बुधबार, वैशाख १२, २०८१

चेलिबेटी बिचेबिखनविरुद्ध हरिवंशको ‘कर्कलो कोक्याउला’

माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालको प्रमुख आतिथ्यमा हास्यकलाकार हरिवंश आचार्यको नयाँ गीत ‘कर्कलो कोक्याउला’को भिडियो बिहीबार काठमाडौंमा सार्वजनिक गरिएको छ ।
 |  बिहीबार, पुस २९, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २९, २०७८

काठमाडौं- माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालको प्रमुख आतिथ्यमा हास्यकलाकार हरिवंश आचार्यको नयाँ गीत ‘कर्कलो कोक्याउला’को भिडियो बिहीबार काठमाडौंमा सार्वजनिक गरिएको छ । 

triton college

अभिनेता, गायक तथा निर्देशकसमेत रहेका हरिवंश आचार्यले पछिल्लो समय सार्वजनिक गरेका अधिकांश गीतमा सामाजिक कथा समेटिएका छन्। हरिवंशले मानिसको जीवनसँग जोडिएका गीतदेखि समाजमा चेतना जगाउने गीतलाई प्राथमिकतामा राख्‍ने गरेका छन्।

गीत सार्वजनिक कार्यक्रममा बोल्दै हरिवंश आचार्यले चेलिबेटी बेचबिखनविरुद्धमा जागरुकता जगाउन प्रयास गर्ने विश्वास व्यक्त गरे। अभिनेत्री स्वस्तिमा खड्काले यस्ता गीतका भिडियोमा काम गर्ने सपना हरेक कलाकारको हुने बताइन्।

आचार्यले आफ्नो गीतको बारे ‘एक कान दुई कान मैदान बनाइदिनु होला’ समेत भन्‍न भ्याए। पत्रकार सम्मलेन पश्चात आचार्य खड्का र मदनकृष्ण श्रेष्ठले फेसबुक लाइभमा समेत ‘कर्कलो कोक्याउला’ बारेमा बोलेका छन्।   

गीतमा हरिवंशकै शब्द तथा संगीत छ भने गायनमा उनलाई गायिका समीक्षा अधिकारीले साथ दिएकी छन्। किरण तुलाधरको एरेञ्‍ज रहेको गीतमा श्यामश्वेत रसाइलीको मिक्सिङ छ।

corrent noodles
Metro Mart

मानव सुवेदीले यो गीतको भिडियो निर्देशन गरेका हुन्। भिडियोमा कलाकार हरिवंश आचार्य, स्वस्तिमा खड्का र महेश त्रिपाठीको अभिनय रहेको छ। भिडियोमा नविन लम्साल र घनश्याम पाण्डेले पनि साथ दिएका छन्। गीति नाटक शैलीमा तयार पारिएको गीतको भिडियोलाई सुशील सापकोटाले खिचेका हुन्।


प्रकाशित: Jan 13, 2022| 19:16 बिहीबार, पुस २९, २०७८
प्रतिक्रिया दिनुहोस्