बिहीबार, वैशाख ३१, २०८३

प्रियंका र आयुष्मानले गरे इंगेजमेन्ट

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
काठमाडौं- नेपाली फिल्म नगरीमा व्यस्त नायिका प्रियंका कार्की र आयुष्मान देशराज बिचको सम्बन्धले भने ठुलै हल्ला बटुल्दै नयाँ मोड लिएको छ। त्यो हो उनीहरू सधैलाई एक हुन इन्गेजमेन्ट गरेका छन्।
 
प्रायः फिल्ममा लागेका कलाकारका घरबार धेरै टिकेको पाइन्न । कहिँ न कहिँ सम्बन्धले ब्रेकअप पाइहालेको सुन्नमा आउछ। हेरौ यि दुइको सम्बन्धले कति लामो रेस लगाउछ।

आयुष्मान र प्रियंका बिचको अफेयर चलेदेखि अधिकांशले सम्बन्ध धेरै नटिक्ने अनुमान गरिएकै हुन्। आमा रविना देशराज जोशीले डिनरका तस्बीरहरू पनि सामाजिक सञ्जालमा खुबै सार्वजनकि गरेकी थिइन्। र यी जोडीले एकअर्काको विषयमा खुलेर आफ्नोबारे कुरा पनि राख्ने गरेका थिए। 

दुनियाको शंकालाई यी दुई सेलिब्रेटी जोडीले गलत सावित गरिदिएको छन् । बैंकर रविना देशराजले सामाजिक सञ्जालमा फोटो अपलोड गरेर प्रियंका र आयुष्मानको इङ्गेजमेन्ट भएको जानकारी दिएकी छिन। इन्गेजमेन्टको क्रममा टिकाटालो गर्दै गरेको फोटोहरूमा दुबै परिवार साह्रै खुशी देखिएका थिए। तर विवाह गते भने खुलाइएको छैन।
 
प्रियंकाले पनि आफ्नो फेसबुक वालमा इन्गेजमेन्ट क्रममा खिचेका फोटोहरू शेयर गर्दै आयुष्मान र म सधैलाई एक भएको क्याप्सन लेखेकी छिन्। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्