बुधबार, जेठ २०, २०८३
  • गृहपृष्ठ
  • प्रदेश
  • हरिओन नगरपालिकाका प्रमुख र उपप्रमुख चढेको गाडी जनमत पार्टीका कार्यकर्ताद्वारा तोडफोड

हरिओन नगरपालिकाका प्रमुख र उपप्रमुख चढेको गाडी जनमत पार्टीका कार्यकर्ताद्वारा तोडफोड

सर्लाहीको हरिओन नगरपालिकाका प्रमुख र उपप्रमुख चढेको गाडीमा तोडफोड भएको छ।
 |  बुधबार, माघ १२, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, माघ १२, २०७८

जनकपुरधाम– सर्लाहीको हरिओन नगरपालिकाका प्रमुख र उपप्रमुख चढेको गाडीमा तोडफोड भएको छ।

National life

राष्ट्रियसभा निर्वाचनका लागि जनकपुरधाम आएका नगरपालिकाका प्रमुख गणेश प्रसाई र उपप्रमुख रेणुका पौडेल सवार सरकारी नम्बर प्लेटको गाडीमा तोडफोड भएको हो।

जनकपुरधामको राम चोकमा प्रमुख र उपप्रमुख मतदान गर्न जाँदै गरेको समयमा प्रदेश २–०३–००१ झ ००२० नम्बरको गाडीमा तोडफोड भएको हो। सो क्रममा प्रमुख प्रसाईलाई टाउकोमा सामान्य चोट लागेको छ। 

राष्ट्रियसभाको मधेस प्रदेशमा २ पदका लागि आज मतदान हुँदैछ। सोही मतदानमा जनमत पार्टीका कार्यकर्ताहरुले किसान आन्दोलनको नाउँमा  तोडफोड तथा प्रदर्शन गरिरहेका छन्। प्रहरीले जनमतका केही कार्यकर्ताहरुलाई नियन्त्रणमा समेत लिएको छ भने दर्जनौं राउण्ड अश्रुग्यास प्रहार गरेका छन्।


Shivam cement


प्रकाशित: Jan 26, 2022| 11:27 बुधबार, माघ १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।