मंगलबार, असोज ६, २०८३
  • गृहपृष्ठ
  • भिडियो
  • मिर्गौलापीडित छोराको जीवनरक्षा याचना गरिरहेकी आमा [भिडियो स्टोरी]

मिर्गौलापीडित छोराको जीवनरक्षा याचना गरिरहेकी आमा [भिडियो स्टोरी]

बिस्तारै गणेशलाई खाना, पानी पनि पच्न छोड्यो। मुख बांगो भएर कान नजिक पुगिसकेको थियो, हातखुट्टा सुन्निन थालेको थियो। रातभर छोरा छटपटिन्थ्यो, मीना झमझम पानीमा झाँक्री खोज्न दौडिन्थिन्।
 |  आइतबार, पुस १८, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, पुस १८, २०७८

२०७२ साल फागुनदेखि मीनाका कान्छा छोरा गणेश बिरामी हुन थाले। त्यसपछि सुरु भयो धामीकहाँ धाउने सिलसिला। यो क्रम चार महिनासम्म जारी रह्यो। छोरा बिरामी पर्न थालेको गत वर्ष फागुनमा पाँच वर्ष पूरा भयो। गाउँका मानिसले बोक्सी लाग्यो भनेका थिए। गणेशका बुबा प्रेम घर बनाउँदा लागेको ऋण तिर्न भारत पुगिसकेका थिए। श्रीमान् साथमा नहुँदा छोरालाई के गर्ने, कसो गर्ने उनले केही मेसो पाउन सकेकी थिइनन् मीनाले। छोराको अनुहार सुन्निन थालेको थियो। पखाला चल्ने, बान्ता हुने, पेट दुख्ने समस्या बढ्दै गयो तर पनि मीनाले केही गर्न सकिनन्। 

बिस्तारै गणेशलाई खाना, पानी पनि पच्न छोड्यो। मुख बांगो भएर कान नजिक पुगिसकेको थियो, हातखुट्टा सुन्निन थालेको थियो। रातभर छोरा छटपटिन्थ्यो, मीना  झमझम पानीमा झाँक्री खोज्न दौडिन्थिन्। 

२०७३ असार ७ गते। रातको दोस्रो प्रहर बितिसकेको थियो। गणेश छटपटिन थाले र एक्कासि ढले। मीनाले गणेशलाई उठाउन खोजिन् तर सकिनन्। उनलाई लाग्यो– मैले छोरा गुमाएँ। छोराको छातीमा कान टाँसेर धड्कन सुन्ने प्रयास गरिरहिन्, तर सास फेरेको जस्तो लागेन। ‘छोरा च्यापेर उज्यालो हुने आशामा पर्खिरहें। त्यो रात त कति लामो! उज्यालो हुन पनि पाँच वर्ष लागेजस्तो,’ लामो सास फेर्छिन् मीना। 

मीना त्यतिबेला मात्र धामीझाँक्रीको मोहबाट ब्युँझिइन्, जतिबेला नेपालगञ्ज मेडिकल कलेजले भन्यो– गणेशका दुइटै मिर्गौलाले काम गर्न छाडेको छ। त्यतिबेलासम्म उनलाई थाहा थिएन– मिर्गौला भनेको के हो, कहाँ हुन्छ र त्यसले के काम गर्छ। 

शिक्षण अस्पतालमा गणेशलाई २४ दिन भेन्टिलेटरमा राखियो। भेन्टिलेटरमा राख्दा ५ लाख रुपैयाँभन्दा बढी सकिएको उनले सुनाइन्। एकातिर छोरा नबाँच्ला भन्ने चिन्ता अर्कोतिर ऋणको भार। 

मीना र उनको परिवार पाँच वर्षदेखि वनस्थलीस्थित मिर्गाैला उपचार केन्द्र पछाडिको एउटा सानो बस्तीमा बस्छन्। त्यहाँ उनको जस्तै समस्या भएका अन्य ११ परिवार छन्। श्रीमान् दैनिक ज्यालादारी गरेर केही कमाउँछन्। मीना छोराको स्याहारमा हुन्छिन्। गणेश अहिले १७ वर्षका भए। आमासँग बाहेक अरुसँग धेरै बोल्दैनन्। 

दुवै मिर्गौला फेल भएका गणेशको हप्तामा तीन पटक डायलासिस गराउनुपर्छ। अर्थात् हप्ताको तीन पटक मेसिनले रगत सफा गर्नुपर्छ। प्रेमले वनस्थलीस्थित मिर्गौला उपचार केन्द्र पछाडिको बस्तीमा लिएर गए छोरा र श्रीमतीलाई। एउटा साँघुरो कोठा छ, त्यसको पनि महँगो भाडा। सानो कोठामा जसोतसो आफूलाई अटाएका छन्, तर ऋणले उकुसमुकुस भएको जिन्दगीलाई थेग्न गाह्रो भइरहेछ।

थप भिडियोमा 

प्रकाशित: Jan 02, 2022| 15:28 आइतबार, पुस १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।