आइतबार, मंसिर ७, २०८२

कोपा डेल रेः रियल मड्रिडको जित, अर्को खेलमा बार्सिलोना पराजित

स्पेनिस कोपा डेल रे अन्तर्गत बिहीबार राति सम्पन्न खेलमा रियल मड्रिड र एथलेटिक्स क्लबले जित निकालेका छन्।
 |  शुक्रबार, माघ ७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ७, २०७८

काठमाडौं- स्पेनिस कोपा डेल रे अन्तर्गत बिहीबार राति सम्पन्न खेलमा रियल मड्रिड र एथलेटिक्स क्लबले जित निकालेका छन्।

National life

अन्तिम १६ को खेलअन्तर्गत बिहीबार राति यी दुई क्लबले जित निकाल्दा एल्चे र बार्सिलोनाले भने हार बेहोरेका हुन्। 

म्यानुएल मार्टिनेज वलेरोमा सम्पन्न खेलमा रियलका मार्सेल्लो वेराले खेलको १०२औं मिनेटमा रातो कार्डको सजाय पाएका थिए। यससँगै रियल १० खेलाडीमा समेटियो। त्यसअघि खेलको निर्धारित ९० मिनेटसम्म दुवै टिमबाट गोल नभएपछि खेलको समय ३० मिनेट थप गरिएको थियो।

अतिरिक्त समयमा तीन गोल पनि लाग्यो। खेलको १०३औं मिनेटमा एल्चेका गोन्जालो वेर्दुले गोल गर्दै खेलमा अग्रता बनाएका थिए। तर त्यसको पाँच मिनेटमै रियलका स्कोले गोल गर्दै खेललाई बराबरी गरे।

यता समय सकिनुभन्दा पाँच मिनेटअघि नै रियलका फरवार्ड इडेन हजार्डले गोल गर्दै रियललाई जित दिलाए। खेलको अन्तिम मिनेटमा एल्चेका पेरे मिल्लाले पनि रातो कार्ड पाएपछि दुवै टिम १० खेलाडीमा समेटिएका थिए। यो जितसँगै रियल मड्रिड अन्तिम आठमा पुगेको छ।

Laxmi sunrise bank
kumari

यता बार्सिलोना भने एथ्लेटिक क्लबसँग ३–२ ले पराजित भएको छ। फरान टोरेस र पेड्रीले गोल गरे पनि जितका लागि पर्याप्त भएन। खेलको दोस्रो मिनेटमै केर मिनियनले गोल गरेर एथलेटिकलाई अग्रता दिलाएका थिए। टोरेसले २०औं मिनेटमा खेललाई बराबरी गरेका थिए।

खेलको ८६औं मिनेटमा एथलेटिकका इनिगो मार्टिनेजले गोल पुन अग्रता बनाए पनि पेड्रीले इन्ज्युरी समयमा बराबरी गरे। बराबरी भएपछि खेल अतिरिक्त समयमा गएको थियो। अतिरिक्त समयअन्तर्गत १०५औं मिनेटमा एथलेटिकले पेनाल्टीको अवसर पाएपछि सो अवसरलाई सदुपयोग गर्दै उसले जित निकालेको हो।

कोपा डेल रेको अन्तिम १६ को खेल मा रियल सोसिडाड, रियल बेटिस, भ्यालेन्सिया, रायो भालोकानो, कार्डिज र मायोर्काले पनि जित निकालेका छन्।

प्रकाशित: Jan 21, 2022| 08:35 शुक्रबार, माघ ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।