मंगलबार, मंसिर ११, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

राष्ट्रियसभा निर्वाचन : लुम्बिनीमा गठबन्धनको अंकभार बलियो

लुम्बिनी प्रदेशमा कुल मतदाता संख्या २९६ हो। प्रदेश सांसद र स्थानीय तहका प्रमुख तथा उपप्रमुखले मतदान गर्न पाउनेछन्।
 |  सोमबार, माघ ३, २०७८
nespernesper

विनोद परियार

विनोद परियार

सोमबार, माघ ३, २०७८

बुटवल– लुम्बिनी प्रदेशमा हुने राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धन बलियो देखिएको छ। यही माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनमा पाँच दलीय गठबन्धन विरुद्ध नेकपा एमालेका उम्मेदवार चुनावी मैदानमा भिड्नेछन्। 

triton college

लुम्बिनी प्रदेशमा कुल मतदाता संख्या २९६ हो। प्रदेश सांसद र स्थानीय तहका प्रमुख तथा उपप्रमुखले मतदान गर्न पाउनेछन्।  लुम्बिनीमा प्रदेश सांसदको संख्या ८१ छ। स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदाताको संख्या २१५ जना रहेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ। 

८१  प्रदेशसभा सदस्यको मतभार कुल ३ हजार ८ सय ८८, स्थानीय तहतर्फको कुल मतभार ३ हजार ८ सय ७० गरी यो प्रदेशको कुल मतभार ७ हजार ७ सय ५८ छ। यसमध्ये प्रदेशसभा सदस्यमा गठबन्धनका नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका १९, जनता समाजवादी पार्टीका ४, राष्ट्रिय जनमोर्चाका १ र नेकपा एकीकृत समाजवादी पार्टीका १ जना सांसद छन्।  जसको कुल मतभार २१ सय १२ हुन्छ।

त्यसैगरी गठबन्धनकै स्थानीय तहतर्फ कांग्रेसका ६३, माओवादीका ३६, जसपाका १३, राजमोका ५ र नेकपा एकीकृत समाजवादीका ४ प्रमुख तथा उपप्रमुख छन्। गठबन्धनको स्थानीय तह तर्फको कुल मतभार २१७८ हुन्छ। लुम्बिनीमा सत्तारुढ गठबन्धनको कुल मतभार ४ हजार २ सय ९० छ।  

Metro Mart
vianet
सत्ता गठबन्धनका उम्मेदवार
गठबन्धनसँग एक्लै चुनावमा भिडेको एमालेको प्रदेशसभामा ३६ जना सांसद छन्। एमालेको प्रदेशसभा तर्फको मतभार १ हजार ७ सय २८ छ। स्थनीय तहतर्फ कुल ८८ प्रमुख तथा उपप्रमुख एमालेका छन्। स्थानीय तहतर्फ एमालेको मतभार १ हजार ५ सय ८४ छ। प्रदेशसभा तथा स्थानीय तह गरी एमालेको कुल मतभार ३ हजार ३ सय १२ देखिन्छ। यस आधारमा सत्तारुढ गठबन्धन ९ सय ७८ मतभारले बढी देखिन्छ। 

त्यसो त नेकपा एमालेका कतिपय जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादीमा पनि भोट दिन सक्ने र समाजावदीले आफ्नो पक्षमा भनेकाहरुले एमालेका उम्मेदवारलाई पनि भोट दिनसक्ने आंकलन गरिएको छ। यति हुँदाहुँदै पनि गठबन्धनले आफूहरुको जित सहज भएको बताउँदै आएको छ। 

लुम्बिनी प्रदेशमा कुल मतदाता संख्या २९६ हो। प्रदेश सांसद र स्थानीय तहका प्रमुख तथा उपप्रमुखले मतदान गर्न पाउनेछन्। 

लुम्बिनीमा प्रदेशसभा सदस्यमा एक र स्थानीय तहमा ४ मत स्वतन्त्रतर्फ देखिन्छन्। स्वतन्त्रतर्फको कुल मतभार १२० रहन आउँछ। स्वतन्त्रतर्फको कुल मतभार एमालेमा गाभिए पनि सत्ता पक्षीय गठबन्धन नै बलियो देखिन्छ। 

गठबन्धनका तर्फबाट कांग्रेसका युवराज शर्मा, नेकपा एकीकृत समाजवादीका राज्यलक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाका तुलप्रसाद बिकले उम्मेदवारी मनोनयन गरेका छन्। एमालेका रामदयाल गुप्ता, भारती उपाध्याय र कृष्णबहादुर बिकले उम्मेदवारी दिएका छन्।  

गत जेठ १७ गते भएको राष्ट्रियसभाको उपनिर्वाचनको परिणामले गठबन्धनलाई सहज जितको सम्भावना देखाएको छ। उक्त उपनिर्वाचनमा कांग्रेसका दृगनारायण पाण्डे ४ हजार १ सय ४० मतभारका साथ विजयी भएका थिए। त्यो बेला एमालेका चन्द्रबहादुर खड्काले ३६१२ मतभार प्राप्त गरेका थिए। 

नेकपा एमालेका उम्मेदवार
गत जेठमा भएको उपनिर्वाचनमा कुल ३ सय मतदाता थिए, जसमध्ये २९६ मत खसेको थियो।  यो अवधिमा दुई जना प्रदेशसभा सदस्य र दुई जना गाउँपालिकाका अध्यक्षको मत घटेको छ। जसपाका २ सांसदको कारवाहीपछि पद गुमेको छ। गुल्मीको दरबार गाउँपालिकाका अध्यक्ष अशोक कुमार थापा र बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष राम निवास यादवको निधन भएको छ।

कारवाहीमा परेका दुई सांसदले उपनिर्वाचनमा एमालेका उम्मेदवारलाई मतदान गरेका थिए। दुई सांसदको ९६ मतभार यो पटक एमालेलाई घाटा लाग्ने देखिन्छ। यसैगरी निधन भएका बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष यादव पनि एमालेकै हुन्। एमालेबाट निर्वाचित अर्घाखाँची पाणीनी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी गौतम पनि कांग्रेस प्रवेश गरेकी छिन्। यी दुई स्थानीय तहका प्रमुख र उपप्रमुखको मत नपाए एमालेलाई ३६ मतभार घाटा लाग्ने छ। 

निधन भएका गुल्मीको दरबार गाउँपालिकाका अध्यक्ष अशोक कुमार थापा भने कांग्रेसबाट निर्वाचित भएका थिए। उनको निधन भएपछि गठबन्धनलाई १८ मतभार कम हुनेछ।

प्रकाशित: Jan 17, 2022| 11:45 सोमबार, माघ ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।