शनिबार, असार २०, २०८३

अष्ट्रेलियन ओपनबाट बाहिरिइन् ओशाका

अष्ट्रेलियन ओपनको तेस्रो चरणमै हार बेहोरेपछि जापानी टेनिस स्टार नोओमी ओशाका प्रतियोगिताबाट बाहिरिएकी छन्।
 |  शुक्रबार, माघ ७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ७, २०७८

काठमाडौं– अष्ट्रेलियन ओपनको तेस्रो चरणमै हार बेहोरेपछि जापानी टेनिस स्टार नोओमी ओशाका प्रतियोगिताबाट बाहिरिएकी छन्। उनले शुक्रबार दिउँसो सम्पन्न खेलमा अमान्डा अनिसिमोवासँग ४–६, ६–३ र ७–६, १०–५ को हार बेहोरेपछि प्रतियोगिताबाट बाहिरिएकी हुन्।

निकै प्रतिस्पर्धात्मक खेलमा ओसाकाले पहिले सेट जिते पनि दोस्रो र तेस्रो सेट गुमाउन पुगिन्। यो नतिजासँगै मानसिक तनावको लामो विदाबाट फर्किएकी ओशाका पहिलो प्रतियोगितामा बाहिरिएकी हुन्।

अष्ट्रेलियामा आजै सम्पन्न अर्को खेलमा भने असलेघ बार्टीले ६–२ र ६–३ को जित निकालेकी छन्। उनले सी जर्जीविरुद्ध जिन निकाल्दै प्रतियोगिताको चौथो चरणमा स्थान पक्का गरेकी छन्।

तेस्रो चरणको खेलमा मारिया सक्करीले पनि जित निकालेकी छन् भने भिक्टोरिया अजरेन्का पनि अर्को चरणमा प्रवेश गरेकी छन्।

प्रकाशित: Jan 21, 2022| 17:23 शुक्रबार, माघ ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।