आइतबार, जेठ १७, २०८३

अनुचित शुल्क एवं जरिवाना रोक्न आग्रह

मोरङ व्यापार संघले औद्योगिक प्रयोजनका मालवाहक सवारी साधनहरुबाट लिने गरेको अव्यावहारिक शुल्क तथा जरिवाना नलिन माग गरेको छ।
 |  शनिबार, माघ १५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, माघ १५, २०७८

विराटनगर- मोरङ व्यापार संघले औद्योगिक प्रयोजनका मालवाहक सवारी साधनहरुबाट लिने गरेको अव्यावहारिक शुल्क तथा जरिवाना नलिन माग गरेको छ।

National life

संघका अध्यक्ष नवीन रिजालसहितका पदाधिकारीहरुले सो सम्बन्धमा जिल्ला प्रशासन कार्यालय मोरङ, जिल्ला प्रशासन कार्यालय सुनसरी र प्रहरी प्रमुखहरुलाई भेटेर ज्ञापनपत्रपत्र बुझाएको छ।

अध्यक्ष रिजालले मोरङ–सुनसरी औद्योगिक कोरिडोरका लागि भारतबाट भित्रिने मालवाहक सवारी साधनहरु फिर्ता जाने क्रममा मोरङ र सुनसरीमा केही निकायहरुबाट विभिन्न शीर्षकमा शुल्क-जरिवाना असुल्ने कार्य भइरहेको बताउँदै औद्योगिक प्रयोजनले विराटनगर नाकामार्फत नेपाल भित्रिनुपर्ने भारतीय सवारी साधनहरु हाल फारवीसगञ्ज–जोगबनी–विराटनगर सडकखण्डको जीर्ण अवस्थाको मीरगञ्ज पुलका कारण भीमनगर–भन्टाबारी नाकाका लागि री–रुट भई थप १३० किमी गन्तव्य तय गर्न बाध्य भएको बताए।

यसका कारण नेपाली आयातकर्ताहरुलाई लागत खर्चमा वृद्धि भएको अवस्थामा नेपाली पक्षबाट समेत अतिरिक्त प्रकारको शुल्क असुली हुँदा स्वदेशी उद्योग-व्यवसायलाई थप व्ययभार परेको गुनासो सो संघको रहेको छ। 

प्रकाशित: Jan 29, 2022| 21:21 शनिबार, माघ १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।