बिहीबार, वैशाख १३, २०८१

'प्रेमगीत ३' को प्रदर्शन मिति रोकियो

भारतमा कोरोना संक्रमण बढ्न थालेसँगै नेपाली चलचित्र क्षेत्रमा त्यसको असर देखिन थालेको छ। भर्खर नेपाली सिनेमा घरहरू खुलेका थिए। र, दर्शक हलसम्म पुग्दैथिए।
 |  बुधबार, पुस २१, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, पुस २१, २०७८

काठमाडौं- भारतमा कोरोना संक्रमण बढ्न थालेसँगै नेपाली चलचित्र क्षेत्रमा त्यसको असर देखिन थालेको छ। भर्खर नेपाली सिनेमा घरहरू खुलेका थिए। र, दर्शक हलसम्म पुग्दैथिए। 

triton college

यस्तैमा दक्षिण भारतीय चलचित्र ‘आरआरआर’को प्रदर्शन रोकियो। यसैगरी चलचित्र ‘प्रेमगीत ३’ को प्रदर्शन मिति अनिश्चित समयको लागि स्थगित भएको छ। निर्माता सन्तोष सेनले सोमबार राति स्ट्याटस लेख्दै कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन त्रासका कारण फिल्मको प्रदर्शन मिति स्थगन गर्नु परेको बताएका छन्। 

प्रदीप खड्का अभिनीत फिल्म प्रेम गीत ३ लाई फागुन १३ गते रिलिज गर्ने भनिएको थियो। फिल्मलाई हिन्दीमा डब गरेर भारतमासमेत प्रदर्शन गर्ने तयारीमा निर्माण समूह थियो। भारतमा कोभिड संक्रमणमा भएको वृद्धिको कारण फिल्म हल बन्द भएकाले यस्तो निर्णय गर्नुपरेको निर्माता सन्तोषले बताए।

सन्तोष सामाजिक सञ्जालमा लेख्छन्, 'हामीले प्रेम गीत ३ को पोस्ट प्रोडक्सनको को काम नेपाल लगायत मुम्बईका दिग्गज टिमहरूबाट सम्पन्न गरेका छौं। यसको प्रदर्शन मिति फाल्गुन १३ लाई लच्छित गरेर विभिन्न प्रचार-प्रसार सामग्री तयार भएसँगै दर्शक माझ पस्कने तयारीमा थियौं। यसैक्रममा भारत बजारका वितरक समूहले दिएको सल्लाह सुझावलाई मनन गर्दै सिनेमा घरहरू बन्द हुने क्रम बढेको हुनाले, नेपाल, भारत अथवा विश्वभरी अलग-अलग मितिमा प्रदर्शन नगरी एक साथ प्रदर्शन गर्नुपर्ने प्रस्ताव आएको हुनाले हामी नअत्तालिकन यो अप्ठ्यारो परिस्थितिवाई मध्यनजर गर्दै र त्यो गहकिलो प्रस्ताव लाई स्वीकार गर्दै अनिश्चित कालको लागी प्रदर्शन मिति स्थगित गरेका छौं।'

प्रकाशित: Jan 05, 2022| 12:22 बुधबार, पुस २१, २०७८
प्रतिक्रिया दिनुहोस्