काठमाडौं- पहिलो संस्करणको प्रधानमन्त्री कपको पुरुष राष्ट्रिय टी-२० क्रिकेटको उपाधि एपीएफले जितेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा बुधबार सम्पन्न खेलमा विभागीय टिम एपीएफले अर्को विभागीय टिम पुलिसलाई २१ रनले हराएर उपाधि जितेको हो।
बुधबारको खेलमा दुवै टिमले राम्रो सुरुआत गर्न सकेनन्। एपीएफको टप अर्डर ब्याटिङमा पनि लोकेश बमबाहेक अन्य खेलाडी राम्रोसँग चल्न सकेनन्। एपीएफका लोकेशले २७ रन बनाएका थिए।
अघिल्लो दिनको सेमिफाइनल खेलमा १५० रनको साझेदारी गरेका प्रदिप ऐरी र आशिफ शेखले बुधबार १२ रनको मात्र साझेदारी गर्न सके। जहाँ दोस्रो ओभरको दोस्रो बलमै गुल्सनल झाको बलबाट आशिफ आउट हुँदा उनले ९ रन मात्र जोड्न सके।
तेस्रो नम्बरमै मैदान प्रवेश गरेका लोकेश बमले तीन छक्का र एक चौका प्रहार गरे। त्यस्तै, दीपक बोहराले ६ रन बनाउँदा सन्दीप जोराले २४ रनको योगदान दिए।
पहिलो बलमै दीपेन्द्र सिंह ऐरीको बलबाट पुरन बिके आउट भएपछि कप्तान सरद भेषाकवकर ब्याटिङका लागि मैदान छिरेका थिए। खेलमा ४३ रनमा दुई विकेट गिरेको अवस्थाबाट धरमराएको एपीएफलाई कप्तान भेषावकरले केही लामो साझेदारीका लागि सहयोग गरे। भेषावकरले ६.२ ओभरमा ५ विकेट गुमाएर ६२ रन बनाएको अवस्थाबाट खेललाई अघि बढाएका थिए। ६.२ ओभरबाट सुरु भएको त्यो पार्टनरसिपले एपीएफलाई १०.४ ओभर र ८१ रनसम्म पुर्याएको थियो।
त्यसपछि भुवन कार्की र भेषावकरको साझेदारी २३ रनसम्म चल्यो। त्यसैले अन्तिम समयमा एपीएफले केही सम्हालिएर खेल्दै १५७ रन जोड्न सफल भएको थियो।
अन्तिममा अमर रौटेलाले १५ बलमा २९ रन बनाएका थिए भने त्यसअघि भुवनले १७ रन जोडे। त्यस्तै कप्तान भेषावकरले १९ रन जोडे।
बलिङतर्फ पुलिसका सागर ढकाल र दीपेन्द्र सिंह ऐरीले समान तीन–तीन विकेट नै लिए। गुल्सनले दुई विकेट गिराए।
यससँगै दिपेन्द्रले जारी प्रतियोगितामा १३ विकेट पुर्याए। पहिलो र दोस्रो खेलमा सुदूरपश्चिम र आर्मीविरुद्ध समान १–१ विकेट लिएका दिपेन्द्रले कर्णाली र प्रदेश १ विरुद्ध समान २–२ विकेट गिराएका थिए।
त्यस्तै, उनले बागमतीविरुद्ध ५ विकेट लिँदा फाइनल खेलमा पनि तीन विकेट लिए। आइतबार खेलमा एक बल बाँकी रहँदै सम्पूर्ण विकेट गुमाएर एपीएफले पुलिसलाई १५८ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफमा पुलिसले निर्धारित २० ओभर खेल्दै ७ विकेट गुमाएर १३६ रन बनायो।
पुलिसका ओपनर पवन सर्राफ र अमित श्रेष्ठ चल्नै सकेनन्। पवन त गोल्डेन गडआउट भए। त्यसपछि मैदान पसेका ब्याट्स्मेनले तुलनात्मक राम्रो प्रदर्शन गरे।
अनिल शाहले १० रन बनाए भने आरिफ शेखले १२ रन बनाए। २३ रन बनाएका दिलिप नाथ दिपक बोहराको हातबाट आउट भए।
खेलमा किशोर महतोले तीन विकेट गिराउँदा अमर रौटेला र दिपक बोहराले समान १–१ विकेट गिराए।
खेलका जितका लागि २० बलमा ३९ रन आवश्यक परेको थियो। तर एपीएफको बलिङसामू पुलिस खुलेर खेल्न सकेन। ३९ बलमा ५० रन प्रहार गरेका दिपेन्दैले ६५ रनको योगदान दिए। यसबाहेक अन्य खेलाडीले सम्झनलाक प्रदर्शन गर्न सकेनन्।
खेलमा एक समय १० बलमा ३२ रन आवश्यक थियो। तर निर्धारित २० ओभर सकिँदा पुलिसले १३८ रनको हार बेहार्यो र २१ रनको हार बेहार्यो।