बिहीबार, कात्तिक २०, २०८२

प्रदेश नं १ : एक हजार २८३ मा कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा एक हजार २८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमा एक हजार ४९२ जनाको पीसीआर परीक्षण गर्दा ८४६ र ९८२ जनाको एन्टिजेन परीक्षण गर्दा ४३७ जनामा कोरोना संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
 |  सोमबार, माघ १०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, माघ १०, २०७८

काठमाडौं- पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा एक हजार २८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमा एक हजार ४९२ जनाको पीसीआर परीक्षण गर्दा ८४६ र ९८२ जनाको एन्टिजेन परीक्षण गर्दा ४३७ जनामा कोरोना संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

Kumaribank

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ३६७, सुनसरीमा २४२, झापामा १६८, धनकुटामा सात, उदयपुरमा छ, इलाममा चार, खोटाङमा तीन, ताप्लेजुङ, तेह्रथुम, सङ्खुवासभा र भोजपुरमा एक÷एक र प्रदेश बाहिरका ४५ जनामा संक्रमण देखिएको हो।

स्थानीय पालिका अनुसार सबै भन्दा बढी विराटनगर महानगरपालिकामा २७६, सुनसरीको धरानमा १२१, इटहरी उपमहानगपालिका ७६, मोरङको बेलबारीमा ३६, झापाको विर्तामोडमा ३१, दमक नगरपालिकामा ३७ र कन्काई नगरपालिकामा २० सहित प्रदेशको ५७ वटा पालिकामा सङ्क्रमित देखिएका छन्।

प्रदेशमा सोमबार १०७ महिलासहित २४३ जना कोरोना सङ्क्रणमुक्त भएका छन् भने एक महिलासहित तीन जनाको मृत्यु भएको र छ हजार ४५४ सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित: Jan 24, 2022| 19:05 सोमबार, माघ १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।