शनिबार, असार २०, २०८३

दुई गोलले पछि परेको एट्लेटिकोले भ्यालेन्सियालाई हरायो

स्पेनिस शीर्ष डिभिजनको फुटबल ला लिगाअन्तर्गत शनिबार रातिको खेलमा एट्लेटिको मड्रिडले भ्यालेन्सियामाथि ३–२ गोलको जित निकालेका छ।
 |  आइतबार, माघ ९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, माघ ९, २०७८

काठमाडौं– स्पेनिस शीर्ष डिभिजनको फुटबल ला लिगाअन्तर्गत शनिबार रातिको खेलमा एट्लेटिको मड्रिडले भ्यालेन्सियामाथि ३–२ गोलको जित निकालेका छ।

एट्लेटिकोकै वान्डा मेट्रोपोलिटाने रंगशालामा सम्पन्न खेलमा घरेलु टिमले पाहुना भ्यालेन्सियामाथि पुनरागमन  जित निकालेको हो। 

खेलको २५औं मिनेटमा युन्हस मुसह र ४४औं मिनेटमा ह्युगो डुर्गोले गोल गर्दै पहिला हाफमा भ्यालेन्सियाले २–० गोलको अग्रता बनाएको थियो। तर, दोस्रो हाफमा एट्लेटिकोले सानार पुनरागमन गर्‍यो। ६४औं मिनेटमा माथ्थिउस कुन्ह्वाले गोल गरे।

निर्धारित ९० मिनेटसम्म पनि एट्लेटिको २–१ गोलले पछि थियो। तर, इन्ज्युरी समयमा एन्जल कोरिया र मारियो हेर्मोसोले समान १–१ गरेपछि उसले भ्यालेन्सियाको हातबाट जित खोसेको थियो।

यो जितपछि एट्लेटिकोले तालिकामा ३६ अंक बनाएको छ। ऊ शीर्षस्थानको रियल मड्रिडभन्दा १३ अंकले पछि छ। भ्यालेन्सिया भने २९ अंकका साथ नवौं स्थानमा छ।

प्रकाशित: Jan 23, 2022| 08:35 आइतबार, माघ ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।