शनिबार, असार २०, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • ए डिभिजन लिग : कोभिड संक्रमणका कारण रोकिएको च्यासल–पुलिस खेल शनिबार हुने

ए डिभिजन लिग : कोभिड संक्रमणका कारण रोकिएको च्यासल–पुलिस खेल शनिबार हुने

जारी सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत नेपाल पुलिस क्लब र च्यासल युथ क्लबबीचको खेल फागुन ५ गते दशरथ रंगशालामा हुने भएको छ।
 |  सोमबार, माघ १७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, माघ १७, २०७८

काठमाडौं– जारी सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत नेपाल पुलिस क्लब र च्यासल युथ क्लबबीचको खेल फागुन ५ गते दशरथ रंगशालामा हुने भएको छ।

यसअघि च्यासलका १९ खेलाडीहरूमा कोभिड–१९ संक्रमण देखिएका कारण नवौं राउण्डको खेल स्थगित भएको थियो। च्यासलले एन्फालाई आफ्ना १९ खेलाडीमा कोभिड–१९ पोजेटिभ देखिएको भन्दै पुलिसविरुद्धको खेल स्थगित गर्न अनुरोध गरेको थियो।

त्यसपछि खेल रोकिएको हो। यसबाहेक नवौं चरणका सम्पूर्ण खेल सकिएका छन्। अहिले फिफा विन्डो भएका कारण लिगका खेल सञ्चालन भइरहेका छैनन्। त्यसैले दशौं राउन्डको खेल सुरु हुनुअघि नै च्यासल र पुलिसको खेल आयोजना गरिएको हो। खेल शनिबार दिउँसो १ बजे हुनेछ। यो खेल सुरुमा माघ १० गते तय गरिएको थियो।

प्रकाशित: Jan 31, 2022| 16:25 सोमबार, माघ १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।