मंगलबार, मंसिर ११, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

लुम्बिनीमा माघे संक्रान्तिको अवसरमा २ दिन सार्वजनिक बिदा

माघे संक्रान्तिको अवसरमा लुम्बिनी प्रदेश सरकारले शनिबार र आईतबार दुई दिन सार्वजनिक बिदा दिने यसअघिको निर्णयलाई निरन्तरता दिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।
 |  शुक्रबार, पुस ३०, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ३०, २०७८

बुटवल- माघेसंक्रान्तिको अवसरमा लुम्बिनी प्रदेश सरकारले दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। माघे संक्रान्तिको अवसरमा लुम्बिनी प्रदेश सरकारले शनिबार र आईतबार दुई दिन सार्वजनिक बिदा दिने यसअघिको निर्णयलाई निरन्तरता दिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।

triton college

प्रदेश सरकार गठन भएको पहिलो वर्षदेखि थारु र मगर समुदायको महान् पर्व माघे संक्रान्ति र माघीको उपलक्ष्यमा माघ १ र २ गते प्रदेशभर सार्वजनिक विदा दिइँदै आएको थियो। 

लुम्बिनी प्रदेश बहुसाँस्कृतिक बहुजाती र बहुभाषीहरु रहेकाले त्यसैको सम्मान स्वरुप विदा दिइएको मुख्यमन्त्री केसीले एक विज्ञप्ति जारी गरि जानकारी दिएका छन्। उनले प्रदेशको विविधतालाई प्रदेश सरकारले सम्पत्तीका रुपमा ग्रहण गरेको बताउँदै माघे संक्रान्ति र माघी पर्वको अवसरमा शुभकामना दिएका छन्।  

विगतका दिनमा प्रदेश सरकारको तर्फबाट पुस महिनाको अन्तिम दिन साँस्कृतिक झाँकीसहित माघे संक्रान्ति एवं माघी मिलन कार्यक्रम आयोजना गर्दै आएको थियो। यो वर्ष कोभिड–१९ को तेस्रो लहरका कारणले कार्यक्रम स्थगित गरेको प्रदेश सरकारले जनाएको छ।

प्रकाशित: Jan 14, 2022| 18:59 शुक्रबार, पुस ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।