शनिबार, असार २०, २०८३

आहा रारा फुटबलको उद्घाटन खेलमा एपीएफको विजयी सुरुआत

पोखरामा आजबाट सुरु भएको आहा रारा गोल्डकप फुटबलको पहिलो खेलमा विभागीय टिम एपीएफले जित निकालेको छ।
 |  बिहीबार, माघ ६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ६, २०७८

काठमाडौं– पोखरामा आजबाट सुरु भएको आहा रारा गोल्डकप फुटबलको पहिलो खेलमा विभागीय टिम एपीएफले जित निकालेको छ। पोखरा रंगशालामा भर्खरै सम्पन्न खेलमा एपीएफ क्लबले आयोजक सहारा क्लबमाथि २–० गोलको जित निकालेको हो।

एपीएफको जितमा आवास लामिछाने र प्रदिप लामाले गोल गरे। खेलको पहिलो हाफमा गोल गर्दै आवासले अग्रता बनाएका थिए। यसँगै पहिलो हाफमा एपीएफ एक गोलले अघि रह्यो।

त्यस्तै, दोस्रो हाफका प्रदिप लामाले अर्को गोल थपे। यससँगै २–० गोलको अग्रता बनाएको एपीएफलो सोहि अग्रताका साथ खेल जित्यो। यो जितसँगै सहारा प्रतियोगिताबाट बाहिरिएको छ भने एपीएफ अर्को चरणमा प्रवेश गरेको छ।

अर्को खेलमा एपीएफले अमेरिकाको बीएसवाईसी क्लबसँग खेल्नेछ। सो खेल माघ ८ गते हुनेछ।

आहा रारामा भोलि हिमालयन शेर्पाले नेपाल पुलिसको सामना गर्नेछ। सबैभन्दा धेरै यो प्रतियोगिता जित्ने टिम पनि पुलिस नै हो।


प्रकाशित: Jan 20, 2022| 16:45 बिहीबार, माघ ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।