आइतबार, वैशाख ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • खेलकुदमा वर्ष २०२१ : व्यस्त खेल तालिकादेखि गिजोलिएको राजनीतिसम्म

खेलकुदमा वर्ष २०२१ : व्यस्त खेल तालिकादेखि गिजोलिएको राजनीतिसम्म

सन् २०२१ प्रतियोगिताहरुको तयारी र तालिकासँगै सुरु भयो। अंग्रेजी नयाँ वर्ष लाग्दै गर्दा सरकारमा ठूलो खलबली मच्चिएको थियो। त्यो खलबलीले युवा तथा खेलकुद मन्त्री पनि परिवर्तन भए।
 |  शनिबार, पुस १७, २०७८
nespernesper

विनय सापकोटा

विनय सापकोटा

शनिबार, पुस १७, २०७८

vianetvianet

काठमाडौं– नेपालमा कोभिड–१९ महामारीको असर मार्चबाटै सुरु भएपछि सन् २०२० मा कुनै ठूला प्रतियोगिता भएनन्। त्यसैले सन् २०२१ लाग्दै गर्दा नेपालमा सबै खेलमा प्रतियोगिता गर्ने चर्को दबाब रह्यो।

triton college

सन् २०२१ प्रतियोगिताहरुको तयारी र तालिकासँगै सुरु भयो। अंग्रेजी नयाँ वर्ष लाग्दै गर्दा सरकारमा ठूलो खलबली मच्चिएको थियो। त्यो खलबलीले युवा तथा खेलकुद मन्त्री पनि परिवर्तन भए। जगतबहादुर विश्वकर्माले छोडेको मन्त्रालयको कुर्सीमा दावा तामाङ चार महिना बसे।

त्यसपछि खेलकुद मन्त्री बनेका एकबाल मियाँलाई त सर्वोच्च अदालतले १७ दिनमै पाखा लगाइदियो। मियाँ पाखा लागेपछि लामो समय मन्त्रायल मन्त्रीविहीन बन्यो। वर्षको अन्तिममा महेश्वर जंग गहतराज मन्त्री बने। यसर्थमा यो वर्ष तीन मन्त्रीले खेलकुद सम्हाले।
त्यसैबीच शेरबहादुर देउवा सरकारले हटाएका राखेपका सदस्य सचिव रमेशकुमार सिलवालले कानुनको बर्खिलाप सरकारले काम गरेको र टंकलाल घिसिङलाई नियुक्त गरेको भन्दै सर्वोच्च अदालतमा रिट हालेपछि अहिले राखेपको कामकारबाही हेर्ने कार्यकारी पदबाट काम हुन सकेको छैन।

त्यसैले भन्न सकिन्छ– यो वर्ष खेलकुद राजनीतिमा परिवर्तन त भए तर सकारात्मक परिवर्तन हुन सकेन। यसैबीच जेठ १५ गते अध्यादेशमार्फत आएको बजेटलाई प्रतिस्थापन बजेटले ओभरटेक गरेको थियो। दुवै बजेट खेलकुदका लागि भने अनुकूल रहेनन्। ‘एक पालिका एक खेलग्राम’ कार्यक्रमबाहेक अधिकांश बजेट कटौती भए। खेलाडीको वृत्तिविकासको बजेट पनि धेरै प्रदेशले कटौती गरे। योजनाको नामै तोकेर लगातार बजेटमा समावेश हुँदै आएका कतिपय आयोजनालाई पनि यो बजेटले ‘समग्र पूर्वाधारको विकास’ शीर्षकमा खुम्च्यायो।

खेकुदको अर्को दुःखको कुरा के रह्यो भने राष्ट्रिय खेलकुद विकास ऐन आएको डेढ वर्ष बितिसक्दा पनि हेरक छ–छ महिनामा बस्नुपर्ने राखेप बोर्डको बैठक बस्न सकेको छैन।

फुटबल

National life insurance

वर्ष २०२१ सुरु हुँदै गर्दा नेपाल फिफा विश्वकपको एसियाली छनोटको तयारी गरिहेको थियो। नेपालले चाइनिज ताइपेई, जोर्र्डन र अष्ट्रेलियासँग खेल्न बाँकी थियो। तर खेल दुईपटक स्थगित भएर जुन महिनामा मात्र सम्पन्न भयो। त्यसमाथि नेपालमा हुनुपर्ने सबै खेल कुवेतमा आयोजना भए। नेपालले त्यहाँ गएर होम गेम खेल्यो।

चैतमा हुने भनिएको विश्वकप छनोट स्थगित भएपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले थ्री नेसन्स कप आयोजना गर्यो। दशरथ रंगशालामा भएको त्यो प्रतियोगिता नेपालले जित्यो भने पूर्वकप्तान विराज महर्जनले उपाधि जितेसँगै संन्यास लिए। नेपाली फुटबलरले लिएको त्यो सबैभन्दा उत्कृष्ट संन्यास थियो।

महिला फुटबलमा यो वर्ष सम्झनलायक महिला लिग भयो। पहिलो पटक डबल राउन्ड रोविनमा प्रतियोगिता भयो। र, एक टिम रेलिगेसनमा पनि पर्यो। रेलिगेसन पर्ने टिम थियो चौदण्डीगढी नगरपालिका।

महिला लिगमा एकमात्र गोलको सामना गरेको एपीएफले उपाधि जितेको थियो। कुनै गोल नखाई उपाधि जित्ने उसको लक्ष्य भए पनि उसले एक गोल भने बेहोरेको थियो। त्यो प्रतियोागितामा सर्वाधिक गोलकर्ता सावित्रा भण्डारी पुलिसविरुद्धको खेलकै दौरान घाइते भइन्। कतारको अस्पेटर अस्पतालमा उनको घुँडाको उपचार र रिहाब भइरहेको छ।

महिला फुटबलको कुरा गर्दा नेपाली महिला टिमले पहिलो पटक विदेशी प्रशिक्षक पायो। एएफसी कोचिङ कोर्सका लागि नेपाल आएका अष्ट्रेलियन टेक्निकल डाइरेक्टर ग्यारी फिलिप्स महिला टिमको प्रशिक्षकमा नियुक्त भए।

उनको प्रशिक्षणमा नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल्यो भने हङकङ र फिलिपिन्ससँग एसिया कप छनोटमा हार बेहोर्यो। अघिल्लो वर्षको चैतमा सरकारले लकडाउन गरेसँगै स्थगित भएको बी डिभिजन लिग पनि २०२० मा सम्पन्न हुन सकेको थिएन। त्यसैले लिगका बाँकी खेल फेब्रुअरी २३ बाट सुरु भएर मार्च ११ मा सकिएको थियो।

महिला फुटबलको कुरा गर्दा नेपाली महिला टिमले पहिलो पटक विदेशी प्रशिक्षक पायो। एएफसी कोचिङ कोर्सका लागि नेपाल आएका अष्ट्रेलियन टेक्निकल डाइरेक्टर ग्यारी फिलिप्स महिला टिमको प्रशिक्षकमा नियुक्त भए।

फुटबलमा यो वर्षबाट तीन ए डिभिजन क्लबहरुले एकेडेमी सञ्चालनका लागि सम्झौता गरेका छन्। विभागीय क्लबहरुले त सुरु पनि गरिसकेका छन्। साथै एन्फाले प्रो लाइसेन्स प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलाई प्रशिक्षकका रुपमा अनुबन्ध गर्यो।

उनको प्रशिक्षणमा नेपालले जोर्डन र अष्ट्रेलियाविरुद्ध सुधारिको प्रदर्शन गर्यो। सुरुमा ६ महिनाका लागि नेपाल आएका उनले तीन वर्षका लागि सम्झौता गरिसकेका छन्।

उनको प्रशिक्षणमा नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुग्यो। तर फाइनल खेलमा भारतसँग ३–० गोलको हार बेहोरेपछि नेपालको उपाधि जित्ने आशा भने तुहियो। त्यो प्रतियोगिता अघि नेपाली टिमले पोखरा, काठमाडौं र कतारमा अभ्यास गरेको थियो।

नेपाल सुपर लिग र ए डिभिजन लिग

यो वर्ष फुटबलका दुई ठूला प्रतियोगिता भए। जेठमा नेपालमै पहिलो पटक फुटबल फ्रेन्चाइज नेपाल सुपर लिग आयोजना भयो भने तिहारपछि सहिद स्मारक ए डिभिजन लिग संचालन भयो।

नेपाल सुुपर लिग खेल्नका लागि अफ्रिकाबाट मात्र होइन युरोपबाट पनि खेलाडी आएका थिए। स्पेन र अजरबैजानलगायतका खेलाडी लिगमा देखिए।

सुपर लिगमा कतिपय नेपाली खेलाडी दुई लाखमा पनि विक्री भएका थिए। त्यसले कहिँ न कहिँ नेपाली खेलाडीको तलब बढाउन सहयोग गर्यो। त्यही लिगको प्रभावमा अजरबैजानका फरवार्ड नुर्लान नोभ्रोजुभ सहिद स्मारक ए डिभिजन लिगमा पनि मछिन्द्र क्लबबाट खेलिरहेका छन्।

सन् २०२० मा आयोजना हुन नसकेको सहिद स्मारक ए डिभिजन लिग २०२१ मा आएर मात्र आयोजना हुन सक्यो। एक वर्ष रोकिएको ए डिभिजन लिगको आधा संस्करण २०२१ मा सकिएको छ। यी दुई प्रतियोगिता आयोजना भए पनि राष्ट्रिय लिग भने अझैसम्म आयोजना हुन सकेको छैन।

क्रिकेट

हालैमात्र पीएम कप महिला राष्ट्रिय क्रिकेट सकिएको छ। ठूलो अन्तरालपछि त्यो नै नेपालमा आयोजना भएको क्रिकेट प्रतियोगिता थियो। फाइनलमा एपीएफलाई हराउँदै प्रदेश १ ले उपाधि जित्यो।

महिलाको पीएम कप सम्पन्न भएसँगै पुरुषको घरेलु प्रतियोगिता सुरु भयो। माघ ४ देखि १७ गतेसम्म सम्पन्न प्रतियोगिताको उपाधि भने त्रिभुवन आर्मी क्लबले जित्यो।

त्यो प्रतियोगिता प्रशिक्षक डेभ वाटमोरले कीर्तिपुरस्थित टीयू मैदानमै पुगेर हेरेका थिए। यो वर्षको चर्चा गरिरहँदा नेपाली क्रिकेटमा डेभको चर्चा नहुनु अस्वाभाविक हुन्छ। त्यो किनभने, नेपाली क्रिकेटले पहिलो पटक विश्वकप विजेता प्रशिक्षक पाएको थियो।

उनको प्रशिक्षणमा नेपालले ओमनलाई हराएको थियो भने ट्राई नेसन्स सिरिज पनि जितेको थियो। त्यो सिरिजबाटै नेपाली टिममा चम्किएका खलाडी हुन् कुशल भुर्तेल र आशिफ शेख। सिरिजअघि त्रिवि मैदानमै मेयर कप क्रिकेट आयोजना भयो। त्यसको फाइनल खेलमा एपीएफलाई हराउँदै पुलिसले उपाधि जित्यो। महिलातर्फको मेयर कप भने एपीएफले जितेको थियो।

मेयर कपअघि नेपाली खेलाडीले अबुधाबी टी १० लिग खेलेका थिए। त्यो खेलमा नेपालका करण केसी, सोमपाल कामी, कुशल मल्ल सहभागी बने। नेपाली टिमका पूर्वकप्तान पारस खड्का मेन्टरका रुपमा सहभागी थिए।
त्यसै समयमा नेपालका सन्दीप लामिछाने आईपीएलमा बिक्री भएनन्। पीएसएल खेल्न पाकिस्तान पुगेको बेलामा प्रतियोगिता स्थगित

भएपछि उनले मेयर कप खेलेका थिए। उनले काठमाडौं मेयर ११ को कप्तानी गरे पनि टिमले राम्रो प्रदर्शन गर्न सकेनन्।

महिलातर्फ पनि अन्तर्राष्ट्रिय सिरिज आयोजना गर्ने भनिए पनि त्यो हुन सकेको छैन। तर पछिल्लो वर्ष रोकिएको एभरेस्ट प्रिमियर लिग भने दशैँअघि नै सम्पन्न भयो। त्यो प्रतियोगिता चाहिँ चितवन टाइगर्सले जित्यो।

त्यसपछि नेपालले ओमनमा लिग २ को प्रतियोगिता खेलेको हो। त्यहाँ नेपालले ओमनविरुद्ध लामो समयपछि जित निकाल्यो। त्यो प्रतियोगितापछि डेभले पनि नेपाली टिम छोडे। अहिले दुई वर्षका लागि क्यानले पुबुदु दाशनायकेलाई राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक बनाएको छ।

उनी आउनुअघि नै नेपाली टिममा विवाद देखिएको छ। क्यानले अक्टोबरमा सार्वजनिक गरेको खेलाडी वरीयताको विरोधमा खेलाडीले मिडियामा बोलेका थिए। क्यानले त्यसबारे दुईपटक स्पष्टीकरण माग गर्दा खेलाडीले क्यानलाई मागपत्र नै लेखेपछि क्यानले कप्तान ज्ञानेन्द्रसहित चार खेलाडीलाई कारबाही गरेको छ।

भलिबल

खेलकुद मात्र होइन, कोभिड–१९ का कारण नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने खेलकुद अवार्ड पनि स्थगित भएको थियो। त्यो पनि २०२१ सुरु भएसँगै सम्पन्न भयो। पुस २८ गते सातदोबाटोस्थित अन्तर्राष्ट्रिय स्पोर्टस कम्प्लेक्समा सम्पन्न प्रतियोगितामा भलिबलकी कप्तान अरुणा शाहीले सबैभन्दा चर्चित पिपल्स च्वाइस अवार्ड जितेकी थिइन्।

उनकै कप्तानीमा रहेको भलिबल टिमले यही वर्षको डिसेम्बरमा बंगलादेशमा अयोजित सेन्ट्रल जोन महिला तथा पुरुष च्यालेन्ज कपमा महिलातर्फ लगातार दोस्रो उपाधि जित्यो।

उपाधिसँगै नेपाल फर्किएकी अरुणाले राष्ट्रिय खेल भलिबलको एउटा कभर्डहल पनि नहुनु दुखद् रहेको बताएकी थिइन्।

वर्षको सुरुमा पोखरामा टाइगर कप आयोजना भएको थियो। त्यसपछि प्रधानमन्त्री कप नेपालगञ्जमा आयोजना भएको थियो। टाइगर कपको उपाधि गण्डकी (पुरुष) र पुलिस(महिला)ले जितेको थियो।

त्यसपछि चैतमा भलिबल संघले पुरुष महिलाको क्लब लिग आयोजना गर्यो। त्यसमा टिपटप हेल्प नेपालको बर्चश्व तोड्दै आर्मीले च्याम्यिनसिप जित्यो। महिलातर्फ भने होङवाङ्जी न्यु डायमन्डले उपाधि जित्यो।

एथ्लेटिक्स

एथ्लेटिक्समा यो वर्ष निकै सुखद् सुरुआत भयो। नेपाली खलाडी पुष्पा भण्डारीले बंगलादेशको ढाकामा स्वर्ण जितिन्। वर्षबीच आयोजना भएको वीर गणेशमान सिंह रोड रेस गोपीचन्द पार्की र सन्तोषी श्रेष्ठले जिते।

यता पोखरा म्याराथनमा पुरुषतर्फको उपाधि भारतीय सेनामा कार्यरत तिर्थ पुनले जिते भने महिलातर्फको उपाधि एपीएफकी फूलमती रानाले जितिन्।

यसबहेक ब्याडमिन्टनका प्रिन्स दाहाल युवातर्फ विश्व वरियताको तेस्रो नम्बरमा पुगे। उनले यो वर्ष साइनो मेयर कप लगायतका प्रतियोगिता जिते। तर वर्षको अन्तिममा आयोजित काठमाडौं ब्याडमिन्टन च्याम्पियनसिपमा उनी सहभागी हुन पाएनन्। सिनियरतर्फ उनको वरियता कम हुँदा उनी सहभागी बन्न नपाएका हुन्।

अन्तर्राष्ट्रिय

विदेशमा यो वर्ष तीन ठूला खेलकुद प्रतियोगिता भए। युरोपमा युरोकप भयो भने दक्षिण अमेरिकामा कोपा अमेरिया आयोजना भयो। त्यस्तै, एसियाली मुलुक जापानमा ग्रिष्मकालिन ओलम्पिक आयोजना भयो।

यी तीनै प्रतियोगिता सन् २०२० मा आयोजना हुनुपर्ने थियो। तर कोभिड–१९ महामारी र खोप बनिनसकेको अवस्थाका कारण प्रतियोगिता हुन सकेनन्। अन्ततः एक वर्ष ढिलो गरेर धेरै सावधानीसाथ प्रतियोगिता आयोजना गरिएको थियो। गएको अगस्ट र सेप्टेम्बरमा जापानमा आयोजित ओलम्पिकमा नेपाली खेलाडी सहभागी बने पनि मेडल जित्न भने सकेनन्।

प्रकाशित: Jan 01, 2022| 06:28 शनिबार, पुस १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।