काठमाडौं– जारी सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत नेपाल पुलिस क्लब र च्यासल युथ क्लबबीचको खेल फागुन ५ गते दशरथ रंगशालामा हुने भएको छ।
यसअघि च्यासलका १९ खेलाडीहरूमा कोभिड–१९ संक्रमण देखिएका कारण नवौं राउण्डको खेल स्थगित भएको थियो। च्यासलले एन्फालाई आफ्ना १९ खेलाडीमा कोभिड–१९ पोजेटिभ देखिएको भन्दै पुलिसविरुद्धको खेल स्थगित गर्न अनुरोध गरेको थियो।
त्यसपछि खेल रोकिएको हो। यसबाहेक नवौं चरणका सम्पूर्ण खेल सकिएका छन्। अहिले फिफा विन्डो भएका कारण लिगका खेल सञ्चालन भइरहेका छैनन्। त्यसैले दशौं राउन्डको खेल सुरु हुनुअघि नै च्यासल र पुलिसको खेल आयोजना गरिएको हो। खेल शनिबार दिउँसो १ बजे हुनेछ। यो खेल सुरुमा माघ १० गते तय गरिएको थियो।