शुक्रबार, असोज ३१, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • प्रदेश २ : राष्ट्रिय सभाको २ पदका लागि चार दलबाट ६ जनाको उम्मेदवारी दर्ता

प्रदेश २ : राष्ट्रिय सभाको २ पदका लागि चार दलबाट ६ जनाको उम्मेदवारी दर्ता

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेश २ मा दुई पदका लागि ६ जनाको उम्मेदवारी दर्ता भएको छ। प्रदेश २ मा दुई पदका लागि चार दलबाट ६ जनाले उम्मेदवारी दर्ता गराएका हुन्।
 |  मंगलबार, पुस २०, २०७८

जयन्त ठाकुर

जयन्त ठाकुर

मंगलबार, पुस २०, २०७८

जनकपुरधाम- राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेश २ मा दुई पदका लागि ६ जनाको उम्मेदवारी दर्ता भएको छ। प्रदेश २ मा दुई पदका लागि चार दलबाट ६ जनाले उम्मेदवारी दर्ता गराएका हुन्। 

Kumaribank

चुनावी प्रतिस्पर्धाका लागि सत्तारूढ गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र) र जसपा १-१ जना र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र एमालेबाट २-२ जनाले उम्मेदवारी दर्ता गराएका छन्। 

मंगलबार जनकपुरधामस्थित प्रदेश निर्वाचन कार्यालयमा चारवटै दलका  उमेदवारहरुले उमेदवारी दर्ता गराएका हुन्। 

सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उर्मिला अर्यालले महिला कोटामा उम्मेदवारी दर्ता गराएकी छन्। पर्साको वीरगंज महानगरपालिकाकी अर्यालको प्रस्तावक नगिना यादव रहेकी छिन् भने सीता साह समर्थक रहेकी छन्। त्यस्तै जसपाबाट अन्य समूह कोटामा सिरहाका मोहम्मद खालिद सिद्धिकीले उम्मेदवारी दर्ता गराएका छन्।  

लोसपाबाट महोत्तरीकी रूपा यादव महिला कोटामा र श्यामसुन्दर सरदारले अन्य समूहमा उमेदवारी दर्ता गराएका छन्। यादवको प्रस्तावक प्रदेशसभा सदस्य रानी शर्मा तिवारी र समर्थक परमेश्वर साह रहेका छन्। सरदारको प्रस्तावक प्रदेशसभा सदस्य अभिराम शर्मा समर्थक गौरीनारायण साह रहेका छन्। 

Metro Mart

एमालेको तर्फबाट महिला कोटामा बिना देवी साह र अन्य समूहबाट उस्मान अन्सारीले उम्मेदवारी दर्ता गराएका छन्। साहको प्रस्तावक अनिलकुमार यादव र समर्थक गणेश राउत रहेका छन्। त्यस्तै अन्सारीको प्रस्तावक तारादेवी लामा र समर्थक रामपृत महतो रहेका छन्।

प्रकाशित: Jan 04, 2022| 17:32 मंगलबार, पुस २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।