विराटनगर– राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश १ बाट महिलातर्फ नेकपा एकीकृत समाजवादीकी जयन्ती राई निर्वाचित भएकी छन्।
बुधबार भएको मतगणना अनुसार उनले प्रदेशसभाको ५२ र स्थानीय तहको १२२ जनप्रतिनिधिको मत पाइन्। अन्तिम मत परिमाण अनुसार गठबन्धनकी राईले ४ हजार ६ सय ९२ मतभार पाएकी छिन्।
उनकी प्रतिद्वन्द्वी नेकपा एमालेकी उम्मेदवार सुमित्रा भण्डारीले प्रदेशसभाका ३८ र स्थानीय तहका १४१ जनप्रतिनिधिको मत पाइन्। उनको मतभार ४ हजार ३ सय ६२ पुगेको छ। राप्रपाकी रञ्जु प्याकुरेलले प्रदेश सभामा १ र स्थानीय तहमा ४ गरी १२० मतभार प्राप्त गरिन्। स्थानीय तहको ३ मत बदर भएको छ।
निर्वाचन आयोगले राई निर्वाचित भएको आधिकारिक घोषणा भने गरेको छैन। प्रदेशमा अन्य र अल्पसंख्यक वा अपांगतातर्फका उम्मेदवारको मतगणना जारी छ।