बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • नेपाली राजनीतिमा महिला सहभागिता बढ्नु खुशीको कुरा : प्रधानमन्त्री देउवा

नेपाली राजनीतिमा महिला सहभागिता बढ्नु खुशीको कुरा : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली राजनीतिमा महिलाको सहभागिता बढ्दै गएकोप्रति खुशी व्यक्त गरेका छन्।
 |  शनिबार, पुस १७, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, पुस १७, २०७८

काठमाडौं- प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली राजनीतिमा महिलाको सहभागिता बढ्दै गएकोप्रति खुशी व्यक्त गरेका छन्।

कांग्रेस केन्द्रीय सदस्य डिला संग्रौलाद्वारा लिखित नेपालीका सपना अधुरै नामक पुस्तक लोकार्पण गर्दै देउवाले नेपाली राजनीतिमा महिलाको सहभागीता बढ्दै जानु खुशीको कुरा भएको बताएका हुन्।

‘नेपालको राजनीतिमा महिलाको सहभागिता बढ्दै गएको छ । हामीले राज्यका महत्त्वपूर्ण पदमा महिलाको उपस्थितिको ग्यारेन्टी गर्दै गएका छौँ। अहिले राष्ट्रपति र उपराष्ट्रपति मध्ये एक महिला हुने व्यवस्थापन छ। सभामुख र उपसभामुख मध्ये पनि एक जना महिला अनिवार्य हुनुपर्ने संविधानमै व्यवस्था गरेका छौँ,’ उनले भने। 

कांग्रेसलेसमेत संविधानको व्यवस्था अनुसार महिला  प्रतिनिधित्व सुनिश्चित गरेको देउवाले बताए।‘हाम्रो पार्टीमा ३३ प्रतिशत  महिलालाई पार्टीको केन्द्रीय कार्यसमिती र तलका तहमा सुनिश्चिता भएको छ, अन्य समुदायको पनि पार्टी नेतृत्वमा प्रतिनिधित्व भएको छ,’ 

प्रधानमन्त्री देउवाले पार्टीभित्र र सदनमा नेता संग्रौलालाले सक्रिय भूमिका खेल्ने गरेको भन्दै  प्रशंसा गरेका थिए। 

प्रकाशित: Jan 01, 2022| 11:36 शनिबार, पुस १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...