बुधबार, भदौ ३, २०८३

माओवादीमा १५ प्रतिशत दलित र ३५ महिलासहितको केन्द्रीय समिति हुने

नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिमा समावेश हुने सदस्यको 'क्लस्टर' अनुसारको प्रतिनिधित्व हुने सदस्यको संख्या तय गरेको छ।
 |  शनिबार, पुस १७, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, पुस १७, २०७८

काठमाडौं- नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिमा समावेश हुने सदस्यको 'क्लस्टर' अनुसारको प्रतिनिधित्व हुने सदस्यको संख्या तय गरेको छ। शनिबार बिहान बसेको स्थायी समिति बैठकले केन्द्रीय समितिमा क्लस्टर अनुसार समावेश हुनेको संख्या तय गरेको हो। 

माओवादीमा ९ क्लस्टर सहित २९९ जनाको केन्द्रीय समिति रहने छ। जसमा शनिबार बिहान बसेको बैठकले १५ प्रतिशत दलित, ३५ महिला, ५ मुस्लिम जनजाति, अल्पसंख्यकलगतयाको प्रतिनिधित्व सुनिश्चित गरेको छ। 

त्यस्तै बैठकले स्थायी समिति र पोलिटव्युरोमा भने प्रतिशत नतोकि आवश्यकताका आधारमा प्रतिनित्व गराउने निर्णय गरेको छ।

यसअघि नेता देव गुरुङको संयोजकत्वमा क्लस्टर अनुसारको प्रतिनिधित्वका विषयमा सुझाव दिन कार्यदल गठन गरिएको थियो।

प्रकाशित: Jan 01, 2022| 11:50 शनिबार, पुस १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...