शुक्रबार, वैशाख ७, २०८१

'भौकाल सिजन २' को ट्रेलर सार्वजनिक

भौकाल सिजन २ को ट्रेलर सार्वजनिक भएको छ। भौकाल सिजन २ मा मोहित रैना फेरी एसपी सेकेराको भूमिकामा देखिँदैछन्।
 |  बुधबार, पुस २८, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, पुस २८, २०७८

काठमाडौं- भौकाल सिजन २ को ट्रेलर सार्वजनिक भएको छ। भौकाल सिजन २ मा मोहित रैना फेरी एसपी सेकेराको भूमिकामा देखिँदैछन्।

triton college

ओटीटी प्लेटफर्म एमएक्स प्लेयरको वेब सिरिज 'भौकाल' को पहिलो सिजनले धमाका मच्चाएको थियो। सिजन २ मा पनि मोहित रैना फेरि क्राइम उन्मूलनमा देखिनेछन्। भौकाल सिजन २ को ट्रेलर हेर्दा यो सिजन पनि रमाइलो हुने देखिन्छ।

भौकाल सिजन २ जनवरी २० मा रिलिज हुँदैछ। अभिनेता मोहित रैनाले आफ्नो आधिकारिक इन्स्टाग्राम अकाउन्टबाट भौकाल सिजन २ को ट्रेलर सेयर गरेका छन्। 

यो ट्रेलर सेयर गर्दै उनले लेखेका छन्, एसपी शेखर र डेढा दाजुभाइको टक्करले मुजफ्फरपुरमा फेरि भौकाल निम्त्याउनेछ। यससँगै उनले भौकाल सिजन २ जनवरी २० मा एमएक्स प्लेयरमा रिलिज हुने जानकारी दिएका छन्। यसको मतलब छिट्टै दर्शकले उत्कृष्ट एक्सन देख्न पाउनेछन्।'

युट्युबमा पनि सार्वजनिक गरिएको भौकाल सिजन २ को अफिसियल ट्रेलर मोहित रैनाले आफ्नो अफिसियल इन्स्टाग्राम अकाउन्टबाट सेयर गरेका छन्। भौकाल सिजन २ पनि क्राइम थ्रिलर वेब सिरिज हुनेछ। बावेजा स्टुडियोले निर्माण गरेको हो। भौकाल सिजन २ को ट्रेलर रिलिज हुने बित्तिकै चर्चामा छ। 

corrent noodles
Metro Mart

दर्शकले पछिल्लो पटक जस्तै यो सिजन पनि बलियो हुने आशा गरेका छन्। भौकाल २ लाई जतिन वाग्लेले निर्देशन गरेका हुन् भने कथा आकाश मोहिमेने, जय शिला बन्सल र जतिन वाग्लेले लेखेका हुन्।

प्रकाशित: Jan 12, 2022| 08:05 बुधबार, पुस २८, २०७८
प्रतिक्रिया दिनुहोस्