शनिबार, असार २०, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • दास्रो खेलमा जित निकाल्दै एपीएफ आहा रारा गोल्डकपको सेमिफाइनलमा

दास्रो खेलमा जित निकाल्दै एपीएफ आहा रारा गोल्डकपको सेमिफाइनलमा

सशस्त्र प्रहरीको विभागीय टिम एपीएफ क्लबलले शनिबार दिउँसो अमेरिकी क्लब बिवाईएससी मिनेस्टो लाई हराउँदै पोखरामा जारी आहा रारा गोल्डकपको सेमिफाइनलमा स्थान बनाएको छ।
 |  शनिबार, माघ ८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, माघ ८, २०७८

काठमाडौं- सशस्त्र प्रहरीको विभागीय टिम एपीएफ क्लबलले शनिबार दिउँसो अमेरिकी क्लब बिवाईएससी मिनेस्टो लाई हराउँदै पोखरामा जारी आहा रारा गोल्डकपको सेमिफाइनलमा स्थान बनाएको छ।

पोखरा रंगशालामा शनिबार दिउँसो भएको खेल एपीएफले ३–१ गोलको जित निकालेको हो। एपीएफका लागि रवी थिङले दुई गोल गरे भने आवास लामिछानेले एक गोल गरेका थिए। 

यता बीवाईएससीका मेगल फलाफोक्सले एक गोल फर्काएका थिए। खेलको पहिलो हाफ गोलरहित बराबरी भए पनि दोस्रो हाफका दोस्रो मिनेटमै बिवाईएससीले अग्रता बनाएको थियो।

तर, खेलको अन्तिम समयमा एपीएफले पुनरागमन गर्यो। एपीएफका युवा खेलाडी आवास लामिछानेले खेलको ७० औं मिनेटमा गोल गर्दै खेलमा बराबरी गरेका थिए। त्यस्तै, खेलको ५८ औं मिनेटमा मैदान छिरेका रवि थिङले दुई गोल गरे। एनले खेलको ८४ औं मिनेटमा र इन्ज्युरी समयमा गोल गर्दै एपीइफलाई ३–१ गोलको जित दिलाएका हुन्।

अब एपीएफले माघ १२ गते सेमिफाइनल खेल्नेछ। उसले साविक विजेता संकटा र मछिन्द्रको खेलको विजेतासँग खेल्नेछ। संकटाले गत सिजन पहिलो पटक आहा रारा गोल्डकप जितेको थियो भने मछिन्द्रले अहिलेसम्म उपाधि जितेको छैन।

प्रकाशित: Jan 22, 2022| 21:01 शनिबार, माघ ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।