विराटनगर- प्रदेश १ मा राष्ट्रियसभा सदस्य निर्वाचनमा सत्तारढ गठबन्धनका उम्मेदवार गोपाल बस्नेत र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उम्मेदवार गुरु बरालले बराबरी मत ल्याएका छन्। उनीहरु दुबैको मतभार चार हजार ४८८ रहेको छ।
निर्वाचनमा तीन मत खसेन। स्थानीय तहको २ र एक प्रदेश सांसदको मत नखसेको हो। त्यसैगरी स्थानीय तहको ३ मत बदर भएको छ।
महिलातर्फ नेकपा एकीकृत समाजवादीकी जयन्ती राई निर्वाचित भएकी छन्। बुधबार भएको मतगणना अनुसार उनले प्रदेशसभाको ५२ र स्थानीय तहको १२२ जनप्रतिनिधिको मत पाइन्। अन्तिम मत परिमाण अनुसार गठबन्धनकी राईले ४ हजार ६ सय ९२ मतभार पाएकी छिन्।
उनकी प्रतिद्वन्द्वी नेकपा एमालेकी उम्मेदवार सुमित्रा भण्डारीले प्रदेशसभाका ३८ र स्थानीय तहका १४१ जनप्रतिनिधिको मत पाइन्। उनको मतभार ४ हजार ३ सय ६२ पुगेको छ। राप्रपाकी रञ्जु प्याकुरेलले प्रदेश सभामा १ र स्थानीय तहमा ४ गरी १२० मतभार प्राप्त गरिन्।