आइतबार, कात्तिक ३०, २०८२

प्रेम गीत : जता हेर्छु केवल तिमी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
व्रिटिस लाहुरे बन्ने भनेर हिँडेका एक जमानाका वलवान वडी विल्डर अनि अति लोकप्रिय अभिनेता धिरेन शाक्य अब म्यूजिक भिडियोमा पनि खरो छाप छोड्ने गरी जुर्मुराएर देखा परेका छन् ।

अभिनेता धिरेन शाक्यले चलचित्रमा जतिपनि अभिनय गरे ती सबै तारिफयोग्य र उत्तिकै चर्चित त छँदैछ । फेरी फिल्मलाईन छोडेर म्यूजिक भिडियोमा ओर्लिएको भने पक्कै होइन । म्यूजिक भिडियो स्तरोन्नतीको लागि यो अभिनय ज्यादै महत्वपूर्ण योगदान रहनेछ। प्रेममय गीत ‘जता हेर्छु केवल तिमी’ म्यूजिक भिडियो अभिनयमा चर्चित अभिनेता शाक्यलाई इनास ग्लोबलकी वरिष्ठ उपाध्यक्ष कमला दाहालले साथ दिएकी छिन्।

यसरी सार्है मीठो साथ दिने जर्मनीमा बसोवास गर्दै आएकी रसिली हँसिली कमला दाहालले तमिल, नेपाली र हिन्दी लगाएत अत्य चलचित्रमा समेत अभिनय प्रवाह गरिसकेकी छिन् ।

भिडियो हेर्नुहोस्

धीर स्वभावका बौद्धिक व्यक्तित्व अभिनेता धिरेन शाक्य अभिनित ‘जता हेर्छु केवल तिमी’ भिडियोलाई विश्वकै चर्चित सहर लण्डनमै छायाँकन गरिएको हो । जसमा सोनी कार्कीको रचना, प्रमोद प्रसाईं र स्वयं शब्द रचनाकार सोनी कार्की कै कोइलीकण्ठ आवाज रहेको छ ।मनमुटुको कुनाकानीदेखि हरेक अंगप्रत्यंगमा उनकै माया सलबलाउँने गरेको र सबैचिज उनकै निम्ति समर्पित गरिनुको साथै आफ्नो लागि उनको विकल्प अरु कुनै चिज छैन यो संसारमा त्यसैले ‘जता हेर्छु केवल तिमी’ मर्मस्पर्षी सन्देश छर्न खोजिएको छ यस भिडियो मार्फत ।

‘जता हेर्छु केवल तिमी’ म्यूजिक भिडियोकाे निर्देशन, छायाँकन र सम्पादन सञ्चारकर्मी कुशल श्रेष्ठकै रहेको छ भने भिडियोमा लन्डनको मुटु लण्डन टावर ब्रीज र ग्रीनबीच रमणीयस्थलको समेत भिडियोबाटै सजिलै दृष्यपान गर्न सकिन्छ ।रिदम कँडेलको संगीत, भिडियो डिजाइनर अञ्जली केसी र प्रभु गुरुङको कोरियोग्राफीमा तयार पारिएको यस भिडियोलाई बुढा सुब्बा डिजिटल युट्यूव च्यानेल मार्फत संसारभर एकैसाथ सार्बजनिक गएिको हो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्