काठमाडौं- प्रशिक्षक पुबुदु दाशानायकले १६ खेलाडी आईसिसि पुरुष टी २० विश्वकप ग्लोबल क्वालिफायरका लागि छनोट गरेका छन्।
नेपाली राष्ट्रिय टिमले ओमनमा हुने टी २० विश्वकपको ग्लोबल छनोटका लागि खेल्दैछ। सन् २०१४ मा पहिलो पटक विश्वकपमा पुगेपछि नेपाली टिम त्यहाँ पुग्न सकेको छैन।
ओमनमा फेब्रुअरी १७ देखि २४ सम्म हुने ग्लोबल क्वालिफायरमा नेपालको समूहमा आठ टिम रहेका छन्। जर्मनी, आयरल्यान्ड, फिलिपिन्स, युनाइटेड अरब इमिरेट्स, बहराइन, क्यानाडा र ओमन सम्मिलित प्रतियोगितामा नेपाल शीर्ष दुईमा रहनु पर्नेछ। त्यसो भयो भने नेपालले टी २० विश्वकप खेल्ने अवसर फेरि पाउनेछ।
छनोटमा परेका खेलाडी
सन्दीप लामिछाने
कुशल भुर्तेल
आसिफ शेख
दिपेन्द्र सिंह ऐरी
ज्ञानेन्द्र मल्ल
शरद भेषावकर
आरिफ शेख
करण केसी
जितेन्द्र मुखिया
अविनाश बोहरा
शाहब आलम
कुशल मल्ल
कमल सिंह ऐरी
विवेक यादव
प्रदीप ऐरी
लोकेश बम