बिहीबार, असार ४, २०८३

खोप केन्द्रमा चाप उस्तै [तस्बिरहरू]

कोभिड संक्रमण तीव्र विस्तार भएसँगै खोप केन्द्रमा चाप बढेको छ।
 |  शुक्रबार, पुस ३०, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ३०, २०७८

काठमाडौं– कोभिड संक्रमण तीव्र विस्तार भएसँगै खोप केन्द्रमा चाप बढेको छ। त्यसमाथि सरकारले खोप कार्डबिना सार्वजनिक सेवा लिन नपाइने नियम ल्याएपछि खोप लगाउनेको घुइँचो बढेको हो।

National life

माघ ७ गतेदेखि सार्वजनिक सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य गर्ने सरकारले जनाएको छ। कार्यालय, होटल, रेस्टुरेन्ट, सिनेमा हल, रंगशाला, एयरपोर्ट, पार्कजस्ता सार्वजनिक स्थलमा अनिवार्य खोप लगाएको कार्ड वा कार्डको फोटोका आधारमा मात्रै प्रवेश दिन भनिएको छ।

बाक्लो जनसंख्या भएका काठमाडौं, ललितपुर र भक्तपुरमा २४ वटा खोप केन्द्र छन्। थोरै केन्द्र भएपछि खोप लगाउन जानेले सास्ती त पाएका छन् नै, भीडबाट संक्रमण फैलिने जोखिम पनि उत्तिकै बढेको छ।

शुक्रबार काठमाडौंको सिनामंगलस्थित नोबेल अस्पताल खोप केन्द्रमा खोप लगाउनेको घुइँचो


Shivam cement







प्रकाशित: Jan 14, 2022| 13:27 शुक्रबार, पुस ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।