शनिबार, मंसिर २३, २०८०
  • गृहपृष्ठ
  • भिडियो
  • २०४६ देखि प्रचण्डको नेतृत्व निर्विकल्प, राष्ट्रिय सभा चुनावका लागि दलले छाने उमेदवार [२०७८-९-१९]

२०४६ देखि प्रचण्डको नेतृत्व निर्विकल्प, राष्ट्रिय सभा चुनावका लागि दलले छाने उमेदवार [२०७८-९-१९]

नेकपा माओवादीको अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्विकल्प रूपमा चयन भएका छन्।
 |  सोमबार, पुस १९, २०७८
averest bankaverest bank

नेपाल समय

नेपाल समय

सोमबार, पुस १९, २०७८

माओवादीमा प्रचण्ड निर्विकल्प

sagarmatha cement

नेकपा माओवादीको अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्विकल्प रूपमा चयन भएका छन्। सोमबार बसेको माओवादीको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकले अध्यक्षमा प्रचण्डलाई नै निर्विकल्प अध्यक्षमा निरन्तरता दिने निर्णय गरेको हो। प्रचण्डको विकल्पमा कुनै पनि व्यक्तिले दाबी नगरेपछि उनी सर्वसम्मत भएका हुन्। 

अध्यक्षमा प्रचण्डको नाम नेता नारायणकाजी श्रेष्ठले प्रस्ताव गरेका थिए। श्रेष्ठले राखेको प्रस्तावलाई बैठकले सर्वसम्मत अनुमोदन गरेको हो। पार्टीलाई समाजवादी क्रान्तिमा अघि बढाउन प्रचण्डकै नेतृत्व अपरिहार्य रहेको उनको भनाइ थियो।  

अध्यक्षमा चयन भएपछि प्रचण्डले पार्टीको नयाँ नेतृत्व चयन प्रजातान्त्रिक र जनवादी विधिबाट भएको दावी गरे। केन्द्रीय समिति बैठकले अध्यक्षमा निर्वाचित गरेपछि सम्वोधन गर्दै प्रचण्डले नेतृत्व चयनका विषयमा भइरहेको आलोचनाको बचाउ गरेका हुन्। प्रचण्डले प्रदेशहरुमा अन्तरक्रिया गरेर त्यहाँबाट दिएको नामहरुलाई नै आयोजक समितिले महाधिवेशनमा पेश गरेको बताए। मिडियामा प्रकाशित विभिन्न टिकाटिप्पणीले महाधिवेशनको अपमान गरेको उनको गुनासो छ। अध्यक्ष चयनअघि माओवादी केन्द्रीय कार्यसमितिको पहिलो बैठकमा नवनिर्वाचित केन्द्रीय सदस्यहरुले शपथ लिएका थिए। हिजो सम्पन्न महाधिवेशनले २ सय ३६ केन्द्रीय सदस्य चयन गरेको थियो। 

८ औं महाधिवेशनबाट निर्वाचित केन्द्रिय समितिको पहिलो बैठकले अध्यक्ष बाहेक अन्य पदाधिकारी भने चयन गर्न सकेन। एक वरिष्ठ उपाध्यक्ष, एक महासचिव, २ उपमहासचिव, ३ सचिव र एक कोषाध्यक्ष पनि चयन नगरी बैठक पुष २५ गते पुनः बस्ने गरी स्थगित गरिएको छ।

Metro Mart
worldlink

प्रचण्ड २०४६ देखि निरन्तर नेतृत्वमा रहँदै आएका नेता हुन्। 

दलले टुंग्याए उम्मेदवार

आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि दलहरुले उमेदवारको टुंगो लगाएका छन्। १९ सिटका लागि हुने निर्वाचनका लागि भोलि पुस २० गते उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ। एमालेले १९ जना उमेदवार नै तय गरेको छ भने सत्ता गठबन्धनले भागबन्डा मिलाएर उमेदवार तय गरेका छन्। कांग्रेसले ६ सिटमा, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) ले ५/५ सिटमा, जनता समाजवादी पार्टीले २ सिट र राष्ट्रिय जनमोर्चाले १ सिटमा उमेदवार तय गर्ने भएका छन्। 

उनीहरुले भोलि उम्मेदवारी दर्ता गराउने छन्। आगामी फागुनदेखि चार वर्षे कार्यकाल पूरा गरेका राष्ट्रिय सभाका २० सांसद बिदा हुँदैछन्। एमालेबाट आठजना, माओवादी केन्द्रबाट चार, नेकपा एकीकृत समाजवादीबाट चार, काँग्रेसबाट तीन र मनोनीत एकजना सांसद बिदा हुने क्रममा छन्। राष्ट्रपतिबाट मनोनीत हुने एक स्थान बाहेक १९ सिटका लागि यही माघ १२ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म ७ वटै प्रदेशमा चुनाव हुँदैछ। 

सोमबार बसेको केन्द्रीय समिति बैठकले प्रदेश १ बाट गोपाल बस्नेत, बागमती प्रदेशबाट कृष्ण प्रसाद पौडेल,  गण्डकी प्रदेशबाट कमला पन्त उम्मेदवार तय भएका छन्। यस्तै, लुम्बिनी प्रदेशबाट युवराज शर्मा, कर्णाली प्रदेशबाट दुर्गाकुमारी गुरुङ र सुदूरपश्चिम प्रदेशबाट नारायणदत्त मिश्रलाई उम्मेदवार बनाउने कांग्रेसले निर्णय गरेको छ। 

यस्तै नेकपा एकीकृत समाजवादीले राष्ट्रियसभा सदस्यका लागि ५ जना उम्मेदवारको नाम तय गरेको छ। नेकपा एसले प्रदेश १ बाट जयन्ती राई, बागमतीबाट गोमा तिमल्सिना, लुम्बिनीबाट राजेन्द्रलक्ष्मी गैरे, कर्णालीबाट उदयवहादुर बोहोरा र सुदूरपश्चिमबाट गरिमा शाहलाई राष्ट्रिय सभा सदस्यको उमेदवार बनाएको हो।

उता नेकपा एमालेले राष्ट्रिय सभा सदस्यका लागि १९ जना उम्मेदवारको टुङ्गो लगाएको छ। सोमबार तुलसीलाल आमात्य प्रतिष्ठानमा बसेको एमाले बैठकले उम्मेदवारहरुको टुङ्गो लगाएको हो। 

एमालेले प्रदेश १ बाट देवराज घिमिरे, सुमित्रा भण्डारी र सोनाम ग्याल्जेन शेर्पालाई राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाउने भएको छ। त्यसैगरी प्रदेश २ बाट असर्फी यादव, विना र साहलाई उम्मेदवार बनाएको छ। वागमती  प्रदेशमा गोपाल शाक्य र निरकुमारी कुँवरलाई उम्मेदवार बनाएको एमालेले  गण्डकी प्रदेशमा गोविन्द बहादुर नेपाली, लीला पोखरेल थनेत र पुण्यप्रसाद पौडेललाई उम्मेदवार बनाएको छ।  

यसैगरी लुम्विनी प्रदेशमा कृष्णबहादुर सुनार, भारती खनाल र रामदयाल गुप्ता राष्ट्रिय सभा सदस्यका उम्मेदवार बनेका छन् भने कर्णाली प्रदेशबाट पदमबहादुर माझी, गंगा थापा र चूडामणि शर्मालाई उम्मेदवार बनाएको छ। सुदुरपश्चिम  प्रदेशमा नरेश विक, सन्तोषकुमारी शर्मा र डिल्लीराज भट्टलाई उम्मेदवार बनाएको छ। फागुन २० पछि एमालेले जितेका ८ सिटसहित कुल १९ स्थान रिक्त हुँदैछन्।

प्राधिकारणको कार्गो निगमले बोक्ने

नेपाल विद्युत प्राधिकरणको कार्गो (मालसामान) नेपाल वायु सेवा निगमको जहाजमार्फत् ढुवानी गर्ने सम्झौंता भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेको उपस्थितिमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी र प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङबीच नेपाल विद्युत प्राधिकरणका कर्मचारी विदेश भ्रमण जाँदा र कार्गो (सामान ढुवानी) गर्दा निगमकै जहाज प्रयोग गर्ने सम्झौंतामा हस्ताक्षर भएको हो। 

कार्यक्रममा बोल्दै मन्त्री आलेले निगम र प्राधिकरणको कुशल नेतृत्वले सो सम्झौंता गरेर प्रशंशनीय कार्य गरेको भन्दै खुशी व्यक्त गरेका छन्। उनले निगमकै जहाज प्रयोग गर्न नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरु तथा निजी क्षेत्रका उद्योग र व्यापारीहरुलाई पनि आग्रह गरेका छन्। 

कार्यक्रममा बोल्दै निगमका कार्यकारी अध्यक्ष अधिकारीले आफूहरुको सो प्रस्ताव सहर्ष स्विकार गरेको भन्दै नेपाल विद्युत प्राधिकरणको नेतृत्वलाई धन्यवाद दिएका थिए। यता, प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले सम्झौंतामा उल्लेखित गरिएका कुराहरुलाई अक्षरसः पालना गर्ने प्रतिवद्धता व्यक्त गरे। 

सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले निगमलाई उकास्न पनि प्राधिकरणसँग गरिएको सो सम्झौंताले सघाउ पुर्‍याउने विश्वास व्यक्त गरेका छन्। 

इन्टरनेट सेवा गुणस्तरीय बनाउने योजना पेस गर्न निर्देशन

प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले नेपाल टेलिकमले दिने इन्टरनेट सेवालाई प्रभावकारी र गुणस्तरीय बनाउने कार्ययोजना ३० दिनभित्र पेश गर्न सरकारलाई निर्देशन दिएको छ। 

समितिको सोमबार बसेको बैठकले टेलिकमको इन्टरनेट सेवा प्रवाहमा गुनासो आएको भन्दै टेलिकमले दिने इन्टरनेटको सेवालाई प्रभावकारी र गुणस्तरीय बनाउने कार्ययोजना ३० दिनभित्र समितिमा पेश गर्न निर्देशन दिएको हो। समितिले आगामी आयोजना जनताले अपेक्षा गरे अनुरुप बनाउन पनि टेलिकमलाई निर्देश गरेको छ। 

समितिले नेपाल टेलिकमले अघिल्लो आर्थिक वर्षमा सबै स्थानीय तहमा फोरजी सेवा बिस्तार गरिसक्ने कार्ययोजना समितिमा पेश गरेको उल्लेख गर्दै बाँकी रहेका ४३ वटा स्थानीय तहमा कहिलेसम्म सेवा पु¥याउने हो ? सो को कार्ययोजना पनि सात दिनभित्र पेश गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई सचेत गराएको छ। त्यसैगरी कुनैपनि निकाय वा संस्थालाई निरुत्साहित हुनेगरी नभई संस्थाको हितमा हुनेगरी नियमावली संशोधन गर्ने प्रक्रिया अगाडी बढाउन ध्यान पुर्‍याउन सरकारलाई समितिको निर्देशन छ।

६ प्रकारका बिरामीलाई बुस्टर डोज

सरकारले ६ प्रकारका बिरामीलाई मात्र कोभिड–१९ विरुद्धको बुस्टर डोज दिने निर्णय गरेको छ। तर, यसलाई बुस्टर डोज भन्न अस्वीकार गर्दै सरकारले ‘थप एक अतिरिक्त मात्रा’ भएको जनाएको छ। 

सोमबार सूचना जारी गर्दै सरकारले खोप लगाएको ३ महिना पुगेकालाई पहिले जुन खोप लगाएको त्यही खोपको अर्को मात्रा दिइने जनाएको छ। खोप लगाउन खोप कार्डसहित स्वास्थ्य संस्थामा सम्पर्क राख्न भनिएको छ।

मध्यम तथा गम्भीररुपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरु, सक्रिय क्यान्सर रोगीहरु, अंग प्रत्यारोपण गरेका व्यक्तिहरु, एचआइभी भएका बिरामीहरु, उपचारको क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधीहरु सेवन गरिरहेका बिरामी, भेरोसेल तथा सिनोफार्म खोप लगाएका ६० वर्ष र सो भन्दा माथिल्लो उमेरका व्यक्तिहरुले अतिरिक्त खोप पाउने भएका छन्।

३२६ संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टामा थप ३२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ९ हजार ७०० पीसीआर तथा २ हजार ७९८ एन्टिजेन परीक्षण गर्दा ३२६ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा मात्रै थप १८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय ९८ पुगेको छ।

सोमबार २५५ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल देशभर ५ हजार ५ सक्रिय संक्रमित रहेका छन्। गत २४ घन्टामा ९ हजार ७०० पीसीआर तथा २ हजार ७९८ एन्टिजेन परीक्षण भएको छ।

इन्धनको गुणस्तरका विषयमा निगमलाई दोष लगाउन मिल्दैन

नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले पेट्रोलियम पदार्थको गुणस्तरको विषयमा निगमलाई दोष लगाउन नमिल्ने बताएका छन्। आइतबार आयोजित एक कार्यक्रममा कार्यकारी निर्देशक पौडेलले पेट्रोलियम पदार्थको गुणस्तरमा निगमले सुक्ष्म अध्ययन र गुणस्तरको जाँच गरिरहेको बताए। 

निगमले आफ्नो बारेमा कुनै पनि नराम्रा समाचार नआओस् भन्ने चाहेकाले पेट्रोलियम पदार्थको गुणस्तरमा सचेत र शर्तक रहेको बताए। कार्यकारी निर्देशक पौडेलले पेट्रोल भारतबाट ल्याइने र बिसाउने बाटा धेरै रहेकोले नेपालमा पाइपलाइनबाट पेट्रोल आइसकेपछि गुणस्तरको सम्पूर्ण समस्या समाधान हुने बताए। 

कार्यकारी निर्देशक पौडेलले नेपालमा भारतबाट पाइपलाइनबाट तेल ल्याउने विषय बोर्डबाट मन्त्रालय स्तरमा पुगिसकेको बताए। कार्यक्रममा निगमका अध्यक्ष तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराईले आयल निगम नाफा कमाउन स्थापित संस्था नभएको बताए। उनले आम नागरिकहरुको सहजकर्ताको रुपमा रहेको निगमले २०७० सालपछि स्वचालित मूल्यदरको नियम बनाए पनि पूर्णरुपमा कार्यान्वयन हुन नसकेको बताए। 

सचिव भट्टराईले मूल्यको विषयमा छलफल गरेर आयल निगममा भएका कमजोरीलाई अब दोहोरिन नदिने दाबीसमेत गरे। 

रुसले आफ्ना समर्थकमाथि आक्रमण गरे निर्णायक रूपमा त्यसको जवाफ दिने अमेरिकाले चेतावनी दिएको छ। युक्रेनसँग रुसको सीमामा तनाव बढ्दै गएपछि अमेरिकाले यस्तो चेतावनी दिएको हो। 

अमेरिकी राष्ट्रपति जो बाइडेनले आइतबार आफ्ना युक्रेनी समकक्षी भोलोडिमिर जेलेन्स्कीसँग भएको टेलिफोन वार्तामा यस्तो चेतावनी दिएको ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा जनाइएको छ। राष्ट्रपति बाइडेनले रुसले युक्रेनमा थप आक्रमण गरेमा अमेरिका र साझेदारहरूले निर्णायक प्रतिक्रिया दिने स्पष्ट पारे। 

ह्वाइट हाउसका अनुसार बाइडेन र जेलेन्स्कीले संकटलाई सम्बोधन गर्न आगामी कूटनीतिक बैठक आह्वानको तयारीबारे छलफल गरेका छन्। 

प्रशिक्षणमा गएनन् ९ खेलाडी

आगामी फेब्रुअरीमा ओमानमा हुने आइसिसी ट्वान्टी-२० विश्वकप ग्लोबल छनोटको लागि नेपाल क्रिकेटसंघ (क्यान) ले ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको थियो। यसअघि क्यानले चार खेलाडीलाई कारबाही गरेपछि गिजलिएको क्यान र खेलाडीको विवाद अहिले प्रशिक्षणमा देखिएको छ। 

क्यानले  डाकेका ३० खेलाडी मध्ये पहिलो दिन केही १६ खेलाडी उपस्थित हुँदा कारबाहीमा परेका चारसहित ९ खेलाडी प्रशिक्षणमा उपस्थित भएनन्। सोमबार मैदानबाट अभ्यास थाल्ने तयारी गरेको टोलीमा १६ खेलाडी उपस्थित हुँदा कारबाहीमा परेका चारसहित ९ खेलाडी प्रशिक्षणमा उपस्थित भएनन्। सन्दीप लामिछाने विगबासमा भएकाले उनको उपस्थिति सम्भव भएन्। 

पहिलो दिनको प्रशिक्षणमा १४ खेलाडी मैदानमा उपस्थित हुँदा बाँकी ६ जना खेलाडी पिसिआर परिक्षण बाँकी रहेकाले होटल रहेका छन्। बाँकी नौं खेलाडीले आज साँझ सम्म रिपोर्टिङ गर्ने मुख्य प्रशिक्षक पुबुदु दसानायकेले जानकारी दिए। 

दशानायकेले पछिल्लो समय बोर्डले आफुलाई निकै सहयोग गरेको भन्दै पछिल्लो समस्याको समाधान हुने विश्वास व्यक्त गरे। प्रशिक्षक पुबुदुले कप्तान सन्दीप लामिछानेनै रहेको भन्दै अहिले विधागत कप्तानको कुरा आफुलाई जानकारी नभएको बताए। पहिलो दिनको अभ्यासमा उपस्थित खेलाडीले फिटनेस लागि अभ्यास गरेका गरे।‍

प्रकाशित: Jan 03, 2022| 20:39 सोमबार, पुस १९, २०७८
kumari bankkumari bank
Everest bankEverest bank
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यसरी तयार हुन्छ रोटे पिङ [भिडियो]

यसरी तयार हुन्छ रोटे पिङ [भिडियो]

रोटे पिङःले गाउँमा रौनक ल्याएको छ।
स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...