आइतबार, भदौ २३, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • राष्ट्रियसभा निर्वाचन : सुदूरपश्चिममा कांग्रेस सबैभन्दा बलियो

nespernesper

राष्ट्रियसभा निर्वाचन : सुदूरपश्चिममा कांग्रेस सबैभन्दा बलियो

आज हुने भनिएकोराष्ट्रिय सभाको निर्वाचनको तयारी सुदूरपश्चिममा पूरा भएको छ। प्रदेश निर्वाचन कार्यालयका अनुसार आज बिहान ९ बजेदेखि मतदान सुरु हुने छ।
 |  बुधबार, माघ १२, २०७८

भीम चौधरी

भीम चौधरी

बुधबार, माघ १२, २०७८

धनगढी- आज हुने भनिएको राष्ट्रियसभाको निर्वाचनको तयारी सुदूरपश्चिममा पूरा भएको छ। प्रदेश निर्वाचन कार्यालयका अनुसार आज बिहान ९ बजेदेखि मतदान सुरु हुने छ। 

triton college

कार्यालय प्रमुख प्रेमदत्त भट्टले बिहान ९ बजेदेखि सुरु हुने मतदान दिउसो ३ बजे सकिने बताएका छन्। ‘निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ,’ कार्यालय प्रमुख प्रेमदत्त भट्टले भने, ‘मतदानका लागि प्रदेश सभाभित्र दुई वटा मतदान केन्द्र बनाइएको छ। स्थानीय तहका प्रमुख र उपप्रमुखका लागि एउटा र प्रदेशसभा सदस्यका लागि एउटा मतदान केन्द्र बनाएका छौं।’

 सुदूरपश्चिममा तीन जना राष्ट्रियसभा सदस्य चुन्न नेकपा एमाले र अन्य तीन दल गठबन्धन बनाएर निर्वाचनमा होमिएका छन्। नेकपा एमालेबाट महिलातर्फ कैलालीकी सन्तोषकुमारी शर्मा थापा, दलिततर्फ बैतडीका नरेश विक र खुलातर्फ डोटीका डिल्लीराज भट्टले मनोनयन दर्ता गरेका छन्। 

यता, गठबन्धनबाट नेपाली कांग्रेसको तर्फबाट नारायणदत्त मिश्र, दलितमा माओवादी केन्द्रका जगत पार्की र महिलातर्फ एकीकृत समाजवादीका तर्फबाट गरिमा शाहले मनोनयन दर्ता गरेका छन्। 

सुदूरपश्चिममा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुखले मतदान गर्नेछन्। प्रदेशमा ५२ जना प्रदेशसभा सदस्य र १७५ जना स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् । 

Metro Mart
vianet

५२ जना प्रदेशसभा सदस्यमध्ये एकीकृत समाजवादीका १४, माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२, नेकपा एमालेका ११, राष्ट्रिय जनता पार्टी (राजपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का एक/एक जना प्रदेशसभा सदस्य छन्।

प्रदेशमा मतभार यस्तो छ

सुदूरपश्चिम प्रदेशसभामा एकीकृत समाजवादीको ६७२, माओवादी केन्द्रको ६२४, नेपाली कांग्रेसको ५७६ र एमालेको ५२८ तथा राजपा र लोसपाको ४८/४८ मतभार रहेको छ। स्थानीय तहमा भने नेपाली कांग्रेस पहिलो स्थानमा छ। स्थानीय तहमा १७५ मतदातामध्ये कांग्रेसका ७४, एमालेका ७१, माओवादीका १७ र एकीकृत समाजवादीका १३ जना छन्।

कांग्रेसको मतभार एक हजार ३३२, एमालेको एक हजार २७८, माओवादीको ३०६ र एकीकृत समाजवादीको मतभार २३४ छ। स्थानीय तह र प्रदेशसभाको मतभार हेर्दा कांग्रेस सबैभन्दा बलियो देखिएको छ। 

कांग्रेसको सुदूरपश्चिम प्रदेशसभा र स्थानीय तहको मतभार जोड्दा एक हजार ९०८ छ। एमालेको एक हजार ८०४ छ भने माओवादी केन्द्रको ९२७ र एकीकृत समाजवादीको ९०६ मतभार रहेको छ।

प्रकाशित: Jan 26, 2022| 09:29 बुधबार, माघ १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।