शनिबार, असार २०, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • हृदयघात भएपछि मैदानमा ढलेका एरिक्सन फर्किए फुटबलमा, ब्रेन्टफर्डमा अनुबन्धित

हृदयघात भएपछि मैदानमा ढलेका एरिक्सन फर्किए फुटबलमा, ब्रेन्टफर्डमा अनुबन्धित

सन् २०२१ मा सम्पन्न युरो कपका खेलका क्रममा हृदयघात भएर मैदानमै ढलेका एरिक्सन फुटबलमा फर्किएका छन्।
 |  सोमबार, माघ १७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, माघ १७, २०७८

काठमाडौं- सन् २०२१ मा सम्पन्न युरोकपका खेलका क्रममा हृदयघात भएर मैदानमै ढलेका एरिक्सन फुटबलमा फर्किएका छन्। डेनमार्कका मिडफिल्डर एरिक्सनलाई जनवरी फुटबल ट्रान्फर विन्डोको अन्तिम दिन इंग्लिस क्लब ब्रेन्टफर्डले आफ्नो क्लबमा अनुबन्ध गरेको हो।

टोटेनहमका पूर्व मिडफिल्डर एरिक्सन ६ महिनाको सम्झौता गर्दै ब्रेन्टफर्डमा अुनबन्धित भएका हुन्। युरोकपको तेस्रो खेलमा फिनल्यान्डसँग खेलेपछि उनले कुनै खेल खेलेका छैनन्।

उनलाई उपचार गर्नका लागि  मुटुमा एक चिप्स (आईसीडी) राख्नु परेको थियो। ‘हामीले विश्वस्तरीय खेलाडीलाई अनुबन्ध गर्ने अविश्वसनीय अवसरलाई आत्मसात गरेका छौं,’ एरिक्सनलाई अनुबन्ध गर्दै प्रशिक्षक थोमस फ्र्यांकले भनेका छन्।

२९ वर्षे एरिक्सन यसअघि इटालियन क्लब इन्टर मिलानमा अुनबन्ध भएका थिए। तर उनलाई हृदयघात भएको कति समयपछि मैदान फर्कने भन्ने निश्चित भएपछि सो सम्झौता तोडिएको थियो। जहाँ आईसीडी राखिएको खेलाडी लिगमा खेल्न नपाउने नियम रहेको छ। तर प्रिमियर लिगमा भने सो नियम उल्लेख गरिएको छैन।

मिलान छोडेपछि एरिक्सनले डेनमार्कमा आफैं आभ्यास गरिरहेका थिए। मैदान फर्कन तयार भएका एरिक्सन पछिल्लो केहि समयदेखि आयाक्सको टिमसँग अभ्यास गरिरहेका थिए।

अहिले राष्ट्रिय टिमबाट विश्वकपमा खेल्न सक्ने गरी एरिक्सनले अभ्यास गरिरहेका छन्। ‘एरिक्सनले सात महिनादेखि टिमसँग अभ्यास गरेका छैनन्। तर आफैंले धेरै अभ्यास गरेका छन्। उनी फिट छन् त म्याचफिट बनाउने अझै समय लाग्छ। उनी चाँडै आफ्नो उच्च फर्ममा आउनेमा आशावादी छु,’ प्रशिक्षक फ्र्यांकले भनेका छन्।

प्रकाशित: Jan 31, 2022| 16:09 सोमबार, माघ १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।