आइतबार, जेठ १७, २०८३
  • गृहपृष्ठ
  • प्रदेश
  • मोरङ व्यापार संघका नवनिर्वाचित अध्यक्ष रिजालद्वारा योजना सार्वजनिक

मोरङ व्यापार संघका नवनिर्वाचित अध्यक्ष रिजालद्वारा योजना सार्वजनिक

अध्यक्ष रिजालले सरकार समक्ष विकास निर्माणका कार्यहरुलाई त्रैमासिक रुपमा खर्च गर्ने नीतिका लागि पहल गर्ने, मौद्रिक नीतिको स्वस्फूर्त कार्यान्वयनका लागि पहल गर्ने, तिव्र औद्योगिकरणका लागि जोड दिँदै तरलता अभाव, अस्थिर व्याजदर, चर्को विद्युत महसुल, ढुवानी खर्च आदि न्यूनिकरण गर्न पहल गर्ने तथा अस्वभाविक नीतिहरुको निराकरणका लागि पहल-पैरवी गर्ने बताएका छन्।
 |  बिहीबार, माघ १३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १३, २०७८

विराटनगर- मोरङ व्यापार संघका नवनिर्वाचित नविन रिजालले आफ्नो भावी योजना सार्वजनिक गरेका छन्। 

National life

संघको ३३ औं कार्यसमिति गठन तथा पदभार ग्रहण कार्यक्रममा विहीबार अध्यक्ष रिजालले भावी योजना सार्वजनिक गरेका हुन। 

अध्यक्ष रिजालले सरकार समक्ष विकास निर्माणका कार्यहरुलाई त्रैमासिक रुपमा खर्च गर्ने नीतिका लागि पहल गर्ने, मौद्रिक नीतिको स्वस्फूर्त कार्यान्वयनका लागि पहल गर्ने, तिव्र औद्योगिकरणका लागि जोड दिँदै तरलता अभाव, अस्थिर व्याजदर, चर्को विद्युत महसुल, ढुवानी खर्च आदि न्यूनिकरण गर्न पहल गर्ने तथा अस्वभाविक नीतिहरुको निराकरणका लागि पहल-पैरवी गर्ने बताएका छन्। 

उनले संघद्वारा संचालित ‘मेरो देश, मेरै उत्पादन’ अभियान अन्तर्गत व्यापार घाटा न्यूनिकरण तथा रोजगारी अभिवृद्धि सम्बन्धी कार्य योजना अघि बढाउने, विराटनगर नाका जोड्ने भारतको मीरगंज पुलका समस्याहरु यथाशिघ्र निराकरण गर्न जोडदार पहल गर्नुका साथै प्रदेशस्तरीय प्रदर्शनी स्थल निर्माण कार्य थालनी गर्न पहल गरिने बताए। 

औद्योगिक क्षेत्रको स्थापनाका लागि संघबाट समन्वयात्मक भूमिका निर्वाह हुने, क्षेत्रीय विमानस्थल निर्माणका लागि पहल गरिने, प्रदेश नं। १ मा धार्मिक, मेडिकल एवं खेलकुद पर्यटन तथा कृषि क्षेत्रको प्रवद्र्धनका लागि प्रदेश सरकारसँग पहल गरिने, ऐतिहासिक विराटनगर शहरमा शान्ति सुरक्षाको प्रत्याभूति गराउन सिसिटिभीको समुचित व्यवस्थापन तथा शहरको सौन्दर्यीकरण एवं ग्रिन कन्सेप्टका लागि पहल गर्ने, स्थानीय बजार प्रवद्र्धनका लागि विभिन्न कार्यक्रमहरु सञ्‍चालन तथा स्टार्टअप प्रबर्द्धानार्थ कार्यहरु गर्ने अध्यक्ष रिजालका भावी योजनामा समेटिएका छन्। 

Shivam cement

व्यापार संघको अध्यक्षमा रिजाल, वरिष्ठ उपाध्यक्षमा अनुपम राठी, उपाध्यक्ष ९वाणिज्य०मा अनिल कुमार साह, उपाध्यक्ष (उद्योग)मा विकाशकुमार बेगवानी, महासचिवमा अनिल सारडा निर्वाचित भएका छन्।

प्रकाशित: Jan 27, 2022| 20:23 बिहीबार, माघ १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।