आइतबार, वैशाख २३, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • राष्ट्रियसभा निर्वाचन : प्रदेश २ मा लोसपाले एमालेलाई सघाउँदा गठबन्धन कति बलियो?

राष्ट्रियसभा निर्वाचन : प्रदेश २ मा लोसपाले एमालेलाई सघाउँदा गठबन्धन कति बलियो?

मधेस प्रदेशमा आज राष्ट्रियसभाका दुई सिटका लागि मतदान हुँदैछ। बुधबार बिहान ९ बजेदेखि सुरु हुने मतदान अपराह्न ३ बजेसम्म चल्नेछ।
 |  बुधबार, माघ १२, २०७८

जयन्त ठाकुर

जयन्त ठाकुर

बुधबार, माघ १२, २०७८

जनकपुरधाम- मधेस प्रदेशमा आज राष्ट्रियसभाका दुई सिटका लागि मतदान हुँदैछ। बुधबार बिहान ९ बजेदेखि सुरु हुने  मतदान अपराह्न ३ बजेसम्म चल्नेछ। 

triton college

दुई सिटका लागि हुन लागेको निर्वाचनमा पाँच दलीय सत्ता गठबन्धन र एमाले-लोसपाबीचको गठबन्धन आमने-साने छ। सत्ताधारी पाँच दल मिलेपछि एक्लिएको नेकपा एमालेले पनि मधेस प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग मतदानभन्दा केही दिन अगाडी मात्रै तालमेल गरेको छ।

राष्ट्रियसभा निर्वाचनमा स्थानीय तहको २ सय ६८ प्रदेशसभा सदस्यहरू १ सय ४ जना प्रदेशसभा सदस्यहरू गरी ३ सय ७२ कुल मतदाता रहेका छन्। मधेस प्रदेशमा राष्ट्रियसभा निर्वाचनको कुल मतभार ९ हजार ८ सय १६ रहेको छ। 

संघीय संसद्को सबैभन्दा ठूलो दल एमालेका स्थानीय तहमा २९ र लोसपाका ४२ जना मतदाता छन्। दुवै पार्टीको स्थानीय तह तर्फको मतभार १ हजार २सय ७८ छ। एमालेको ८ र लोसपाका १६ प्रदेशसभा सदस्यको मतभार जोड्दा १ हजार १ सय ५२ हुन्छ। मधेस प्रदेशमा एमाले र लोसपाको जम्मा मतभार २ हजार ४ सय ३० छ। जुन सत्ता गठबन्धनभन्दा निक्कै पछाडि रहेको छ।

सत्ता गठबन्धनमा रहेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)को स्थानीय तहमा १ सय ९५ र प्रदेशमा ७९ मतदाता छन्। गठबन्धनको कुल मतभार ७ हजार ३सय २ रहेको छ।

corrent noodles
Metro Mart

सत्ता गठबन्धनले महिलातर्फ उर्मिला अर्याल (माओवादी) र अन्य समूहबाट मोहम्मद खालिद सिद्धिकी (जसपा) लाई उम्मेदवार बनाएको छ। एमालेको  उस्मान अन्सारी अन्य समूह र लोसपाकी रूपा यादव महिलाबाट उम्मेदवार बनेका छन्। एमाले–लोसपा गठबन्धन बनेपछि विना साह (एमाले) लाई उम्मेदवारबाट हटाइएको छ ।

मधेस प्रदेशको अङ्कगणित हेर्दा सत्ता गठबन्धनले सजिलै जित्ने देखिन्छ। तर, भोट क्रसको सम्भावनालाई नकार्न नसकिने सम्बद्ध नेताहरू बताउँछन्। लोसपाकी उम्मेदवार रूपा यादवले जसपाको मत पाउन सक्ने लोसपा नेताहरूको दाबी छ। रूपा यादवका श्रीमानले मधेस आन्दोलनकै क्रममा ज्यान गुमाएका थिए।

रूपालाई मत नदिँदा जसपा नेताहरूलाई मधेसी विरोधी पार्टीको रूपमा लोसपा नेताहरूलाई प्रचार गर्न सहज हुने बताइन्छ। भोट क्रस भए पनि विपक्षी गठबन्धनको जित्ने सम्भावना भने अत्यन्तै न्यून छ। 

किन गर्‍यो एमालेले लोसपासँग चुनावी गठबन्धन? 

संविधान निर्माणका बेला मधेसमा धमिलिएको छवि सुधार गर्नका लागि एमालेले लोसपासँग गठबन्धन गरेको जानकारहरू बताउँछन्।

सत्ता गठबन्धनले मधेस र संघीयता विरोधी शक्ति भनेर आलोचना गर्न थालेपछि एमाले लोसपासँग नजिक पुगेको देखिन्छ। यो तालमेललाई लोसपा नेताहरूले पनि केपी शर्मा ओली नेतृत्वको सरकारमा जान विगतमा पार्टी विभाजन गरेको औचित्य सिद्ध गर्ने अवसरका रूपमा लिएको देखिन्छ।

पूर्व मन्त्री जयप्रकाश गुप्ताले राष्ट्रिय सभाको निर्वाचनमा एमाले र लोसपाको गठबन्धनले खासै प्रभाव नपर्ने भए पनि केही मत भने क्रस हुने सम्भावना रहेको बताए। उनका अनुसार एमाले र लोसपाले आउने दिनमा पनि गठबन्धन सहज होस् भनेर यो चुनावमा तालमेल गरेका हुन्। 

प्रकाशित: Jan 26, 2022| 08:07 बुधबार, माघ १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।