सोमबार, कात्तिक १०, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • राष्ट्रिय सभा : सुदूरपश्चिममा गठबन्धनका शाह, पार्की र मिश्र विजयी

राष्ट्रिय सभा : सुदूरपश्चिममा गठबन्धनका शाह, पार्की र मिश्र विजयी

राष्ट्रिय सभा निर्वाचनमा सुदूरपश्चिमबाट नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र नेकपा एकीकृत माओवादी केन्द्रको संयुक्त गठबन्धनका उम्मेदवार विजयी भएका छन्।
 |  बुधबार, माघ १२, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, माघ १२, २०७८

धनगढी- राष्ट्रिय सभा निर्वाचनमा सुदूरपश्चिमबाट नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र नेकपा एकीकृत माओवादी केन्द्रको संयुक्त गठबन्धनका उम्मेदवार विजयी भएका छन्।

Kumaribank

महिलातर्फ नेकपा एकीकृत समाजवादीका मदन कुमारी शाह (गरिमा), दलिततर्फ एकीकृत माओवादी केन्द्रका जगत पार्की र अन्य समूहबाट नेपाली कांग्रेसका उम्मेदवार नारायणदत्त मिश्र विजयी भएका हुन्।

प्रदेश निर्वाचन कार्यालय धनगढीका अनुसार स्थानीय तहमा १७५ र प्रदेश सभाका ५३ मतदाता रहेको सुदूरपश्चिममा कूल मतभार पाँच हजार ६४६ हो। त्यसमध्ये नेकपा एकीकृत समाजवादीबाट उम्मेदवार रहेकी शाहले कुल तीन हजार ८३४ मतभार प्राप्त गरेर विजयी भएकी छन्। उनकी निकटतम् प्रतिद्वन्द्वी एमाले उम्मेदवार सन्तोष कुमारी थापाले प्रदेशतर्फ एक हजार ७२८ मत पाएकी छन्।

यस्तै माओवादी केन्द्रबाट उम्मेदवार रहेका जगत पार्की पनि विजयी भएका छन्। उनले पनि तीन हजार ७६२ मत प्राप्त गरेका छन्। उनका निकटतम् प्रतिद्वन्द्वी एमाले उम्मेदवार नरेश विश्वकर्माले एक हजार ७८२ मतभार प्राप्त गरेका छन्। 

यस्तै अन्य समूहतर्फ उम्मेदवार रहेको नेपाली कांग्रेसका नारायणदत्त मिश्र विजयी भएका छन्। उनले तीन हजार ७४४ मत प्राप्त गरेका छन्। उनका निकटतम् प्रतिद्वन्द्वी एमाले उम्मेदवार डिल्लीराज भट्टले एक हजार ८६६ मतभार प्राप्त गरेका छन्।

Metro Mart

प्रकाशित: Jan 26, 2022| 19:29 बुधबार, माघ १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।