शनिबार, वैशाख ६, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • मधेश प्रदेश : राष्ट्रियसभामा गठबन्धनबाट जितेका सिद्धिकी र अर्याल को हुन्?

मधेश प्रदेश : राष्ट्रियसभामा गठबन्धनबाट जितेका सिद्धिकी र अर्याल को हुन्?

मधेश प्रदेशमा राष्ट्रियसभाको दुई सिटका लागि भएको निर्वाचनमा सत्ता गठबन्धनका दुबै उम्मेदवार विजयी भएका छन्।
 |  बुधबार, माघ १२, २०७८
nespernesper

जयन्त ठाकुर

जयन्त ठाकुर

बुधबार, माघ १२, २०७८

vianetvianet

जनकपुरधाम- मधेश प्रदेशमा राष्ट्रियसभाको दुई सिटका लागि भएको निर्वाचनमा सत्ता गठबन्धनका दुबै उम्मेदवार विजयी भएका छन्। 

triton college

सत्ता गठबन्धनका महिला समूहबाट माओवादी केन्द्रकी उर्मिला अर्याल र अन्य समूहबाट जसपाका मोहम्मद खालिद सिद्धिकी विजयी भएका हुन्। मधेश प्रदेशमा राष्ट्रियसभाका लागि भएको निर्वाचनमा महिला तर्फ सत्ता गठबन्धनकी उर्मिला अर्याल विजयी भएकी छन्। 

सत्ता गठबन्धनको महिला समूहबाट माओवादी केन्द्रकी उर्मिला अर्याल ६ हजार १ सय ५६ मत ल्याएर विजयी भएकी हुन्। एमाले–लोसपा गठबन्धनबाट महिलातर्फ उम्मेदवारी दिएकी लोसपाकि रुपाकुमारी यादवले २ हजार ७ सय ५४ मतभार मात्रै ल्याउन सकिन्। 

यता महिला समूहबाट लोसपाकी उम्मेदवार रुपालाई समर्थन गरेकी विना देवी साहलाई समेत परेको छ। विनालाई ३ सय ६ मतभार परेको हो।  महिला समूह तर्फको मतदानमा प्रदेश तर्फ ३ र स्थानीय तर्फ १६ मतदाताको मत बदर भएको थियो। यस हिसाबले ४ सय ३२ मतभार बदर भएको हो। 

यता अन्य समूहबाट जसपाका उम्मेदवार सिद्धिकीले ६ हजार ६ सय ७८ मत ल्याएका छन् भने एमाले–लोसपा गठबन्धनबाट अन्य समूहका उम्मेदवार उस्मान अन्सारीले २ हजार ७ सय ६६ मत ल्याए। कडा सुरक्षाका बीच भएको मतदानमा ३ सय ७२ मतदाता मध्ये ३ सय ६६ जनाले मात्र मतदान गरेका थिए। 

National life insurance

दुई जना प्रदेशसभा सदस्य र ४ जना स्थानीय जनप्रतिनिधि सहित ६ जनाले मतदान गर्न नसकेको प्रमुख निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिएका छन। मधेस प्रदेशमा २ सय ६८ जना स्थानीय तहका मतदाता रहेकोमा १ सय ३२ पुरुष र १ सय ३२ महिलाले मतदान गरेका थिए। त्यस्तै प्रदेशसभाका १ सय २ सदस्यले मतदान गरेका थिए।

खालिद सिद्धिकी 

मोहम्मद खालिद सिद्धिकी जनता समाजवादी पार्टीको तर्फबाट राष्ट्रियसभा सदस्यका लागि उम्मेदवार रहेका छन्। उनी सिरहा नगरपालिका–५ रमौलका हुन्। जसपाका केन्द्रीय सदस्य रहेका सिद्धिकी मुस्लिम समुदायको हकहितका लागि काम गर्ने संस्था जमियत उलमाय नेपालका अध्यक्ष पनि हुन्। 

२०५९ देखि तत्कालीन मधेशी जनअधिकार फोरममा लागेका सिद्धिकीले जसपाका अध्यक्ष उपेन्द्र यादवकालागि निरन्तर काम गरि रहे। २०६४ सालमा भएको तत्कालिन फोरम नेपालको पहिलो महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका थिए। त्यो समयदेखि अहिलेसम्म केन्द्रीय सदस्यमै छन्।

हरेक चुनावमा उनलाई समानुपातिकतर्फबाट उम्मेदवार बनाउने गरिन्छ तर उनी कहिल्यै सांसद भने बन्‍न सकेनन्। सत्तारुढ गठबन्धनको मजबुत पकड रहेको अवस्थामा उनलाई यसपटक राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाइएको छ। सिद्धिकीले नेपाली कांग्रेसबाट राजनीति सुरु गरेका थिए। कांग्रेसको केन्द्रीय अर्थ समिति सदस्य समेत भइसकेका उनी २०५९ सालमा मधेश केन्द्रित राजनीति सुरु गरेका थिए। ५२ वर्षीय सिद्धिकी इस्लामिक लमा स्‍नातोक्तार गरेका छन्।

उर्मिला अर्याल 

सत्तागठबन्धनको अर्का उम्मेदवार हुन् माओवादी केन्द्रकी उर्मिला अर्याल। पर्सा विरगंज महानगरपालिका मसियानीकी अर्याल २०७० जेठ ४ मा एमाले छोडेर माओवादी केन्द्रमा प्रवेश गरेकी थिइन्। २०३६ सालमा ठाकुरराम बहुमुखी क्याम्पस वीरगञ्‍जकी स्ववियू अध्यक्षसमेत रहेकी उनी २०५६ सालमा पर्सा क्षेत्र नम्बर ४ बाट चुनाव जितेकी थिइन्। त्यसअघि उनी त्यहीबाट पटक-पटक चुनाव हारेकी थिइन्। हाल माओवादी केन्द्रको सदस्य रहेकी उनको राजनीतिक यात्रा नेकपा मसालबाट सुरु भएको थियो। 

२०७४ को प्रतिनिधिसभामा माओवादी केन्द्रको तर्फबाट चुनाव लडेकी उनी तत्कालीन राजपाका नेता लक्ष्मणलाल कर्णसँग पराजित भएकी थिइन्। २०६८ सालमा स्थानीय विकास मन्त्री भएकी उनी अन्तरिम सरकारको बेला २०६३ सालमा महिला, बालबालिका तथा समाजकल्याण राज्यमन्त्री समेत भएकी थिइन्।

प्रकाशित: Jan 26, 2022| 19:23 बुधबार, माघ १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।