काठमाडौं- लुम्बिनी प्रदेश सरकारले आइतबार सार्वजनिक बिदा दिएको छ। माघे सङ्क्रान्तिको अवसरमा माघ २ गते आइतबार प्रदेशमा सार्वजनिक बिदा दिइएको हो।
आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले एक सूचना जारी गर्दै प्रदेश सरकारको मन्त्रिपरिषद्को निर्णयअनुसार बिदा दिइएको जनाएको छ।