आइतबार, वैशाख ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • दुई दशकदेखि अनवरत मोफसलको एउटा फुटबल प्रतियोगिता, जुन द्वन्द्व र महामारीमा पनि रोकिएन

दुई दशकदेखि अनवरत मोफसलको एउटा फुटबल प्रतियोगिता, जुन द्वन्द्व र महामारीमा पनि रोकिएन

यो प्रतियोगिता देशमा द्वन्द्वकाल, जनआन्दोलन, अन्य राजनीतिक आन्दोलन र कोभिड महामारीको समयमा पनि नियमित रुपमा सञ्चालन भइरहेको प्रतियोगिता हो।
 |  शनिबार, माघ ८, २०७८
nespernesper

विनय सापकोटा

विनय सापकोटा

शनिबार, माघ ८, २०७८

vianetvianet

काठमाडौं– मोफसलकै सबैभन्दा चर्चित फुटबल प्रतियोगिता आहा रारा गोल्डकप अहिले पोखरामा चलिरहेको छ। देशमा नियमित रुपमा लिग सञ्चालन नभइरहेको अवस्थामा मोफसलकै प्रतियोगिताबाट खेलाडी छनोट हुने गरेका थिए।

triton college

यस्तो परिस्थितिमा आफ्नो लामो इतिहास र विरासत बोकेको आहा रारा गोल्डकप सुरु भएको हो। त्यसो त काठमाडौं उपत्यका बाहिर दुई दशकभन्दा बढीदेखि नियमित रुपमा भइरहेको एकमात्र प्रतियोगिता पनि आहा रारा गोल्डकप नै हो। अहिले भइरहेको २० औं संस्करण हो।

यो प्रतियोगिता देशमा द्वन्द्वकाल, जनआन्दोलन, अन्य राजनीतिक आन्दोलन र कोभिड महामारीको समयमा पनि नियमित रुपमा सञ्चालन भइरहेको प्रतियोगिता हो। २०५८ सालमा फरक नाममा साथ सुरु भएको यो प्रतियोगिताको अहिले खास नाम भने छैन। त्यतिबेला काराभान गोल्डकपका नामले पोखरामा फुटबल प्रतियोगिता आयोजना भएको थियो। २०५८ साल फागुन ७ गते सुरु भएको प्रतियोगिता फागुन २० गते सकिएको थियो।

पोखरा रंगशालामा नेपाल पुलिसले फाइनलमा मनाङ मर्स्याङ्दी क्लबलाई २–१ गोलले हराएर पहिलो संस्करणको उपाधि जितेको थियो। त्यतिबेला नेपालमा दुई खेलाडी खुबै चलेका थिए– निरञ्जन रायमाझी र हरि खड्का। प्रतियोगितामा उनीहरुको प्रदर्शन सानदार रह्यो। निरञ्जन सर्वाधिक गोलकर्ता भएको प्रतियोगितामा हरि खड्का बेस्ट प्लेयर बनेका थिए।

दोस्रो संस्करणमा प्रतियोगिताको नाम फेरियो। आयोजक सहारा क्लबले २०५९ को प्रतियोगिताको नाम आहा गोल्डकप राख्ने भयो। यो प्रतियोगिता नै नयाँ संस्करणको पहिलो प्रतियोगिता मानिन्छ। त्यसअघिको काराभान गोल्डकपलाई आयोजकले पहिलो संस्करणमा राख्न रुचाएको छैन। यसकारण आहा गोल्डकप नै अहिलेको आहा रारा गोल्डकपको पहिलो संस्करण हो। त्यो संस्कराणमा निरञ्जन सबैभन्दा उत्कृष्ट खेलाडी रहे।

National life insurance

हिमालयन शेर्पा र नेपाल पुलिस क्लबबीचको खेल। तस्बिर : रासस
‘आहा गोल्डकप’ नाम दिइएको वर्ष पनि फाइनलमा फ्रेन्ड्स क्लबलाई हराउँदै पुलिसले उपाधि जितेको थियो। यो दिन माघ २५ गते थियो। त्यसपछि २०६० सालको फाइनलमा मनाङ र पुलिस फाइनलमा पुगेका थिए। यसपटक पुलिसले उपाधि जितेन। दुई पटकको च्याम्पियनलाई मनाङले फाइनलमा ३–१ गोलअन्तरले हराएर उपाधि आफ्नो नाम गरेको थियो।

२०६१ मा प्रतियोगिता पुस अन्तिममै सुरु भएर माघ ९ गते सकियो। त्यो वर्ष पनि फाइनलमा पुग्ने चाहिँ मनाङ र पुलिस नै रहे। पुलिसले जित निकाल्न सकेन। पाँच गोल भएको फाइनल खेलमा तीन गोल मनाङले गरेको थियो।

प्रतियोगिताका सुरुका चार प्रतियोगितामा दुई पुलिसले जित्यो भने दुई पटक चाहिँ मनाङले जित्यो। पछिल्लो दुई उपाधि जितेको मनाङ २०६२ सालमा भने सेमिफाइनलमा अफ्रिकन रुटसँग २–० गोलले पराजित भयो। मनाङ तीन वर्षपछि फाइनलमा पुग्न सकेन। पुलिसले पनि लगातार तेस्रो फाइनलमा हार बेहोर्नु पर्यो। यद्यपि, पुलिसका अनन्त थापा बेस्ट प्लेयर बने। उनै थापा अहिले पुलिस टिमको प्रशिक्षक पनि छन्। थापा २०६० सालका पनि सर्वाधिक गोलकर्ता थिए।

यो प्रतियोगिता देशमा द्वन्द्वकाल, जनआन्दोलन, अन्य राजनीतिक आन्दोलन र कोभिड महामारीको समयमा पनि नियमित रुपमा सञ्चालन भइरहेको प्रतियोगिता हो।

त्यो वर्ष पोखरेली फुटबलमा केही नयाँ भएको थियो। र, उपाधि जित्ने टिम पनि विदेशी थियो– अफ्रिकन युनाइटेड क्लब। नेपालमा रहेका अफ्रिकाका खेलाडीहरुले तयार पारेको क्लब, जसले नेपालका मोफसल प्रतियोगिता खेल्ने गर्थ्यो।

त्यस्तै, प्रतियोगिताले नयाँ नाम पाएको थियो– ‘आहा रारा गोल्डकप’। खासमा यो आहा रारा गोल्डकप प्रतियोगिताको नाम नभएर प्रायोजकको नाम थियो। त्यतिबेला नेपालमा रारा नुडल्स निकै लोकप्रिय थियो। उसले प्रायोजन गर्ने भएपछि प्रतियोगिताको नामै राखियो– आहा रारा गोल्डकप। आजपर्यन्त यो नामले परिचित छ पोखराको त्यो फुटबल प्रतियोगिता। नयाँ नामसँगै जित्ने टिम चाहिँ नेपाली रहे। अर्को वर्ष (२०६३) मा थ्रिस्टार क्लब पहिलो पटक फाइनलमा पुग्दा पुलिस क्लब भने पहिलो पटक नै फाइनलमा पुग्न असमर्थ रह्यो।

फाइनलमा १–१ गोलको बराबरी भएपछि मनाङमाथि थ्रिस्टारले पेनाल्टी सुटआउटमा ४–३ को जित निकाल्दै प्रतियोगिताको उपाधि खोसेको थियो। यससँगै थ्रिस्टार आहा रारा जित्ने चौथो क्लब बन्यो।

२०६४ सालको लिगमा चाहिँ दुई विभागीय टिम फाइनलमा पुगे। माछापुच्छ्रेको फेदीमा भएको फाइनलमा पुलिसले तेस्रो पटक उपाधि जित्दा नेपाल एपीएफ क्लब उपविजेता भएको थियो।

हरेक वर्षजसो फाइनलमा पुग्ने पुलिस २०६५ र २०६६ सालमा पनि फाइनल पुगेको थियो। ती वर्ष फाइनल पुग्ने अर्को क्लब चाहिँ आर्मी नै थियो। तर आर्मीले दुवै वर्ष उपाधि जितेन। पुलिसले लगातार तेस्रो पटक उपाधि जित्यो भने समग्रमा पाँच उपाधि जित्यो। जुमानु राई र अनन्त ती सिजनका सर्वाधिक गोलकर्ता रहे।

नवौं सिजनमा पुलिस र आर्मी दुवै क्लब चाँडै पाखा लागे। यसपटकको फाइनलमा थ्रिस्टारले मनाङलाई हराउँदै उपाधिमा आफ्नो नाम लेखायो।

प्रतियोगिता सुरु भएको एक दशक पूरा भएको थियो २०६८ सालमा। १० वर्ष पूरा भएको साल माघको १९ बाट २९ गतेसम्म प्रतियोगिता आयोजना भयो। त्यतिबेला जावलाखेल युथ क्लब पहिलो पटक फाइनल पुगेको थियो। जावलाखेल पहिलो फाइनलमै उपाधि जित्न चाहन्थ्यो तर मनाङले उसलाई २–० गोलले हराएर उपाधि जित्यो।

यसरी मनाङले आहा राराको तेस्रो उपाधि जित्यो। प्रतियोगिता आयोजना गरिरहने टिम थियो सहारा क्लब। तर, ऊ आफैं भने १० वर्षसम्म पनि फाइनल पुग्न सकेन। ११ औं संस्करणमा आएर बल्ल उसले फाइनल खेल्ने अवसर पाएको थियो।

पोखरा रंगशालामा धुमधामसँग आयोजना भएको फाइनल खेलमा घरेलु समर्थकबीच थ्रिस्टारले सहारालाई हराएर उपाधि जित्यो। थ्रिस्टारले तेस्रो पटक उपाधि जितेको वर्ष थियो त्यो।

सहारा क्लब २०७० सालमा पनि फाइनल पुग्यो। त्यो वर्ष ऊ फाइनलमा मात्र पुगेन, मनाङलाई १–० गोलअन्तरले हराएर उपाधि नै जित्यो। आयोजक सहारा क्लबको लागि सबैभन्दा गौरवान्वित पल थियो त्यो, किनकि उसले पहिलो पटक आफैंले आयोजना गरेको प्रतियोगितामा उपाधि जितेको थियो।

ती वर्षहरु नेपाली फुटबलमा थ्रिस्टार क्लब र मनाङ पिकमा थिए। मिडफिल्डर सुजल श्रेष्ठ प्रतियोगिताको सर्वाधिक गोलकर्ता (२०७०) पनि बनेका थिए। त्यहाँ खेल्दाताका फुटबल समर्थक पनि यी दुई क्लब भनेपछि हुरुक्कै हुन्थे। त्यस्तोमा तिनै दुई क्लब मनाङ र थ्रिस्टार २०७१ मा पनि फाइनलमा पुगे।

प्रतिस्पर्धात्मक फाइनल खेलमा थ्रिस्टार क्लबले फाइनल जित्दै उपाधि यात्रामा मनाङलाई नै उछिन्यो। त्यो समयसम्म मनाङले तीन उपाधि जितेको थियो, थ्रिस्टारले चार जित्यो। २०७२ सालमा आर्मी र मनाङ फाइनलमा पुग्दा मनाङले उपाधि जितेर थ्रिस्टारसँग बराबरी गरेको थियो।

प्रतियोगिता आयोजना गरिरहने टिम थियो सहारा क्लब। तर, ऊ आफैं भने १० वर्षसम्म पनि फाइनल पुग्न सकेन। ११ औं संस्करणमा आएर बल्ल उसले फाइनल खेल्ने अवसर पाएको थियो।

लगातार मनाङले १६ औं संस्करण (२०७३) मा तेस्रो सँगै समग्रमा पाँचौं पटक उपाधि जित्यो। यसपटकको मनाङको उपाधि केहि विषेश थियो। किनभने उसले आहा राराको सर्वाधिक विजेता पुलिससँग बराबरी गरेको थियो। झापा ११ ले पोखरामा राम्रो उपस्थिति बनाउन नसके पनि पूर्वेली फरवार्ड कर्ण लिम्बूको मोफसलमा छुट्टै चार्म थियो। उनी पाँच वर्षअघि त्यो सिजन पोखरामा सर्वाधिक गोलकर्ता बनेका थिए। यता अन्य क्लबहरुले केहि वर्षमा पुलिसको दबदबा तोडेको आहा रारामा देखिन्थ्यो।

तर पुलिस किन आफूलाई कमजोर ठान्थ्यो? उसले २०७४ सालमा लगत्तै उपाधि जितिहाल्यो। र, उपाधि यात्रामा फेरि शीर्षस्थामा पुग्यो। त्यो पुलिसले आठ वर्षपछि जितेको आहा राराको उपाधि थियो।

तीन वर्षअघि (२०७५) सालमा भएको फाइनल खेल निकै रोमाञ्चक बनेको थियो। अन्तिम समयसम्म २–२ गोलको बराबरी भएपछि पेनाल्टी सुटआउटमा थ्रिस्टारले उपाधि जितेको थियो।

२०७६ सालमा भने मनाङले उपाधि जित्यो। फाइनलमा पुग्ने अर्को क्लब पुलिस थियो। तर गत वर्षको प्रतियोगिता केहि विषेश बन्यो। कोभिड महामारीले निकै कष्टपूर्ण रुपमा आयोजना भएको प्रतियोगिताको फाइनलमा अफ्रिकन रुट्सलाई हराउँदै संकटाले उपाधि जित्यो। ऊ पहिलो पटक फाइनल पुगेर उपाधि जितेको हो।

पहिलो पटक फाइनल पुगेर उपाधि जित्ने दोस्रो क्लब बन्यो संकटा। जहाँ पहिलो क्लब पुलिस भइरहाल्यो। त्यसैले अहिलेसम्म पुलिस र मनाङले समान ६–६ पटक उपाधि जितेका छन्। अर्को बलियो क्लब थ्रिस्टारले पाँच उपाधि जितेको छ। एकपटक उपाधि जित्नेमा सहारा क्लब, अफ्रिकन युनाइटेड र संकटा क्लब रहेका छन्।

अहिले पोखरामा २० औं संस्करणको आहा रारा गोल्डकप चलिरहेको छ। देशभरका फुटबल प्रेमीको ध्यान त्यतै छ, किनभने त्यहाँको फुटबल माहोल नै विशेष छ। सहारा क्लबले उत्पादन गरेका धेरै खेलाडी अहिले विभिन्न क्लबबाट ए डिभिजन लिग खेलिरहेका छन्। साथै तिनै खेलाडी विभिन्न क्लबमा आबद्ध भएर आहा रारा खेल्न पोखरा फर्किएका छन्।

सहारा एकेडेमीमा अहिले पनि १४ जिल्लाका २४ जना बालबालिका बसेर पढिरहेका छन्। उमेर समूहमा विभाजन गरेर उनीहरुको अभ्यास हुने गरेको छ। विद्यार्थीको शिक्षासहित फुटबल प्रशिक्षण एकेडेमीले दिने गरेको छ। हालसम्म सहारा युके, सहारा हङकङ र सहारा अष्ट्रेलियाबाट सहयोग आउने गरेको थियो। एकेडेमी चलाउनकै लागि क्लबले आहा रारा गोल्डकप आयोजना गर्दै आएको छ। क्लबले आफंैले जग्गा खरिद गरेर पोखराको दोविल्लामा एकेडेमी सञ्चालन गरिहेको छ।

क्लब र विजेता बनेको वर्ष

पुलिस– २०५८, २०५९, २०६४, २०६५, २०६६, २०७४
मनाङ– २०६०, २०६१, २०६८, २०७२, २०७३, २०७६
अफ्रिकन युनाइटेड– २०६२
थ्रिस्टार क्लब– २०६३, २०६७, २०६९, २०७१, २०७५
सहारा – २०७०
संकटा– २०७७

प्रकाशित: Jan 22, 2022| 08:15 शनिबार, माघ ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।