बिहीबार, वैशाख २०, २०८१
  • गृहपृष्ठ
  • समाचार
  • माओवादीमा बलशाली बन्दै वर्षमान, प्रचण्डको उत्तराधिकारी हुने सम्भावना कति?

माओवादीमा बलशाली बन्दै वर्षमान, प्रचण्डको उत्तराधिकारी हुने सम्भावना कति?

पदाधिकारी छान्नका लागि अध्यक्ष प्रचण्ड विदेश रहेका पुनलाई कुर्ने मनस्थितिमा किन छन् त? स्रोतका अनुसार पुनलाई महासचिव बनाउने मनस्थितिमा प्रचण्ड रहेकाले उनै पुनको प्रतीक्षामा अध्यक्ष प्रचण्ड छन्।
 |  बुधबार, पुस २१, २०७८

धीरज बस्नेत

धीरज बस्नेत

बुधबार, पुस २१, २०७८

काठमाडौं- ९ दिनसम्म चलेको नेकपा माओवादी केन्द्रको महाधिवेशनमा प्रचण्डले प्रस्ताव गरेका नामलाई पारित गर्‍यो। महाधिवेशन सकिएको भोलिपल्ट पदाधिकारी छान्न बसेको नवगठित केन्द्रीय कमिटी बैठकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नै दोहोर्‍याउने निर्णय गर्‍यो। तर, वरिष्ठ उपाध्यक्षदेखि कोषाध्यक्षसम्म अन्य १४ पदाधिकारी चयन नगरी बैठक पुष २५ गतेसम्मलाई स्थगित गरिएको छ। 

triton college

पदाधिकारी चयन पर धकेलिनुका पछाडि मुख्यतया दुई कारण हुन्, पहिलो- सहमति जुट्न नसक्नु। दोस्रो चाहिँ वर्षमान पुनको आग्रह। 

अध्यक्ष प्रचण्डले नै नेता वर्षमान पुनको आग्रहमा पदाधिकारी चयन नभएको बताइसकेका छन्। बैठकपछि प्रचण्डले पार्टीका सिनियर नेता पुन र ओनसरी घर्ती उपचारका क्रममा बाहिर भएकाले पदाधिकारी चयन नभएको बताएका हुन्। 

नेता कृष्णबहादुर महराले पदाधिकारीका बारेमा 'होमवर्क' गर्न बाँकी रहेको प्रतिक्रिया दिएका छन्। पुन र घर्ती नेपालबाहिर रहेको र उनीहरुको समेत परामर्श आवश्यक भएको उल्लेख गर्दै महराले एक हप्तापछि पदाधिकारीको टुंगो लाग्ने बताए।

माओवादी अध्यक्ष प्रचण्ड र नेता महराको यो भनाइबाट माओवादीमा वर्षमान पुन शक्ति आकलन गर्न सकिन्छ। पुनको अनुपस्थितिमा महाधिवेशन त सकियो तर पदाधिकारी चयन हुन सकेन। 

corrent noodles
Metro Mart

माओवादी स्रोतका अनुसार पुनको स्वास्थ्यमा सुधार भइरहेको र चाँडै उनी स्वदेश फर्कनेछन्। पदाधिकारी छान्नका लागि अध्यक्ष प्रचण्ड विदेश रहेका पुनलाई कुर्ने मनस्थितिमा किन छन् त? स्रोतका अनुसार पुनलाई महासचिव बनाउने मनस्थितिमा प्रचण्ड रहेकाले उनै पुनको प्रतीक्षामा अध्यक्ष प्रचण्ड छन्। 

पदाधिकारी चयन पर धकेलिनुका पछाडि मुख्यतया दुई कारण हुन्, पहिलो- सहमति जुट्न नसक्नु। दोस्रो चाहिँ वर्षमान पुनको आग्रह। 

सक्रिय राजनीतिका लागि पुनलाई स्वास्थ्यले साथ नदिएको अवस्थामा महासचिव कसलाई बनाउने भनेर प्रचण्ड विकल्प पनि खोजिसकेका थिए। पुनको विकल्पमा शक्ति बस्नेत वा देव गुरुङलाई अघि सार्ने तयारी प्रचण्डको भएको तर पुन केही दिनमा फर्किने खबर पाएसँगै केन्द्रीय कमिटी बैठक पदाधिकारी चयन नगरी एक हप्ताका लागि स्थगित भएको हो। 

चीनमा उपचाररत पुन मंगलबार अस्पतालबाट डिस्चार्ज भएका छन्। ९८ दिन लामो उपचार सकेर उनी बिहीबार स्वदेश आइपुग्ने कार्यतालिका छ। 

त्यसो त उपचारका क्रममा नै रहँदा पनि चीनले पुनलाई महत्व दिएको थियो। चिनियाँ नेताहरु पुनसँगको भेटघाटका लागि अस्पतालसम्मै पुगेका थिए। चीनका विदेश विभागका उपमन्त्री चेन झाओसँग पुनको औपचारिक भेट भयो। कम्युनिस्ट एकताको विषयमा उनीहरुबीच कुराकानी समेत भएको बताइएको छ।

चीनले विश्वास गरेको पात्रका रुपमा चिनिएका पुन महासचिव पदका मुख्य दाबेदार हुन्। उनीसँगै जनार्दन शर्मा, पम्फा भुसाल, लिलामणि पोखरेल, गिरिराजमणि पोखरेललगायतका नेताहरू महासचिव पदमा दाबी गर्दै आएका छन्। अन्य दाबेदारले 'ब्याक' हुन सक्ने संकेत गरे पनि पुन र शर्माले भने 'ब्याक' नहुने बताइसकेका छन्। आफ्नो उत्तराधिकारी बन्न सक्ने नेतालाई महासचिवमा ल्याउने प्रचण्डको चाहना छ।

उपचारपछि स्वदेश फर्किने क्रममा रहेका पुनले सहमतिमा महासचिव निर्धारण हुन नसके चुनावमै जानुपर्ने समेत बताइसकेका छन्। अर्का दाबेदार शर्मा पनि सहमति नभए चुनाव लडेर भएपनि महासचिव छान्नुपर्ने बताउँदै आएका छन्। महासचिव पदका दुवै दाबेदार प्रचण्ड निकट मानिन्छन्। 

आगामी नेतृत्वकर्ताका रूपमा आफूलाई उभ्याउन उनीहरूले महासचिव पदमा दाबी पेस गरेका छन्। वर्षमान पुनले जनयुद्धदेखि पार्टीलाई हरेक मोडमा बलियो साथ दिएको र अध्यक्षलाई दर्बिलो भरोसा भएर काम गरेकाले आफूले महासचिव पद पाउनुपर्ने दाबी गरेका छन्। 

उपचारपछि स्वदेश फर्किने क्रममा रहेका पुनले सहमतिमा महासचिव निर्धारण हुन नसके चुनावमै जानुपर्ने समेत बताइसकेका छन्। अर्का दाबेदार शर्मा पनि सहमति नभए चुनाव लडेर भएपनि महासचिव छान्नुपर्ने बताउँदै आएका छन्।

जनार्दन शर्माले भने नेतृत्वलाई सफल बनाउन आफूले महत्वपूर्ण भूमिका खेलेको, पार्टीको उतारचढावमा अविचलित कठिन संघर्ष गरेकाले आफूले महसचिव हुन पाउनु पर्ने आफू निकटका नेताहरुसँग बताउने गरेका छन्। तर, शर्माभन्दा पुन पार्टी वरीयतामा सिनियर मानिन्छन्। 

पार्टीमा दुवै नेताले केन्द्रदेखि स्थानीय तहसम्म गुट बनाएका छन्। दुवै नेता अध्यक्ष प्रचण्डका लागि उत्तिकै प्रिय हुन्। यीमध्ये कुनै एकलाई ’छान्न’ प्रचण्डका लागि सहज छैन।

प्रचण्डको रोजाइमा पुन 

माओवादी केन्द्रका नेताका अनुसार अध्यक्ष प्रचण्डले महासचिवका लागि पुनलाई प्राथमिकतामा राखेका छन्। पुन नआउँदाको अवस्थामा प्रचण्डले जनार्दनलाई भन्दा बढी शक्ति बस्नेत वा देव गुरुङलाई अघि सार्न खोजेका पनि थिए। तर, पुन स्वदेश फर्किने निश्चित भएपछि उनकै पर्खाइका लागि पदाधिकारी चयन प्रक्रिया नै स्थगित गरिएको छ। 

पुन महासचिव हुँदा आफूलाई जति सहज हुनसक्छ, शर्मा हुँदा त्यति सहज हुन नसक्ने आकलन प्रचण्डको छ। चीनले रुचाएको नेता भएका कारण पनि प्रचण्ड पुनप्रति नरम देखिएको हुनसक्ने माओवादी एक नेताको दाबी छ। 

‘अध्यक्षले वर्षमान पुनलाई नै महासचिव बनाउन चाहनुभएको छ। त्यसका लागि जनार्दन शर्मालाई मनाउने प्रयास भइरहेको छ। सम्भवतः सहमतिमै कमरेड वर्षमान महासचिव बन्न सक्नुहुन्छ,’ ती नेताले भने। 

पुनले सुरुदेखि नै माओवादीलाई शक्तिशाली बनाएर लैजानु पर्नेमा जोड दिँदै आएका थिए। २०७४ को चुनावताका पुनले एमालेसँग पार्टी एकता गर्न नहुने बरु कांग्रेससँग तालमेल गरेर चुनाव लड्नु पर्ने धारणा राखेका थिए। सोही अनुसार उनले कांग्रेससँग तालमेलका लागि वार्तासमेत गरेका थिए। कांग्रेसले ७०/३० को प्रस्ताव गरेपछि माओवादी त्यसबाट ब्याक हुँदै एमालेसँग ४० प्रतिशत भाग लिएर चुनावमा गएको थियो। एमालेसँग भागबन्डा मिलाउने काममा भने जनार्दन शर्मा सक्रिय थिए। 

२०६२/०६३ को दोस्रो जनआन्दोलनमा पुनले उपत्यकाको कमाण्ड सम्हालेका थिए। सोही क्रममा उनले अन्य राजनीतिक दलका नेतासँग सम्पर्क र सम्बन्ध बढाउने अवसर पाए। तत्कालै कुनै विषयमा कुराकानी गर्न परे 'पुनसँग गर्नू' भनेर प्रचण्डले राजनीतिक दलका नेताहरूसँग भनेका पनि थिए। 

‘अध्यक्षले वर्षमान पुनलाई नै महासचिव बनाउन चाहनुभएको छ। त्यसका लागि जनार्दन शर्मालाई मनाउने प्रयास भइरहेको छ। सम्भवतः सहमतिमै कमरेड वर्षमान महासचिव बन्न सक्नुहुन्छ,’ ती नेताले भने। 

दोस्रो जनआन्दोलन सफल भएपछि माओवादी खुला राजनीतिमा आयो। सोही समयमा पुन माओवादीको सचिवालय सदस्य बने। ११ सदस्यीय समितिमा परेपछि पुनको राजनीतिक उचाइ बढ्यो। प्रचण्डले दिएका जिम्मेवारी पुनले पूरा गरेको र त्यसको नतिजा सकारात्मक नै बनेको प्रचण्डको बुझाइ छ। 

यी हुन् पदाधिकारीका आकांक्षी

माओवादीमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, एक महासचिव, २ उपमहासचिव, ३ सचिव र एक कोषाध्यक्ष रहने व्यवस्था छ। अध्यक्षमा प्रचण्डलाई निरन्तरता मिलिसकेको छ। वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ चयन हुने सम्भावना बलियो छ। 

प्रचण्डले ६ उपाध्यक्षमा कृष्णबहादुर महरा, पम्फा भुसाल, मातृका यादव, लीलामणि पाखरेल, हरिबोल गजुरेल चयन गर्न सक्ने स्रोतको दाबी छ। शक्ति बस्नेत, देव गुरुङ, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, गिरिराजमणि पोखरेल, ओनसरी घर्तीमध्येबाट तीन जना उपमहासचिव छनोट गर्न सक्ने बताइएको छ। 

यस्तै सचिवमा दीनानाथ शर्मा, गणेश साह, शशी श्रेष्ठ, रेखा शर्मा, पूर्णकुमारी सुवेदी, हितमान शाक्य, लेखनाथ न्यौपाने, हिमाल शर्मा, महेन्द्रबहादुर शाहीलगायत आकांक्षी छन्। 

माओवादीमा १५ जना पदाधिकारी चयन हुने व्यवस्था छ। तर महाधिवेशनले पदाधिकारी संख्या थपघट गर्न सक्ने अधिकार  केन्द्रीय समितिलाई दिएको छ। यसर्थ प्रचण्डले चाहेको अवस्थामा पदाधिकारी संख्या थपघट हुन सक्ने सम्भावना छ। 

केन्द्रीय सदस्यमा चयन भएका नेतामध्येबाट पदाधिकारी चयन हुने  र मतदाता पनि केन्द्रीय सदस्य नै हुने माओवादी विधानको प्रावधान छ।

प्रकाशित: Jan 05, 2022| 06:25 बुधबार, पुस २१, २०७८
प्रतिक्रिया दिनुहोस्