शनिबार, असार २०, २०८३

आर्सनललाई हराउँदै लिभरपुल ईएफएल कपको फाइनलमा

आर्सनललाई हराउँदै लिभरपुल ईइफएल कपको फाइनलमा प्रवेश गरेको छ।
 |  शुक्रबार, माघ ७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ७, २०७८

काठमाडौं– आर्सनललाई हराउँदै लिभरपुल ईइफएल कपको फाइनलमा प्रवेश गरेको छ। बिहीबार राति सम्पन्न सेमिफाइनल खेलको दोस्रो लेगमा लिभरपुलले २–० को जित निकाल्दै सोही नतिजाका साथ फाइनल पुगेको हो।

गएको जनवरी १४ मा सम्पन्न पहिलो लेगको खेल गोलरहित बराबरीमा रोकिएको थियो। पहिलो लेगको खेलमा गोल नभएपछि दोस्रो लेगको नतिजाका आधारमा लिभरपुल फाइनल पुगेको हो।

आर्सनलको इमिरेट्स मैदानमा भएको खेलमा डियागो जोटाले दुवै गोल गरे। उनले खेलको १९औं र ७७औं मिनेटमा गोल गर्दै लिभरपुललाई जित दिलाएका हुन्।

यता आर्सनलका थोमस पार्टीले खेलको अन्तिम मिनेटमा रातो कार्ड बेहोरेपछि आर्सनल १० खेलाडीमा समेटिएको थियो।

अब ईएफएल कपको फाइन खेल फेब्रुअरी २७ मा हुनेछ। सो फाइनल खेलमा उपाधिका लागि चेल्सी र लिभरपुले वेम्बली रंगशालामा प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित: Jan 21, 2022| 08:45 शुक्रबार, माघ ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।