आइतबार, वैशाख २३, २०८१

मिथिलाको वैभव जनकपुरधामलाई मधेसले कस्तो बनाउला?

जनकपुरधाम भन्ने बित्तिकै राजा जनक, उनको देश मिथिला र सीताको नाम आइहाल्छ। त्यसैले जनकपुरधाम आफैंमा श्रद्धेय भूमि हो।
 |  बुधबार, माघ ५, २०७८

जयन्त ठाकुर

जयन्त ठाकुर

बुधबार, माघ ५, २०७८

जनकपुरधाम– प्राचीनकालमा मिथिलाको राजधानीका रुपमा रहेको जनकपुरधाम हजारौं वर्षपछि फेरि राजधानी भएको छ। मधेस प्रदेशको प्रदेशसभाबाट दुई तिहाइ बहुमतका साथ मधेस प्रदेश स्थायी राजधानी जनकपुरधाम बनेको छ। 

triton college

पुराणअनुसार त्रेता युगमा मिथिला राज्य पूर्वमा महानन्दा नदी, दक्षिणमा गङ्गा नदी, पश्चिममा गण्डकी नदी र उत्तरमा हिमालयको तल्लो भागद्वारा घेरिएको थियो। अर्थात् यो भारतको बिहार र नेपालको दक्षिणपूर्वी भागमा अवस्थित एउटा भौगोलिक र सांस्कृतिक क्षेत्रका रूपमा प्राचीन कालदेखि चिनिँदै आएको छ। जनकपुरधाम भन्ने बित्तिकै राजा जनक, उनको देश मिथिला र सीताको नाम आइहाल्छ। त्यसैले जनकपुरधाम आफैंमा श्रद्धेय भूमि हो। मिथिलाकालीन जनकपुर निकै वैभवशाली रहेको पौराणिक ग्रन्थमा उल्लेख छ।

मिथिला जहाँ जनकले शासन गर्थे। उनले शासन गर्ने मिथिलाको राजधानी जनकपुरधाम थियो। जनकवंशको अन्त्य भएपछि मिथिलाको अस्तित्व ओझेलमा परेको विश्वास गरिन्छ। राजनीतिक रुपमा मिथिला कमजोर हुँदै गइरहेको थियो तर जनकपुरधामको भूमिका भने ओझेलमा परेको थिएन। 

मिथिला कमजोर हुँदै गए पनि जनकपुरधामले कुनै पनि राजनीतिक निर्णयमा आफ्नो भूमिका, राजनीतिक आन्दोलनमा भूमिका, ऐतिहासिक महत्त्व भने गुमाएको थिएन। जनकपुरधामले पटक पटक आफ्नो ऐतिहासिकता र विभिन्न राजनीतिक आन्दोलनमा आफ्नो भूमिका दर्शाउँदै आएको छ। 

जनकपुरधामको राजनीतिक इतिहास

corrent noodles
Metro Mart

जनकपुरधामले नेपालको विभिन्न परिवर्तनको आन्दोलनमा समेत अग्रणी भूमिका निर्वाह गर्दै आएको छ। नेपालमा अहिले संघीय शासन प्रणाली छ। विभिन्न आन्दोलनको बलमा नेपालमा संघीय व्यवस्थाका साथै गणतान्त्रिक व्यवस्था लागू भएको छ । यसमा जनकपुरधामले अग्रणी भूमिका निर्वाह गरेको छ।

लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्य डा. विजयकुमार सिंह मधेस प्रदेशले राजधानीका रुपमा समृद्ध इतिहास बोकेको जनकपुरधाम पाउनु गौरवको विषय भएको बताउँछन्। ज्ञान विज्ञानको दृष्टिले त्रेता युग र द्वापर युगमै समृद्ध जनकपुरधाम राजनीतिक भूमिकाको दृष्टिले पनि पहिलेदेखि नै समृद्ध रहँदै आएको छ।

 ‘जनकपुरधामस्थित जानकी मन्दिरको प्रांगणमा सहिद दुर्गानन्द झाले तत्कालीन राजा महेन्द्रमाथि बम प्रहार गरेर गणतन्त्रको आन्दोलनमा बल पुर्‍याएका थिए।’

मिथिला भूमिमा बौद्ध तथा जैन धर्मको प्रभाव बढेको समयमा जनकपुरधाको राजनीतिक प्रभाव कम हुँदै गयो। आदि गुरु शंकराचार्यको मिथिला भ्रमण र शंकराचार्यसँगको मण्डन मिश्रको शास्त्रार्थले फेरि जनकपुरधामलाई प्रकाशमा ल्याएको नेता सिंह बताउँछन्।

मैथिलीका साहित्यकार परमेश्वर कापडी नेपालमा भएको प्रत्येक परिवर्तनको आन्दोलनको अगुवाइ जनकपुरधामले गरेको दाबी गर्छन्। संसारमै पहिलो पटक संघीयताको अभ्यास गर्ने यही भूमि रहेको दाबी गर्दै कापडीले नेपालको आधुनिक इतिहासमा समेत जनकपुरधामको राजनीतिक महत्त्व विशिष्ट रहेको बताए।

उनले भने, ‘जनकपुरधामस्थित जानकी मन्दिरको प्रांगणमा सहिद दुर्गानन्द झाले तत्कालीन राजा महेन्द्रमाथि बम प्रहार गरेर गणतन्त्रको आन्दोलनमा बल पुर्‍याएका थिए।’ यसका साथै २००७ सालमा प्रजातन्त्रका लागि भएको आन्दोलनमा यो भूमिको भूमिकालाई नकार्न नसकिने कापडी बताउँछन्। २०३६ सालमा जनकपुरधाममै पहिलो पटक पञ्चायती शासनविरुद्ध जुलुस निस्केको स्मरण गर्दै कापडीले २०६२ सालमा भएको दोस्रो जनआन्दोलनको अगुवाइ पनि जनकपुरधामले नै गरेको दाबी गरे। उनले भने, 'प्राचीन मिथिलालाई मधेसले फेरि राजधानीका रुपमा पाएको छ। अब यसलाई मधेसले कस्तो बनाउला हेर्न बाँकी छ।'

जनकपुरधामको इतिहास

श्रीमद्भागवत, वाल्मीकि रामायण, बृहदारण्यकोपनिषद्, गन्धारक सुरुचि जातक, शक्ति संगमतन्त्र, बृहत् विष्णुपुराण आदि ग्रन्थमा मिथिला र विदेह विषयमा चर्चा रहेको पाइन्छ। वाल्मीकि रामायणमा जनकपुरधामलाई मिथिलाको राजधानीको रुपमा चर्चा गरिएको छ। यस हिसाबले जनकपुरधामको इतिहास हजारौं वर्ष पुरानो रहेको प्रमाणित हुन्छ। मिथिलामाथि शासन गरेका शिरध्वज जनक आध्यात्मवादी थिए। आफ्नो आध्यात्मिक चेतनाकै कारण उनले राजर्षिको उपाधि पाएका थिए। 

जनकपुर।

जनकपुरधाम सीताको जन्मथलो हो। सीतालाई हिन्दु धर्मावलम्बीहरु माताका रूपमा श्रद्धा गर्छन्। याज्ञवल्क्य, अष्टावक्र, शुकदेवजस्ता ऋषिमुनिको सत्संगको थलो जनकपुरधाम नै रहेको विभिन्न ग्रन्थहरुमा उल्लेख छ।

मिथिला हिन्दुका लागि मात्र नभई जैन धर्मावलम्बीका लागि पनि त्यति नै आस्थाको केन्द्र हो।

मिथिला हिन्दुका लागि मात्र नभई जैन धर्मावलम्बीका लागि पनि त्यति नै आस्थाको केन्द्र हो। जैन धर्मका १९औं तीर्थंकर मल्लिनाथ र २१औं तीर्थंकर नमिनाथको जन्म र उनीहरूका चार कल्याणक यहीं सम्पन्न भएको भारतको दिगम्बर जैन तीर्थमा उल्लेख छ।

विभिन्न स्रोतहरुलाई आधार मान्ने हो भने मिथिला देशको रुपमा इसापूर्व ६०० वर्षसम्म अस्तित्वमा थियो। मगधका राजा अजातशत्रुले मिथिलामाथि आक्रमण गरी आफ्नो राज्यमा मिलाइदिए। कालान्तरमा मिथिलामा हर्षवद्र्धन र अरुणाश्वको अधिकार कायम भयो। वि.सं. ११५४ मा कर्नाटवंशीय न्यान्यदेवले सिमरौनगढलाई आफ्नो राजधानी बनाई राज्य स्थापना गरेपछि पुनः मिथिलाको उदय भएको मानिन्छ। 


प्रकाशित: Jan 19, 2022| 11:45 बुधबार, माघ ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।