बुधबार, भदौ ३, २०८३

काभ्रेका राप्रपा नेतालाई कारबाही गर्ने निर्णय अवैधानिक : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापाले काभ्रेका राप्रपा नेताहरूलाई कारबाही गर्ने पार्टी पदाधिकारीको निर्णय अवैधानिक भएको टिप्पणी गरेका छन्।
 |  शनिबार, पुस १७, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, पुस १७, २०७८

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापाले काभ्रेका राप्रपा नेताहरूलाई कारबाही गर्ने पार्टी पदाधिकारीको निर्णय अवैधानिक भएको टिप्पणी गरेका छन्। शनिबार ट्विट गर्दै निवर्तमान अध्यक्ष थापाले यस्तो टिप्पणी गरेका हुन्। 

'स्पष्टीकरण दिने अवसर नै नदिई पार्टीबाट निष्कासन गर्ने पदाधिकारी बैठकको निर्णय अवैधानिक र पार्टी हित विपरीत छ। सो निर्णयप्रति खेद व्यक्त गर्दछु। पदाधिकारी बैठकलाई विधानले त्यस्तो अधिकार दिएको छैन,' ट्विटमा थापाले उल्लेख गरेका छन्।

शुक्रबार राप्रपा पदाधिकारी बैठकले काभ्रेपलाञ्चोक जिल्ला कार्य समिति अध्यक्ष टुल्कु लामा, उपाध्यक्ष श्रीदास लामा, उपाध्यक्ष गंगामाया लामा, सचिव धनजित लामालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गर्ने निर्णय गरेको थियो।

प्रकाशित: Jan 01, 2022| 16:03 शनिबार, पुस १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...