सोमबार, वैशाख २९, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • पृथ्वीजयन्ती : नरेन्द्रराज प्रसाईंको भक्तिदेखि आहुतिको विद्रोहसम्म

पृथ्वीजयन्ती : नरेन्द्रराज प्रसाईंको भक्तिदेखि आहुतिको विद्रोहसम्म

पूर्वमन्त्री जेपी गुप्ता पृथ्वीजयन्तीमा राष्ट्रपतिको संलग्नता हुनु भनेकै सरकारको प्रत्यक्ष संलग्नता भएको ठान्छन्। उनका अनुसार सरकारले मुन्टो लुकाएर ‘सुतुरमुर्ग’ शैलीमा पृथ्वीजयन्ती मनाएको छ।
 |  मंगलबार, पुस २७, २०७८
nespernesper

निर्भीकजंग रायमाझी

निर्भीकजंग रायमाझी

मंगलबार, पुस २७, २०७८

vianetvianet

काठमाडौं- प्रत्येक वर्ष पुस–२७ गते देश दुई कित्तामा विभाजित भएको देखिन्छ। पृथ्वीनारायण शाहको जन्मदिन अर्थात् ‘पृथ्वीजयन्ती’को मुद्दालाई लिएर सिंगो देश नै यो दिन दुई धारमा विभाजित हुने गरेको छ। 

triton college

यो वर्ष सरकारका तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवाले पृथ्वीजयन्तीको शुभकामनामात्रै दिए। सिंहदरबार अगाडिको कार्यक्रममा देउवा सहभागी भएनन्। 

तर राष्ट्रपति विद्यादेवी भण्डारीले भने मंगलबार बिहान सिंहदरबारस्थित पृथ्वीनारायण शाहको पूर्णकदको शालिकमा पुगेर माल्यार्पण गरेकी छन्। 

सिंहदरबारको कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठान मूल आयोजक रहेको समितिले गरेको हो। प्रतिष्ठानका उपकुलपति गंगाप्रसाद उप्रेतीले ‘हामी राष्ट्रिय विभूति पृथ्वीनारायण शाहलाई गाली गर्दै हिँड्दैनौं’ भन्दै आएका छन्। उप्रेतीकै संयोजकत्वमा पृथ्वीजयन्ती मूल आयोजक समिति बन्‍ने परम्परा रहेको छ। जसमा नेपाली सेनाको केन्द्रीय भूमिका रहने गरेको छ। 

कतिसम्म भने, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेम आलेलाई बोलाएर प्रज्ञाले सोमबार पृथ्वीनारायण शाहको अपमान गर्नेहरू असली नेपाली होइनन् भन्‍ने भाष्य निर्माण गर्न खोजेको देखिन्छ।

National life insurance

यता आफूलाई खुलेआम राजावादी दाबी गर्ने लेखक नरेन्द्रराज प्रसाईंले एक सातादेखि सामाजिक सञ्जालमा पृथ्वीनारायण शाहको पक्ष लिँदै पृथ्वीजयन्तीलाई राष्ट्रिय दिवसको रुपमा मनाउन आह्वान गरेका थिए। 

पृथ्वीनारायणको पक्षमा चर्को अभिव्यक्ति दिनेहरूमा  नेता रवीन्द्र मिश्र, प्रा.डा.रमेश ढुंगेल, चिकित्सक डा. प्रकाश पौडेल, साहित्यकार महेशविक्रम शाह, महेश पौड्याल, पत्रकार टिकाराम यात्री, कवि हरि अधिकारीलगायत रहेका छन्।

प्रसाई तीनै व्यक्ति हुन् जो बिना हिचकिचाहट मोहन वैद्य किरणको जीवनी पनि लेख्छन् भने राजसंस्था र पृथ्वीनारायणलाई मूल आदर्श मान्‍ने गरेको बताउँछन्।

२०६३ साल पुस २७ गते सिंहदरबारको मूलढोकाअघि पृथ्वीनारायणको सालिकमा फूल चढाउन जानेमा प्रसाईं दम्पत्ति नै अगुवा थिए। उनीसँगै विख्यात कवि ईश्वरवल्लभ, कम्युनिष्ट चिन्तक मोदनाथ प्रश्रितले पनि त्यो दिन पृथ्वीनारायणको शालिकमा ढोगेको कुरा प्रसाईंले उल्लेख गरेका छन्।

पूर्वराजा ज्ञानेन्द्र शाहले दिउँसो एक बजे सिंहदरबारअगाडि पुगेर पृथ्वीनारायणको शालिकमा माल्यार्पण गरेका छन्। राष्ट्रपति फर्किएलगत्तै पुगेका पूर्वराजाको समर्थनमा राप्रपा कार्यकर्ताले गणतन्त्रविरुद्ध नाराबाजी गरे।

शाहले पृथ्वीजयन्तीको अघिल्लो दिन एक वक्तव्य जारी गर्दै जारी गर्दै गणतान्त्रिक व्यवस्थाप्रति असन्तोष प्रकट गरेका थिए। जनहित नगर्ने यो व्यवस्था धेरै लामो समय अभ्यास गर्न नहुने उनको सन्देश थियो।

मंगलबार पृथ्वीनारायणको पक्षमा चर्को अभिव्यक्ति दिनेहरूमा  नेता रवीन्द्र मिश्र, प्रा.डा.रमेश ढुंगेल, चिकित्सक डा. प्रकाश पौडेल, साहित्यकार महेशविक्रम शाह, महेश पौड्याल, पत्रकार टिकाराम यात्री, कवि हरि अधिकारीलगायत रहेका छन्।

यता प्रगतिवादी धारका नेता तथा साहित्यकारले भने दशकौंदेखि पृथ्वीजयन्तीको विरोध गर्दै आएका छन्।  वैज्ञानिक समाजवादी पार्टीका अध्यक्ष आहुतिले आफ्ना लेख-रचना र पार्टीको सार्वजनिक वक्तव्यमार्फत् अपिल गर्दै पृथ्वीजयन्तीलाई 'सामन्ती दिवस'को रुपमा चित्रण गरेका छन्।

‘प्रतिरोध समूह’ले आजै कीर्तिपुर नयाँबजारमा एक कार्यक्रम गर्दै पृथ्वीजयन्तीको विरोध गरेको छ। कार्यक्रममा सुसेला समूह र इन्द्रेणी सांस्कृतिक समूहले जनवादी गीत प्रस्तुत गरे। यस्तै थिएटर मलले कीर्तिपुरेहरूमाथि गोर्खा राज्यले गरेको दमन झल्काउने सडक नाटक प्रस्तुत गरे।

‘कीर्तिपुरको युद्धमा पृथ्वीनारायण काटिनै आँटेका थिए’ अभियन्ता प्रयागमान प्रधानले भने, ‘राजालाई मार्नुहुँदैन भन्ने तत्कालीन मान्यताले गर्दा उनी बचेका हुन्। त्यसैको प्रतिसोध युद्धपछि राजाले निमुखा जनतामाथि पोखे।’

नेपाल आदिवासी जनजाति महासंघले पनि गोर्खा राज्य विस्तारलाई ‘नेपाल एकीकरण’ भन्ने र पृथ्वीनारायणलाई ‘राष्ट्रिय एकताको प्रतीक’को रुपमा भाष्य निर्माण गर्नेप्रति गम्भीर असहमति रहेको जनाएको छ।

पूर्वमन्त्री जेपी गुप्ता पृथ्वीजयन्तीमा राष्ट्रपतिको संलग्नता हुनु भनेकै सरकारको प्रत्यक्ष संलग्नता भएको ठान्छन्। उनका अनुसार सरकारले मुन्टो लुकाएर ‘सुतुरमुर्ग’ शैलीमा पृथ्वीजयन्ती मनाएको छ।

महासंघका अध्यक्ष जगतबहादुर बरामले एक वक्तव्य जारी गरी पृथ्वीनारायण शाहलाई राष्ट्रिय एकताको प्रतीक भन्दै पृथ्वीजयन्ती मनाउनेहरुको तर्कप्रति महासंघको गम्भीर असहमति रहेको जनाए।

विज्ञप्तिमा भनिएको छ, ' पृथ्वीनारायण शाहले नेपालको एकीकरण नगरेको, बरु गोर्खा राज्य मात्र विस्तार गरेको र विस्तारका क्रममा उनले युद्धअपराध गरेको ठहरिन्छ।'


 


आदिवासी जनजाति महासंघले पृथ्वीजयन्तीको औचित्य नरहेको जनाउँदै प्रकाशित गरेको विज्ञप्ति

र्कीतिपुरमा प्रतिरोध आन्दोलन भइरहँदा कीर्तिपुरकै रानीवनमा पृथ्वीनारायण शाहको शालिक अनावरण गरिँदै थियो भने चन्द्रगिरी नगरपालिकाको दहचोक डाँडा पुगेर राष्ट्रपति विद्या भण्डारी कालु पाँडेको शालिकमा माल्यार्पण गर्दै थिइन्।

पूर्वमन्त्री जेपी गुप्ता पृथ्वीजयन्तीमा राष्ट्रपतिको संलग्नता हुनु भनेकै सरकारको प्रत्यक्ष संलग्नता भएको ठान्छन्। उनका अनुसार सरकारले मुन्टो लुकाएर ‘सुतुरमुर्ग’ शैलीमा पृथ्वीजयन्ती मनाएको छ।

मझधारका अभिव्यक्ति दिनेहरूको बाहुल्य

पृथ्वीजयन्तीको पक्ष र विपक्षमा सिंगो देश नै जुहारी चलिरहँदा दुवै पक्षको बचाउ गर्दै अभिव्यक्ति दिनेहरूको संख्या पनि उल्लेख्य छ।

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पृथ्वीनारायणको देवत्वकरण र दानवीकरण दुबै गर्न नहुने टिप्पणी गरेका छन्।  भट्टराई लेख्छन्, ‘पृना शाहको देवत्वकरण र दानवीकरण दुवै नगरौं ! उनी इतिहासको आवश्यकता र आकस्मिकताका उपज हुन्।’

नेपाली कांग्रेस, नेकपा एमाले, र माओवादीका केही नेताले पृथ्वीनारायण इतिहासका एक महत्तवपूर्ण पात्रमा भएको बताउँदै आफूलाई ‘सेफ–जोन’मा उभ्याएका छन्।

जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, मोहन वैद्य, विश्वप्रकाश शर्मालगायत नेताले भूगोलको एकता गर्नु नै पृथ्वीनारायणको उपलब्धी रहेकोमा जोड दिए।

कांग्रेस महामन्त्री गगन थापा पनि यही कित्तामा परेका छन्। घुमाउरो पारामा पृथ्वीजयन्तीको सान्दर्भीकता सही रहेको बताउँदै गगन लेख्छन्, ‘पृथ्वीनारायण शाहको जुन कोणबाट पनि बहस गर्न सकिन्छ। तर, जे गर्न चाहेको भए तापनि त्यो अभियानले आधुनिक राज्यका लागि आवश्यक बृहत्तर भौगोलिक एकाइ दिएको कुरा कसैले इन्कार गर्न मिल्दैन।’

प्रकाशित: Jan 11, 2022| 19:35 मंगलबार, पुस २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...