शनिबार, असार ६, २०८३
  • गृहपृष्ठ
  • फोटो
  • काठमाडौंमा तरुलको व्यापार बढ्यो, मूल्य बढेन [९ तस्बिरमा]

काठमाडौंमा तरुलको व्यापार बढ्यो, मूल्य बढेन [९ तस्बिरमा]

काठमाडौंको कालीमाटीस्थित फलफूल तथा तरकारी बजारमा गत वर्षको तुलनामा तरुलको व्यापार बढेको हो।
 |  मंगलबार, पुस २७, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २७, २०७८

काठमाडौं– माघे संक्रान्ति नजिकिएसँगै काठमाडौंमा तरुलको व्यापार बढेको छ। काठमाडौंको कालीमाटीस्थित फलफूल तथा तरकारी बजारमा गत वर्षको तुलनामा तरुलको व्यापार बढेको हो। तरुलको व्यापार राम्रो भइरहेको सर्लाहीका व्यापारी रामबाबु साहले बताए। उनले आफूले सर्लाहीबाट तरुल ल्याएको र त्यसको मूल्य प्रतिकेजी ७० रुपैयाँ रहेको पनि बताए। गत वर्षभन्दा यस वर्ष तरुलको व्यापार बढे पनि मूल्य भने नबढेको साहको भनाइ छ।

National life

चितवनबाट ल्याइएको रातो तरुल भने प्रतिकेजी १५० रुपैयाँ सम्ममा बिक्री भइरहेको व्यापारी ईश्वर ढकाल बताउँछन्। उनी भन्छन्, ‘रातो तरुल राम्रो हुने भएकाले यसको मूल्य अन्य तरुलको भन्दा बढी भएको हो।’ 

व्यापारीहरुका अनुसार यस वर्र्ष काठमाडौंमा सर्लाही र चितवनको तरुल बढी भित्रिएको छ। ग्राहकले पनि सस्तो मूल्य हुने भएकाले कालीमाटी बजारबाटै तरुल खरिद गर्ने गरेको बताएका छन्। ललितपुरकी मुना थापाले सस्तोमा पाइने भएकाले तरुल खरिद गर्न आफू कालीमाटी तरकारी बजारमै आएको बताइन्।

अघिल्लो वर्ष कोरोनाका कारण तरुलको व्यापार घटेको थियो भने मूल्य केही बढेको थियो। माघे संक्रान्तिमा तरुल पनि खाने  प्रचलन छ। 

Shivam cement



प्रकाशित: Jan 11, 2022| 15:51 मंगलबार, पुस २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।