आइतबार, मंसिर ७, २०८२

आहा रारा गोल्डकप : टाइब्रकेरमा पुलिसको जित

पोखरामा जारी आहा रारा गोल्डपको दोस्रो खेलमा विभागीय टिम नेपाल पुलिस क्लबले हिमालयन शेर्पामाथि जित निकालेको छ।
 |  शुक्रबार, माघ ७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ७, २०७८

काठमाडौं – पोखरामा जारी आहा रारा गोल्डपको दोस्रो खेलमा विभागीय टिम नेपाल पुलिस क्लबले हिमालयन शेर्पामाथि जित निकालेको छ। पोखरा रंगशालामा भर्खरै सम्पन्न खेलमा पुलिसले टाइब्रेकरमा ६–५ गोलअन्तरको जित निकालेको हो। खेलको पहिलो हाफ गोलरहित बराबरी भएपछि दोस्रो हाफमा दुई गोल भएका थिए।

National life

दोस्रो हाफका पुलिसका निर कुमार राईले गोल गर्दै खेलमा विभागीय क्लबलाई अग्रता दिलाएका थिए। खेलको ५२ औं मिनेटमा राईले वान एन्ड वानको अवस्थामा गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए। तर हिमालनयस शेर्पाले सात मिनेटमै बराबरी गोल फर्काइहाल्यो।

खेलमा हिमालयन शेर्पाका कप्तान विश्वास श्रेष्ठले गोल गरेर खेललाई बराबरीमा ल्याएका थिए। खेलको ५९ औं मिनेटमा डिबस्कको भित्रबाट गरेको प्रहार दोस्रो बार नजिकैबाट पोस्टको जालिसम्म पुगेको थियो। खेलको निर्धारित ९० मिनेटसम्म दुवै टिमबाट समान १–१ गोल भएपछि खेल अतिरिक्त समयमा पुगेको थियो।

अतिरिक्त समयमा पनि दुवै टिमबाट गोल हुन नसकेपछि टाइब्रेकरबाट निर्णय लिइएको हो। यो जितसँगै पुलिस प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ। पहिलो दिनको खेलमा जित निकाल्दै एपीएफ पनि क्वार्टरफाइनलमा पुगेको छ।

प्रकाशित: Jan 21, 2022| 18:11 शुक्रबार, माघ ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।