकामा मनोवैज्ञानिक असर पर्न थालेको पीडितहरुले मागपत्रमा उल्लेख गरेका छन्।

उनीहरूले स्थानीयवासीको जिउधनको सुरक्षाको प्रत्याभूति गराउन प्रभावित क्षेत्रमा सुरक्षा गस्तीको व्यवस्था गर्नुपर्ने, वनक्षेत्रको वरिपरी सोलार फेन्सिङ जडान गरी दीर्घकालीन रूपमा हात्तीलाई गाउँ प्रवेशमा रोक्नुपर्ने, बस्तीमा आउने हात्तीलाई लखेट्न पहल गर्नुपर्ने जिल्ला प्रहरी कार्यालय र प्रशासनसँग माग गरेका छन्।

समितिका सचिव सीताराम बाँस्तोलाले हात्तीले गरेको क्षतिको क्षतिपूर्ति पाउने प्रक्रिया झन्झटिलो, राहत पर्खन लामो समय लाग्ने र क्षतिको मूल्यांकनभन्दा कम राहत राज्यले प्रदान गर्ने प्रक्रियाले पीडित झन् पीडित हुनुपरेको बताए। 

Shivam cement

हात्तीपीडित संघर्ष समितिले जायज मागको सम्बन्धित निकायले बेवास्ता गरेमा चरणबद्ध आन्दोलनमा उत्रिने, सरोकारवाला निकायमा धर्ना दिने, तालाबन्दी गर्न बाध्य हुनुपर्ने परिस्थिति आउन नदिनसमेत ज्ञापनपत्रमा सरकारसँग आग्रह गरेको छ। समितिले आजै बुद्धशान्ति गाउँपालिकाको कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला समन्वय समितिको कार्यालय, सशस्त्र प्रहरी बल, श्रीनाथ गण चारआली र राष्ट्रिय अनुसन्धान कार्यालय झापामा समेत ज्ञापन पत्र बुझाएका छन्।

हात्ती आक्रमणबाट आजै मात्र मेचीनगर–१३ मा एकजना वृद्धको ज्यान गएको छ। बुद्धशान्ति गाउँपालिकामा हात्तीको आक्रमणमा हालै दुई जनाले ज्यान गुमाएका छन् भने दुई जना घाइते भएको बाँस्तोलाले बताए। 

प्रकाशित: Jan 31, 2022| 23:00 सोमबार, माघ १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।