आइतबार, चैत १९, २०७९
  • गृहपृष्ठ
  • प्रदेश
  • पाल्पा अस्पतालका १० कर्मचारीमा कोरोना संक्रमण, आकस्मिकबाहेकका सेवा बन्द

पाल्पा अस्पतालका १० कर्मचारीमा कोरोना संक्रमण, आकस्मिकबाहेकका सेवा बन्द

अस्पतालमा कार्यरत कर्मचारीलाई कोरोना भाइरसको संक्रमण भएपछि अत्यावश्यकबाहेकको सेवा बन्द भएको हो।
 |  बुधबार, पुस २१, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, पुस २१, २०७८

National life insurance
worldlink

पाल्पा- जिल्ला अस्पतालमा आकस्मिकबाहेकको सेवा बन्द भएको छ। अस्पतालमा कार्यरत कर्मचारीलाई कोरोना भाइरसको संक्रमण भएपछि अत्यावश्यकबाहेकको सेवा बन्द भएको हो। 

निमित्त मेडिलकल सुपरिटेन्डेण्टसहित १० कर्मचारीको पिसीआर परीक्षण गर्दा नौ जनामा कोरोना संक्रमण देखिएको अस्पताल विकास समितिका अध्यक्ष नेत्रप्रसाद पाण्डेयले जानकारी दिए। अस्पतालले सूचना जारी गर्दै सुत्केरी सेवा, ल्याब, सुरक्षित गर्भपतन र सिफारिसबाहेकका सेवा पूर्णरूपमा बन्द गरिएको जनाएको छ।

मेसुसहित ६ मेडिकल अधिकृत, एक डेन्टल सर्जन, एक पारामेडिक्स र एक ल्याब टेक्निसियनमा कोरोना पुष्टि भएको हो। उनीहरु सबै आइसोलेशन बस्नुपरेकाले सेवा बन्द गरिएको पाण्डेयले बताए। जिल्लामा पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएको छ। 

प्रकाशित: Jan 05, 2022| 07:30. 06 बुधबार, पुस २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।