शनिबार, असार २०, २०८३

नेपालले ग्लोबल छनोटका बलिया टिमसँग चार देशीय सिरिज खेल्ने

आईसीसी टी २० विश्वकपको ग्लोबल छनोटका खेलअघि नेपालले ओमनमा चार देशीय मैत्रीपूर्ण सिरिज खेल्ने भएको छ।
 |  आइतबार, माघ ९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, माघ ९, २०७८

काठमाडौं- आईसीसी टी २० विश्वकपको ग्लोबल छनोटका खेलअघि नेपालले ओमनमा चार देशीय मैत्रीपूर्ण सिरिज खेल्ने भएको छ।

नेपालले विश्वकपको ग्लोबल छनोटलाई सहयोग पुग्ने हेतुले प्रतियोगिता अघि सो छनोटमा सम्मिलित बलिया टिमविरुद्ध छनोट खेल्न लागेको हो।

अब नेपालले आउँदो फेब्रुअरी ११ मा ओमनसँग खेल्नेछ। त्यस्तै, फेब्रुअरी १२ मा युनाइटेड अरब इमिरेट्स(यूएई) र फेब्रुअरी १४ मा आयरल्यान्डसँग खेल्ने भएको छ। नेपालसहित यी चारै टिम विश्वकपका प्रबल दाबेदार हुन्।

त्यसपछि नेपालले ओमनमै आयोजना हुने विश्वकपको ग्लोबल छनोट पनि खेल्नेछ। ग्लोबल छनोटमा आठ टिम रहेका छन्। ती आठ टिमलाई दुई समूहमा विभाजन गरिएको छ।

ती दुई समूहले राउन्ड रोविन शैलीमा खेल खेल्नेछन्। दुवै समूहका शीर्ष दुई टिमले सेमिफाइनल खेल्नेछन्। सेमिफाइनलमा विजेता हुने टिमले यो वर्ष अस्ट्रेलियामा हुने विश्वकप खेल्ने पाउनेछ।

सो छनोटअघि नेपालले तयारीका लागि बलिया प्रतिद्वन्द्वीविरुद्ध सिरिज खेल्न लागेको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ।

प्रकाशित: Jan 23, 2022| 08:12 आइतबार, माघ ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।