मंगलबार, मंसिर ११, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

बुटवलको डान्स क्लबमा आगलागी, पाँच करोडभन्दा बढीको क्षति

बुटवलमा उद्घाटनका लागि तयार भइसकेको डान्स क्लबमा शुक्रबार दिउँसो आगलागी हुँदा ५ करोड बढीको क्षति भएको छ।
 |  शुक्रबार, पुस ३०, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ३०, २०७८

triton college
Metro Mart
vianet

बुटवल– बुटवलमा उद्घाटनका लागि तयार भइसकेको डान्स क्लबमा शुक्रबार दिउँसो आगलागी हुँदा ५ करोड बढीको क्षति भएको छ। दिउँसो १ बजे उद्घाटनका लागि फिनिसिङको काम गर्दै गर्दा विद्युत् सर्ट भएर आगलागी भएको थियो। 

बुटवलस्थित सिद्धार्थ कटेज नजिकै रहेको प्लान बी डान्स क्लबमा आगलागी भएको हो। दिउँसोको समयमा आगो लागेकाले समयमै रुपन्देहीमा उपलब्ध दमकल बोलाएर आगो निभाइएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले बताए।

बुटवल उपमहानगरपालिका, तिलोत्तमा, देवदह र सैनामैनाका दमकलको सहयोगमा आगो निभाइएको थियो। आगलागीबाट उद्घाटनको तयारीमा रहेको डान्स क्लबका भित्री सामान जलेर नष्ट भएको छ। उद्घाटन गरी अधुरो कामलाई पूरा गर्ने क्रममा वेलिल्डङ गर्दा त्यहींबाट आगलागी भएको प्रहरीको प्रारम्भिक अनुमान छ। आगलागीबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक केसीले बताए।

प्रकाशित: Jan 14, 2022| 15:39 शुक्रबार, पुस ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।